Headline

राजेशका लागि भारतीय लिग व्यवसायिकता तर्फ पहिलो पाइला

Published

on

नेपाली युवा स्ट्राइकर राजेश परियारले भारतको आई लिगको दोश्रो डिभिजन क्लब अमदाबाद रकेट एकेडेमी (एआरए) एफसीमा अनुबन्ध हुनु व्यवसायकितातर्फको पहिलो पाइलको रुपमा लिएका छन् ।

राजेश एक महिनाको अन्तरमा भारतको दोश्रो श्रेणीको क्लबमा अनुबन्धित हुने दोश्रो युवा फुटबलर हुन् । गत महिना अर्का युवा स्ट्राइकर अभिषेक रिजाललाई बि डिभिजनकै क्लब मोहम्मदन स्पोर्टिङले अनुबन्ध गरेको थियो ।

अण्डर–२३ फर्वार्ड राजेश नेपालको लागि १३ औं सागको स्वर्ण बिजेता पनि हुन् भने उनी घरेलु लिगमा न्युरोड टिमका लागि खेल्ने गरेका छन् । “एआरएमा पुग्नु भएको मैले व्यवसायिकता तर्फ पहिलो पाइला चाले जस्तै हो । नेपाल भन्दा बहिर पहिलो पटक खेल्दै छु, म आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु,” राजेशले विस्पोर्ट्जलाई बुधबार भने । “क्लबको मुख्य योजना आइ लिगमा उक्लिने रहेको छ । म पनि क्लबको योजना अनुसार खेल्ने छु ।”

एआरए एफसी भारतको गुजरातबाट व्यावसायिक फुटबल खेल्ने पहिलो क्लब हो । केही ठुलो भारतीय खेलाडीलाई समेटेर एआरएले यो पटक राम्रो टोली बनाएको छ । ठुलो क्लब र नेपालबाट बहिर खेल्न पाउदा आफ्नो खेलमा सुधार गर्दै अझै सिक्ने राजेश बताउछन् ।

“मलाई धेरै माथि जानु छ । यो मैले त्यहाबाट सिकेको कुराले मेरो खेलमा धेरै सुधार ल्याउने छ भन्ने आशा राखेको छु,” राजेश भन्छन् । राजेश बुधबार नै काकड्भिट्टा हुँदै भारत जाने छन् ।

राजेश एन्फा एकेडेमीका उत्पादन हुन् । २० बर्षिय राजेशले नेपालका लागि उमेर समुहका अन्य प्रतियोगिताहरु पनि खेलिसकेका छन् । दोस्रो डिभिजनको आइ लिगका लागि मिति तोकिएको छैन । २०१६ मा स्थापित भएको यो क्लबले पहिलो पटक आइ लिगको दोस्रो डिभिजन प्रतियोगिता खेल्न लागेको हो ।

Click to comment

Trending