Headline

साबिक विजेता मुम्बई पहिलो खेलमा नै पराजित

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पहिलो खेलमा नै साबिक बिजेता मुम्बई इन्डियन्स पराजित भएको छ । १३ औं संस्करणको आईपीएलको उद्घाटन खेलमा मुम्बई चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको हो ।

अम्बाती रयडु र फाफ डु प्लेसिसले अर्धशतक प्रहार गरे पनि जितका लागि १६३ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा आएको चेन्नाईले १९ दशमलब दुई ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

ओपनरद्वय मुरली विजय एक रन र शेन वाटसन चार रन बनाएर आउट हुँदा खराब सुरुवात गरेको चेन्नाईको लागि रयडु र डु प्लेसिसले तेश्रो विकेटका लागि ११५ रन जोड्दै चेन्नाईको जितको आधार बुने । रयडु छ चौका र तीन छक्काको मद्धतमा ४८ बलमा ७१ बलमा दिपक चाहारको बलमा कट एण्ड बोल्ड भए भने डु प्लेसिसले पाँच चौका सहित ४४ बलमा अविजित ५५ रन प्रहार गरे ।

त्यस बाहेक रबिन्द्र जडेजा १० तथा साम कुर्रान १८ रनमा पेभेलियन फर्किए भने सन् २०१९ को विश्वकप सेमीफाइनल पनि पहिलो पटक खेलेका कप्तान महेन्द्र सिंह धोनी अविजित रहे पनि रनको खाता पनि खोल्न सकेनन् ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र १६२ रन बनाउन सक्यो ।

मुम्बईको तर्फबाट सौरभ तिवारीले ३१ बलमा तीन चौका र एक छक्काको मद्धतमा सर्वाधिक ४२ रन बनाए भने ओपनर क्विन्टन डि ककले पनि २० बलमा पाँच चौका सहित ३३ रनको पारी खेले ।

त्यस बाहेक कप्तान रोहित शर्मा १२, सुर्य कुमार यादव १७, हार्दिक पान्ड्या १४, काइरन पोलार्ड १८, कुर्नाल पान्ड्या तीन, जेम्स प्याटिनसन ११ रन बनाएर आउट भए ।

चेन्नाईका लुङ्गी एनगिदीले सर्वाधिक तीन विकेट हात पारे भने रबिन्द्र जडेजा र दिपक चाहारले पनि समान २-२ विकेट हात पारे । एनगिदीले चार ओभरमा ३८ रन तथा महँगो साबित भएका जडेजाले पनि चार ओभरमा ४२ रन खर्चिए । किफायती बलिङ गरेका लेग स्पिनर पियुष चावलाले चार ओभरमा २१ रन खर्चिएर मात्र एक विकेट हात पारे ।

Click to comment

Trending