अन्तर्राष्ट्रिय

पहिलो पटक विकेट बिहिन रहे सन्दिप, फाइनल पुग्ने जमैकाको सपना चकनाचुर 

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) को जारी सिजनमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने पहिलो पटक विकेट बिहिन बनेका छन् भने उनको टोली जमैका तल्वाज पनि सेमीफाइनलबाट बाहिरिएको छ । समुह चरणको सबै खेलमा विकेट हात पारेका सन्दिप आज भने विकेट बिहिन रहे ।

ट्रिन्बागो नाइट राईडर्स विरुद्धको सेमीफाइनल खेलमा नौं विकेटको हार व्यहोर्दै जमैकाको फाइनल पुग्ने सपना चकनाचुर भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १०७ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको ट्रिन्बागोले १५ ओभर खेल्दै एक विकेटको नोक्सानीमा जित आत्मसाथ गर्यो ।

ट्रिन्बागो नाइट राईडर्स विरुद्धको सेमीफाइनल खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए भने कुनै पनि विकेट हात पार्न सकेनन् ।

सन्दिपले ओभरमा मात्र पाँच रन खर्चिए । पहिलो ओभरको पहिलो बलमा नै लिन्ड्ल सिमन्सले चौका प्रहार गरे भने बाँकी बलमा कुनै पनि रन जोड्न सकेनन् । तर सन्दिपले आफ्नो छैठौं बलमा एक वाइड गरे ।

सन्दिपले आफ्नो दोश्रो ओभरमा दुई सिंगल र एक छक्का सहित सहित आठ रन खर्चिए । टियोन वेबस्टरले सन्दिपको दोश्रो ओभरको अन्तिम बलमा छक्का प्रहार गरेका हुन् । त्यस्तै उनले आफ्नो तेश्रो ओभरमा नौं रन खर्चिए भने चौथों तथा अन्तिम ओभरमा एक चौका सहित सात रन खर्चिए ।

सन्दिपले सिपीएलको जारी सिजनमा ११ खेल खेल्दै १० पारीमा १२ विकेट हात पारे ।

 

सिपीएलमा सन्दिपको प्रदर्शन

समुह चरण

सेन्ट लुसिया जुक्स विरुद्ध – १/२३

ट्रिन्बागो नाइट राईडर्स विरुद्ध – १/३०

गायना एमेजन वारियर्स विरुद्ध – २/८

गायना एमेजन वारियर्स विरुद्ध – १/१२

बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध – १/१६

सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्ध – २/२७

ट्रिन्बागो नाइट राईडर्स विरुद्ध – १/२०

सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्ध – वर्षाका कारण रद्द

बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध – १/२६

सेन्ट लुसिया जुक्स विरुद्ध – १/२०

सेमीफाइनल

ट्रिन्बागो नाइट राईडर्स विरुद्ध – ०/२९

 

जारी सिजनमा उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन भने गायना विरुद्धको खेलमा रह्यो । उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारे । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।

Click to comment

Trending