Headline

ग्राण्ड स्ल्याम जित्ने चौथो प्रयासमा भाग्योदय हुने आशमा थिएम

Published

on

अन्तर्राष्ट्रिय टेनिसको सर्वोच्च पुरस्का ग्राण्ड स्ल्याम जित्ने अर्को अवसर नजिक पुगेका अष्ट्रियन डोमिनिक थिएमले आफ्नो चौथो प्रयासमा सफल हुने बिश्वास लिएका छन् ।

२७ बर्षिय बिश्व नम्बर तीन थिएमले शुक्रबार युएस ओपनको सेमिफाइनलमा रुसका दानिल मेदभेदेभलाई ६–२, ७–६ (९–७), ७–६ (७–५) ले पराजित गरे । तीन पटक फाइनलमा पराजित भएका थिएमले फाइनलमा जर्मनीका एलेक्जेण्डर भेरेभको सामना गर्नेछन् ।

करिअरकै पहिलो फाइनलमा पुग्ने क्रममा भरेभले अर्को सेमिफाइनलमा स्पेनका पाब्लो करेनो बुस्टामाथि दुई सेटले पछि रहेको स्थितिबाट उत्कृष्ट पुनरागम गर्दै ३–२, २–६, ६–३, ६–४, ६–३ ले सनसनीपूर्ण जित हात पारेका थिए ।

भेरेभ पहिलो पटक फाइनल प्रवेश गर्दा उपाधिको सबैभन्दा ठूलो व्यग्रता भने थिएमलाई रहेको छ । आइतबरको फाइनलमा हुन सक्ने सम्भावित दुर्घटनाबारे थिएम अनभिज्ञ नरहेका होइनन् ।

“केही बर्षदेखि ग्राण्ड स्ल्याम जित्नु मेरो सबैभन्दा ठूलो लक्ष्य र सपना रहदै आएको छ, आफूलाई युएस ओपन ट्रफिको महत्वबारे बताउदै उनले भने । जब मैले २०१८ को फ्रेञ्च ओपनको फाइनल खेले मैले ग्राण्ड स्ल्याम जित्न सक्छु भन्ने भान भएको थियो,” २०१८ र २०१९ को फ्रेञ्च ओपनको फाइनलमा क्ले कोर्टका बादशाह स्पेनिस राफेल नाडालसँग पराजित भएका थिएमले भने ।

भेरेभ पहिलो पटक ग्राण्ड स्ल्याम फाइनल प्रवेश गरेका हुन्

थिएमको लागि सबैभन्दा ठूला झड्का भने २०२० मै अष्ट्रेलियन ओपनको फाइनलमा नोभाक जोकोभिचसँग हार्नु रहेको थियो । चार घण्टा लामो उक्त फाइनलमा जोकोभिचले पाँच सेटमा सनसनीपूर्ण जित हात पारेका थिए ।

“म उपाधिबाट केही कदम मात्र टाढा रहेको कारण अष्ट्रेलियन ओपनको पराजय पचाउन निकै गाह्रो भएको थियो । त्यो पराजयपछिको छोटो समयमै अर्को मौकाको नजिक पुग्दा म निकै खुशी छु,” फेब्रुवरीमा बेहोरेको पराजयका बारे थिएमले सुनाए ।

नाडाल र स्विस लेजेण्ड रोजर फेडेररले सहभागिता नजनाउनुका साथै जाकोभिच लाइन जजलाई बलले प्रहार गरेकोमा युएस ओपनबाट डिसक्वालिफाइ भएपछि थिएमको पहिलो ग्राण्ड स्ल्याम उपाधि जित्ने बाटोमा अब २३ बर्षिय भेरेभ मात्र रहेका छन् ।

थिएम र भेरेभले खेलेका ९ खेलमध्ये अष्ट्रियन टेनिस स्टार ७–२ ले अगाडी रहेका छन् । उनले भेरेभलाई अष्ट्रेलियन ओपनको सेमिफाइनलमा हराएपछि नै जाकोभिचसँगको फाइनल तय गरेका थिए ।

“म उत्कृष्ट प्रतिस्पर्धीको सामना गर्न गइरहेको छु । उनी ग्राण्ड स्ल्याम जित्न उत्तिकै सक्षम छन् । यदि आइतबार म सफल हुन सकिन भने अझै मिहिनेत गर्दै अर्को स्ल्यामको लागि प्रयास गर्नेछु । तर अहिलेको लागि आइतबार मेरो लागि ठूलो दिन हो र उपाधि जित्नका लागि म सबै प्रयास गर्नेछु,” थिएमले भने ।

Click to comment

Trending