Headline

फर्गुसनले छोडेपछि इङ्गलिस फुटबलबाट हराएको ‘रेड डेभिल्स’

Published

on

सफलता के हो ?

तपाईं म्यानचेस्टर युनाइटेडको समर्थक हुनुहुन्छ भने यो दुवै दार्शनिक र सटिक उत्तर खोजिएको प्रश्न हो । सात बर्षको खडेरी र सात बर्षदेखि सर एलेक्स फर्गुसन नहुँदा इङ्गलिस फुटबलको ‘रेड डेभिल्स’ हराएको भान हुन्छ । युनाइटेड समर्थकहरुले यसमा असहमति जनाउने हो भने पनि उनीहरुको लागि यो दौरान हात पारेको उपलब्धिमा देखाउन एफए कप, लिग कप र युरोपा लिगको उपाधि बाहेक केही छैन ।

फर्गुसनको कार्यकलमा हेर्ने हो भने युनाइटेडले सात सिजनमा पाँच पटक त प्रिमियर लिग नै उठाएको थियो । २१ सिजनमा १३ पटक प्रिमियर लिग जितेको युनाइटेड कहिले पनि तेस्रो स्थान भन्दा तल झरेको थिएन । तर फर्गुसनको बिदाइ पछि युनाइटेडले क्रमशः सातौं, चौथो, पाचौं, छैठौं, दोस्रो, छैटौं र तेस्रो स्थानमा चित्त बुझाएको छ ।

फर्गुसनको अन्तिम सात सिजनमा युनाइटेडले प्रति सिजन ८७ अंक बटुलेको थियो । उनले छोडेपछिका सात सिजनहरुमा ६८.८ अंकको मात्र औषत रहेको छ । २०१७–१८ सिजनको ८१ अंकले मात्र युनाइटेडको औषतमा बृद्धि भएको हो । यद्दपि क्लबको आठ सबैभन्दा महँगो खेलाडी स्थानान्तरण पनि फर्गुसन पछि नै भयो ।

क्लबले महँगो रकममा भित्र्याएका २५ मध्ये पाँच बहेक अन्य २० खेलाडी फर्गुसनको अवकाशपछि मात्र प्रयोग भएका छन् । अर्को शब्दमा पहिलेको तुलनामा निकै पैसा खर्च गर्दै आइरहेको युनाइटेडले खेलाडी बेचेर भने निकै कम पैसा कमाएको छ । अझै भन्नु पर्दा युनाइटेडले यस्ता कम रोजाई र रिस्क रहेका खेलाडीहरुमा पैसा लुटाएको छ जसलाई हलचल गर्न त गाह्रो छ नै, पहिलो टिममा समेत राख्न समेत सहाएका छैनन् ।

बिश्वकै सबैभन्दा धनी क्लब युनाइटेडले त्यस्ता खेलाडीहरुलाई हालको अनुत्साहित बजारमा बेच्ने हो भने मात्र नयाँ खेलाडीहरु भित्र्याउन सक्छ । यसै कारण आयाक्सबाट आएका डोनी भान डि बिक एक मात्र अनुबन्धन रहेका छन् भने इङ्गल्यान्ड तथा बोरुसिया डर्टमण्डका स्ट्राइकर जेडन साञ्चोको मुल्य प्रतिबन्धित रुपमै महँगो हुन पुगिरहेको छ ।

कहा छ त युनाइटेड ? के युनाइटेड २०१९–२० को सिजनमा लगातार १४ खेलमा अपराजित रहदै सातौं बाट तेश्रो स्थानमा उक्लदै पाएको लयलाई कायम राख्ने सक्ने टोली हो ? के एक दुई खेलाडीको प्रदर्शन वा कुशल व्यवस्थापनले मात्रै पनि चिर प्रतिद्वन्दी लिभरपुल र म्यानचेस्टर सिटीलाई टक्कर दिन सक्षम बन्ला ? कि समय समयमा उत्कृष्ट प्रदर्शन दिदै आउदा पनि गहिराईमा पुग्न नसकेका व्यवस्थापक ओले गुनार सोल्सायर रहेको अत्याधिक मुल्य लगाइएका वा यत्तिकै महँगा बनाइएका खेलाडीहरुको ब्याण्ड मात्रै हो ?

जस्तो सुकै भएपनि युनाइटेडलाई हेर्ने नजरियाहरु अरु पनि छन् । युनाइटेड टेक ओभर गर्ने क्रममा लिएको प्रशस्त कर्जा चुकाउनका लागि यसका अमेरिकन मालिकहरुले क्लबको करोडौं पाउण्ड बगाइसकेका छन् । तर बिश्वकै महँगा खेलाडी बनाउने क्रममा पउल पोग्बालाई ल्याए जस्तै हरेक बर्ष उनीहरुसँग ट्रान्सफर सिजनमा बिशाल बजेट हुने गरेको छ ।

यसर्थ युनाइटेड बिरोधाभासपूर्ण टोली हो ।

साचेभन्दा लामो समय चोटमा बिताएका पोग्बाले गत सिजन नै युनाइटेड छोड्ने छाटकाट देखाएका थिए तर सिजन तन्किदै जादा उनी सबैभन्दा उत्कृष्ट खेलाडी मध्येका एक बन्न पुगे । जनवरीमा आत्तिएर खरिद गरिएका ब्रसनो फर्नान्डेस पोग्बासँग खेल्नै नसक्ने जस्तो देखिएका थिए । तर उनीहरु अहिले खतरनाक जोडी भइसकेका छन् भने अब अर्का एट्याकिङ्ग सेन्ट्रल मिडफिल्डर सँगै जोडिनेछन् ।

युनाइटेडको डिफेन्स सध्रिएको छ तर आफ्ना कप्तान र मुख्य डिफेन्डर ह्यारि मग्वायर मारपिट र प्रहरीलाई घुष दिन खोजेको आरोपमा ग्रिक प्रहरीको फन्दामा पुगे । फर्वार्ड लाइन निकै नै प्रतिभाशाली देखिन्छ तर ढाँडको चोटका कारण गत सिजनको साढे चार महिना गुमाएका रासफोर्डलाई बढी प्रयोग गरिएको कारण त्यो पटक पटक बल्झिने डर छ । उत्कृष्ट मानिएक मेसन ग्रिनउड कोरोना भाइरसको प्रोटोकोल तोडेको आरोपमा इङ्गल्याण्ड व्यवस्थापक ग्यारेथ साउथगेटले आफ्नो टोलीबाट निकालिदिएका छन् ।

युनाइटेडका लागि आएका राम्रा समाचारहरुलाई छायामा पार्न खराब खबरहरु उत्तिकै आएका छन् । उचित तवरमा नै युनाइटेडका सम्पूर्ण बिषय सकारात्मक र नकारात्मक दृष्टिकोणले स्पष्ट राख्न सकिन्छ ।

बर्षौदेखिको प्रतिभा र आत्मबिश्वासको खडेरी पछि यो युनाइटेड टोली छोटो समयको अफ सिजन र प्रि सिजनपछि जोश र बिश्वासका साथ फेरि फर्कने आशा गरिएको छ । तर युनाइटेडकै प्रतिद्वन्दीहरु भने पहिलो भन्दा निकै बलियो देखिन्छन् । प्रिमियर लिग सिजनमा किर्तिमानका साथ उपाधि जितेका लिभरपुल र सिटी कमजोर नै देखिएका छैनन् ।

यदि यो फर्गुसन–युग पछिको सबैभन्दा बलियो युनाइटेड टोली हो भने टाइमिङ्ग भने गलत हुन सक्छ । किनभने फर्गुसनले छोडे यता युनाइटेडका लागि केही पनि सजिलो भएको छैन ।

म्यानचेस्टर युनाइटेड एउटा यस्तो ग्लास हुन पुगेको छ जुन आधा भरिएको छ र आधा खाली नै छ ।

 

Click to comment

Trending