अन्तर्राष्ट्रिय

मालान र बटलरको तुफानी पारी, अस्ट्रेलियालाई १६२ रनको लक्ष्य  

Published

on

पछिल्लो तीन ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा दाविद मालानले दोश्रो अर्धशतक घरेलु टोली इंग्ल्यान्डले तीन खेलको शृंखला अन्तर्गतको पहिलो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा अस्ट्रेलियालाई १६३ रनको लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा सात विकेट गुमाएर  १६२ रन बनायो ।

तुफानी सुरुवात गरेको इंग्ल्यान्डको तर्फबाट दाविद मालानले सर्वाधिक ६६ रन जोडे भने जस बटलरले पनि ४४ रनको आक्रमक पारी बाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन नसक्दा ठुलो योगफल बनाउनबाट चुक्यो ।

ओपनिङ्मा आएका विकेट किपर ब्याट्सम्यान बटलरले पहिलो विकेटका लागि अर्का ओपनर जोनी बेरस्टोसँग मिलेर तीन दशमलब चार ओभरमा ४३ रनको साझेदारी गरे । ४३ रन मध्य बटलरले ३४ रन जोड्दा प्याट कमिन्सको बलमा आउट भएका बेरस्टोले भने मात्र आठ रन रन जोड्न सके ।

बटलरले मालानसंग मिलेर इंग्ल्यान्डको पारी सम्हाल्ने कोशिस गरे २९ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक बनाउन चुक्दै एस्टन अगरको शिकार भए ।

इंग्ल्यान्डका कप्तान ओईन मोर्गन पाँच, टम बान्टन आठ, मोइन अली दुई, टम कुर्रान छ रन बनाएर पेभेलियन फर्किय पनि मालानले एक छोडबाट पारी सम्हाल्दै बसे । १९औं ओभरमा केन रिचार्डसनको बलमा क्याचआउट हुनु अघि उनले ४३ बलमा पाँच चौका र तीन छक्काको मद्धतमा ६६ रन प्रहार गरे ।

पछिल्लो तीन ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा मालानको यो दोश्रो अर्धशतक हो । उनले पाकिस्तान विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टीमा अविजित ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै १४औं खेलमा उनको यो सातौं अर्धशतक हो ।

अस्ट्रेलियाका एस्टन अगर, केन रिचार्डसन र ग्लेन म्याक्सवेलले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending