Headline

पारस खड्का एमबिए गर्दै

Published

on

राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का एमिबिए गरिरहेका छन् । पारस नयाँ बानेश्वरको थापागाँउ स्थित फिनिक्स कलेज अफ म्यानेजमेन्टबाट एमबिए गरिरहेका हन् । कलेजले उनलाई एमबिए कार्यक्रमको लागि ब्राण्ड एम्बेसेडर पनि नियुक्त गरेको छ ।

सेप्टेम्बरदेखि नै शुरु भएको एमबिएको नयाँ सत्रदेखि पारसले एमबिएको पढाई शुरु गरेका हुन् । कलेजका प्रिन्सिपल डाक्टर बिनोद बहादुर खत्रीले पारसको रोजाइमा फिनिक्स कलेज पर्नु राम्रो कुरा भएको बताए ।

पारस खड्काको सामिप्यता तथा उच्च शिक्षा अध्ययन प्रतिको लगावले के प्रष्ट्याउछ भने फिनिक्स कलेज अफ म्यानेचजमेन्ट राष्ट्रिय नायकहरु तथा मेधावी बिद्यार्थीको पहिलो रोजाइमा परेको कलेज हो, एक प्रेस बिज्ञाप्ति मार्फत खत्रीले भनेका छन् ।

शनिबार एक कार्यक्रमकाबीच कलेजका डाइरेक्टर लक्ष्मण पोखरेलले पारस एमबीए कार्यक्रममा ब्राण्ड एम्बेसेडर भएको घोषणा गर्दै दुई बर्षको लागि अनुबन्धन गरिएको जानकारी दिएका थिए । फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए र बिबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो ।

Click to comment

Trending