राष्ट्रिय

सन्दिप लगातार आठौं खेलमा विकेट लिन सफल

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले लगातार आठौं खेलमा विकेट लिन सफल भएका छन् ।

बार्बाडोस ट्राइडेण्ट्स विरुद्धको खेलको चार ओभर बलिङ गरेका सन्दिपले २६ रन खर्चिएर एक विकेट हात पारे । सन्दिपले उत्कृस्ट ब्याटिङ गर्दै ४२ बलमा आक्रमक ६९ रन बनाएका जेसन होल्डरको विकेट लिन सफल भए । होल्डर सन्दिपको बलमा एलबिडब्लुको शिकार भएका हुन् ।

पहिलो ओभरमा नौं रन खर्चिएका सन्दिपले दोश्रो ओभरमा दुई सिंगल सहित मात्र दुई रन खर्चिए । उनको दोश्रो ओभरको पाँचौं बलमा अर्धशतक बनाएका जेसन होल्डरले ठुलो सट खेल्ने क्रममा बल मिस गरे पनि लेग स्टम्प भन्दा बाहिरबाट गयो र बोल्ड हुनबाट जोगिए ।

त्यस्तै तेश्रो ओभरमा पाँच रन खर्चिएका सन्दिपले एक विकेट पनि हात पारे । चौथों ओभरमा भने सन्दिपले एक छक्का सहित कुल १० रन खर्चिए ।

सिपीएलको जारी सिजनमा सन्दिपले नौं खेलमा आठ खेल खेल्दै ११ विकेट हात पार्न सफल भएका छन् । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । सन्दिपले विकेट मात्र हैन निकै किफायती बलिङ पनि प्रदर्शन गरेका छन् । २८ ओभर बलिङ गरेका उनले चार दशमलब आठ पाँच प्रति ओभरमा १३६ रन खर्चिएका छन् ।

सन्दिपले गायना एमेजन वारियर्स, बार्बाडोस ट्राइडेण्ट्स र सेन्ट किट्स विरुद्धको खेलमा समान २-२ विकेट हात पारेका थिए भने सेन्ट लुसिया जुक्स, गायना एमेजन वारियर्स तथा ट्रिन्बागो नाइट राईडर्स विरुद्दको दुबै खेलमा समान १-१ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

जारी सिजनमा उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन भने गायना विरुद्धको खेलमा रहेको छ । उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारे । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जमैका तल्वाजले २० ओभरमा चार विकेट गुमाएर १६१ रन बनाउन सक्यो ।

जमैकाको लागि ओपनिङ्गमा ब्याटिङ गर्न आएका जर्मेन ब्ल्याकउडले ५९ बलको सामना गर्दै पाँच चौका र चार छक्काको मद्धतमा सर्वाधिक ७४ रन बनाए । त्यस्तै आन्द्रे रसेलले तुफानी पारी खेल्ने क्रममा २८ बलमा चार चौका र पाँच छक्काको मद्धतमा ५४ रन बनाएर रशिद खानको शिकार भए ।

जमैकाले सेमीफाइनलमा स्थान बनाइसकेको छ भने बार्बाडोस प्रतियोगिताबाट बाहिरी सकेको छ । यस अघि गायना एमेजन वारियर्ससँगको खेलमा छ विकेटले बार्बाडोस ट्राइडेण्ट्स पराजित भए पछि जमैकाले दुई खेल अगावै सेमीमा स्थान पक्का गरेको हो ।

आठ खेलमा तीन जित र चार हार तथा एक खेल रद्द भए पछि जमैका सात अंकका साथ अंक तालिकाको चौथों स्थानमा रहेको छ । पाँचौं स्थानमा रहेको बार्बाडोसले नौं खेलमा दुईमा मात्र जित निकाल्न सकेको छ भने अंक तालिकामा चार अंक बटुलेको छ ।

Click to comment

Trending