Headline

टोट्टी, रोनाल्डोपछि ‘एलियन’ मेस्सीसँग ड्रेसिङ्ग रुम सेयर गर्ने बोस्नियन पियानिचको भाग्य

Published

on

पहिले इटालीयन लेजेण्ड फ्रान्सेस्को टोट्टी, त्यसपछि पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डो र अब बार्सिलोना लेजेण्ड लियोनल मेस्सी, बोस्नियन फुटबलर मिरालेम पियानिचलाई अहिले आफ्नो भाग्य देखि नै अचम्म लागिरहेको छ ।

बार्सिलोनाले मङ्गलवार ६० मिलियन युरोमा अनुबन्ध गरेको पियानिचलाई आफ्नो टिमको जर्सीमा ढिलो सार्वजनिक गर्यो । अगष्टमा कोभिड–१९ पोजिटिभ देखिएका कारण ३० बर्षिय पियानिच क्वारेन्टिनमा जानु पर्ने आवश्यकता थियो । क्वारेन्टिनकै कारण बार्सिलोना आउन ढिलो भएको पियानिच शनिबार जिम्नास्टिकबिरुद्धको मैत्रीपूर्ण खेल अघि क्लबको प्रशिक्षण मैदानमा व्यायाम गर्दै थिए ।

उचार चढावपूर्ण ट्रान्सफर विन्डोमा क्लबबाट रिलिज मागेका मेस्सी अन्तत बार्सामा मै बस्ने भए । यो निर्णय पियाचिका लागि अपेक्षकृत त थियो नै उनले यसको आनन्द पनि उठाएका छन् ।

“मैले मेस्सीलाई दुई–तीन दिन अगाडी भेटेको थिए । म टोट्टी, क्रिष्चियानोपछि अब मेस्सीसँगै खेल्दैछु । यस्तो खेलाडीहरुको टिममा हुन मेरो भाग्य दह्रो नै हुनुपर्छ । उनीहरु यस्ता खेलाडीहरु हुन् जस्ले अन्तर्राष्ट्रिय फुटबललाई धेरै थोक दिएका छन्,” पियानिचले मेस्सीसँग खेल्न पाउदाको खुशीयाली व्यक्त गरे ।

“म आज एक एलियनसँग ड्रेसिङ्ग रुमा सेयर गर्दैछु र यो निकै सुन्दर हुनेछ । मेस्सीसँग ड्रेसिङ्ग रुपमा सेयर गर्ने र उनीमात्र नभएर अन्यसँग पनि खेल्न पाउनु मेरो लागि सपना पुरा हुनु हो । हामी २५ जनाको टोली हौं र २५ जना नै महत्वपूर्ण हुनेछन्,” उनी भन्छन् । “मैले महान टिमहरुको लागि खेलेको छु र उनीहरुलाई सम्मान गर्दै आएको छु । तर आज मेरो सपना पुरा भएको छ, मेरो अन्तिम सपना । म आफ्नो छाप छोड्नका लागि जति सक्छु त्यो गर्नेछु ।”

बार्साले मेस्सीलाई क्लब छोड्न नदिदाको स्थितिबारे पियानिच भन्छन्ः “मेस्सीलाई लिएर जे जति भयो मैले सबै फलो गरिरहेको थिए । मैले कहिल्यै पनि मेस्सीलाई यो क्लबबाहेक अन्य टोलीबाट खेल्ने खेलाडीको रुपमा हेरेको छैन । उनले टिमको लागि अविश्वसनीय कथा रचेका छन् र मलाई लाग्छ यसको अन्त्य निकै राम्रो हुनेछ । मेस्सी च्याम्पियन हुन् ।”

“बार्सिलोना उनको घर भएको कारण मैले मेस्सीलाई खाली बार्सामा मात्र रहेको कल्पना गर्दथे । उनी यहि हुर्किए र यहा हुदा खुशी भएको पनि देखेको छु । उनी यहा रहदाको समय हामी सबैको लागि उत्कृष्ट हुनेछ । उनी सर्वकालीन महान खेलाडी हुन् र हाम्रो लागि ठूलो सम्पत्ति,” पियानिचले भने ।

Click to comment

Trending