अन्तर्राष्ट्रिय

इंग्ल्यान्डको दाउ क्लिनस्विप, अस्ट्रेलियाको वरियताको शिर्ष स्थान

Published

on

घरेलु टोली इंग्ल्यान्ड अस्ट्रेलिया बीचको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल आज हुँदैछ ।

नेपाली समय अनुसार राती १०:४५ बजे हुने खेलमा जित्दै इंग्ल्यान्ड तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला क्लिनस्विप गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छ भने अस्ट्रेलिया एक खेलमा भए पनि जित हात पार्दै साख जोगाउनुको साथै ट्वान्टी ट्वान्टी वरियताको शिर्ष स्थानमा पकड जमाउने सुरमा रहने छ ।

आजको खेलमा जित हात पार्ने टोलीले ट्वान्टी ट्वान्टी वरियताको शिर्ष स्थानमा पकड जमाउने छ । अहिले अस्ट्रेलियासँग समान २७३ रेटिंङ पोइन्ट भए पनि इंग्ल्यान्ड वरियताको पहिलो स्थानमा रहेको छ । जुन टोलीले आजको खेल जित्ने छ उसले पहिलो स्थानमा पकड जमाउने छ ।

दोश्रो ट्वान्टी ट्वान्टी खेलमा अस्ट्रेलियालाई छ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै अस्ट्रेलिया विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाइ सकेको थियो । पहिलो ट्वान्टी ट्वान्टी खेलमा इंग्ल्यान्डले दुई रनको रोमान्चक जित हात पारेको थियो ।

दोश्रो ट्वान्टी खेलमा जितका लागि १५८ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले १८ दशमलब पाँच ओभर खेल्दै चार विकेटको नोक्सानी सहज जित हात पारेको थियो । त्यस्तै पहिलो ट्वान्टी ट्वान्टी खेलमा जितका लागि १६३ रनको मध्यम लक्ष्य पक्ष्याएको अस्ट्रेलियाले २० ओभरमा छ विकेट गुमाएर मात्र १६० रन बनाए पछि इंग्ल्यान्डले दुई रनको रोमान्चक जित हात पारेको हो ।

Click to comment

Trending