अन्तर्राष्ट्रिय

सेमीफाइनलमा पनि जमैकाको खराब ब्याटिङ, ट्रिन्बागोलाई १०८ रनको लक्ष्य

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) को अन्तर्गतको पहिलो सेमीफाइनल खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले ट्रिन्बागो नाइट राईडर्सलाई १०८ रनको सामान्य लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा मात्र १०७ रन बनाउन सक्यो ।

समुह चरणको खेलमाहरुमा खराब ब्याटिङ गरेको जमैकाले सेमीमा पनि राम्रो ब्याटिङ गर्न सकेन । पहिलो पाँच ओभर भित्र जमैकाले आफ्नो सुरुवाती चार विकेट गुमाउँदै खराब सुरुवात गर्यो ।

ओपनर जेर्मेन ब्ल्याकउड र आजको खेलमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मुजिब उर रहमानले रनको खाता पनि खोल्न भ्याएनन् भने अर्का ओपनर ग्लेन फिलिप्स पनि दुई रन तथा आसिफ अली मात्र चार रन बनाएर आउट भए ।

चौथों नम्बरमा ब्याटिङमा आएका एल्जेगो बोनरले कप्तान रोभमन पावेलसँग मिलेर पाँचौ विकेटका लागि साझेदारी गर्दै जमैकाको पारी सम्हाल्ने प्रायस गरे पनि अकियल होसेनले बोनरको विकेट लिंदै ३८ रनको साझेदारी तोड्न सफल भए । सुस्त खेले पनि बोनरले ४२ बलमा ४१ रन जोडे ।

यस अघि तीनवटा अर्धशतक प्रहार गरेका आन्द्रे रसेल पनि पाँच बलमा दुई रन बनाएर सुनिल नारायणको शिकार भए भने कप्तान पावेल पनि ३३ रन बनाएर पेभेलियन फर्किए ।

जमैकाको पारी ध्वस्त पार्ने क्रममा अकियल होसेनले तीन विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले एक मेडन सहित मात्र १४ रन खर्चिए ।

यस सिजनको सिपीएलमा ट्रिन्बागो अपराजित टोली हो । समुह चरणका १० खेल मध्य १० मा नै जित निकालेको ट्रिन्बागोलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन जमैकाको लागि सहज हुने छैन । समुह चरणमा तीन खेल मात्र जित्न सकेको उसले फाइनलमा स्थान बनाउने हो भने अप्रत्यासित नतिजा निकाल्न पर्ने हुन्छ ।

समुह चरणको पहिलो खेलमा जमैका ट्रिन्बागोसँग सात विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा १९ रनको हार व्यहोरेको थियो । पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने पनि जमैकाले कुनै पनि खेलमा जित हात पार्न सकेको छैन ।

जमैकाको बलिङ पक्ष केहि हद सम्म राम्रो रहे पनि ब्याटिङ भने यस सिजन निकै कमजोर रहेको छ । जमैकाको बलियो पक्ष भनेको स्पिन हो र यसमा पनि सन्दिप लामिछाने र मुजिब उर रहमानको प्रदर्शन राम्रो रहेको छ । यी दुई मिलेर २७ विकेट हात पारेका छन् । मुजिबले १५ तथा सन्दिपले १२ विकेट लिएका छन् ।

सन्दिपले यस सिजनको सिपीएलमा सबै खेलमा विकेट लिन सफल भएका छन् । नौं खेलमा उनले १२ विकेट लिएका छन् । एक खेल भने वर्षाका कारण रद्द हुँदा सन्दिपले बलिङ गर्न पाएनन् ।

सन्दिपले ट्रिन्बागोसँग समुह चरणको दुई खेलमा दुई विकेट मात्र लिएका थिए । पहिलो खेलमा महँगो साबित भएका उनले चार ओभरमा ३० रन खर्चिएर एक विकेट हात पारे भने दोश्रो खेलमा एक विकेट हात पारे पनि किफायती बलिङ गर्दै चार ओभरमा नै मात्र २० रन खर्चिएका थिए ।

Click to comment

Trending