अन्तर्राष्ट्रिय

फाइनल प्रवेसको लागि जमैकाले पहिले ब्याटिङ गर्ने

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) को अन्तर्गतको पहिलो सेमीफाइनल खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले ट्रिन्बागो नाइट राईडर्सको विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

आजको खेलमा ट्रिन्बागोका कप्तान काइरन पोलार्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

यस सिजनको सिपीएलमा ट्रिन्बागो अपराजित टोली हो । समुह चरणका १० खेल मध्य १० मा नै जित निकालेको ट्रिन्बागोलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन जमैकाको लागि सहज हुने छैन । समुह चरणमा तीन खेल मात्र जित्न सकेको उसले फाइनलमा स्थान बनाउने हो भने अप्रत्यासित नतिजा निकाल्न पर्ने हुन्छ ।

समुह चरणको पहिलो खेलमा जमैका ट्रिन्बागोसँग सात विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा १९ रनको हार व्यहोरेको थियो । पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने पनि जमैकाले कुनै पनि खेलमा जित हात पार्न सकेको छैन ।

जमैकाको बलिङ पक्ष केहि हद सम्म राम्रो रहे पनि ब्याटिङ भने यस सिजन निकै कमजोर रहेको छ । जमैकाको बलियो पक्ष भनेको स्पिन हो र यसमा पनि सन्दिप लामिछाने र मुजिब उर रहमानको प्रदर्शन राम्रो रहेको छ । यी दुई मिलेर २७ विकेट हात पारेका छन् । मुजिबले १५ तथा सन्दिपले १२ विकेट लिएका छन् ।

सन्दिपले यस सिजनको सिपीएलमा सबै खेलमा विकेट लिन सफल भएका छन् । नौं खेलमा उनले १२ विकेट लिएका छन् । एक खेल भने वर्षाका कारण रद्द हुँदा सन्दिपले बलिङ गर्न पाएनन् ।

सन्दिपले ट्रिन्बागोसँग समुह चरणको दुई खेलमा दुई विकेट मात्र लिएका थिए । पहिलो खेलमा महँगो साबित भएका उनले चार ओभरमा ३० रन खर्चिएर एक विकेट हात पारे भने दोश्रो खेलमा एक विकेट हात पारे पनि किफायती बलिङ गर्दै चार ओभरमा नै मात्र २० रन खर्चिएका थिए ।

Click to comment

Trending