Headline

नेसन्स लिगः नर्वेको जितमा हालान्डको उत्कृष्ट प्रदर्शन, इटाली बिजयी

Published

on

उदीयमान युवा स्ट्राइकर एर्लिङ्ग हालान्ड र एलेक्जेण्डर सोर्लोथले दुई–दुई गोल गरेपछि नर्वेले यएफा नेसन्स लिगको खेलमा सोमबार नर्दन आयरल्याण्डलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो आठ मिनेटमै तीन गोल भएको थियो जसमा मोहम्मद इलयुनोसीको गोलको जवाफमा प्याडी सिन्क्लेयरले बराबरी गरेका थिए । बोरुसिया डर्टमण्ड स्ट्राइकर हालान्डले त्यसपछि आफ्नो दुई मध्ये पहिलो गोल गरेका थिए ।

आउने साताहरुमा बुन्डेसलिगा टोली आरबी लाइपजिग जाने सम्भावना रहेका सोर्लोथले २० औं मिनेटमा नर्वेको लागि तेश्रो गोल गरेका थिए । हालान्डले निस्वार्थ खेलको नमुना प्रस्तुत गर्दै दिएको पासमा सोर्लोथ दोश्रो हाफ शुरु भए लगत्तै अर्को गोल थपेका थिए ।

अष्ट्रियाबिरुद्ध शुक्रबार पराजित हुदा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हालान्डले आफूलाई युरोपको उत्कृष्ट खेलाडीमध्ये एक भन्नुको कारण साबित गर्दै लामो दुरीबाट उत्कृष्ट दोश्रो गोल गरेका थिए ।

इटालीले नेदरल्याण्ड्सलाई हरायो

नेदरल्याण्ड्सबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १–० को जित हात पारेपछि इटाली आफ्नो समुहको शिर्ष स्थानमा पुगेको छ । इटालीको जितलाई उदीयमन खेलाडी निकोलो जानियोलोको घुँडाको गम्भिर चोटले भने प्रभावित पारेको थियो ।

पहिलो हाफको अतिक्ति समयमा निकालो बरेलाको सशक्त हेडर इटालीको जितका लागि पर्याप्त रहेको थियो । एम्स्टरड्यामा निकै प्रभावशाली प्रदर्शन गरेको इटाली लिग ए को ग्रुप वानमा पहिलो स्थानमा पुगेको छ । नियमित प्रशिक्षक रोनाल्ड कोमन आफ्नो पद छोडेर स्पेनिस लिग क्लब बार्सिलोना सम्हाल्न पुगेपछि नेदरल्याण्ड्सलाई अन्तरिम प्रशिक्षक ड्वाइट लोडेवेजेजले हेरिरहेका छन् ।

सोमबार नै भएका अन्य खेलहरुमा स्कट्ल्याण्डले चेक रिपब्लिकलाई २–१ ले हरायो भने पोल्याण्डले बोस्नीय हर्जगोभिनालाई उति नै गोल अन्तरले पराजित गर्याे । अष्ट्रियालाई रोमानियाले ३–२ ले पाखा लगायो भने इजरायल र स्लोभाकियाले १–१ गोलको बराबरी खेलेका थिए ।

Click to comment

Trending