Headline

स्पेन र जर्मनीबीच नेसन्स लिगमा सर्वश्रेष्ठताको लडाई

Published

on

कोरोना भाईरस पछिको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता युरोपियन नेसन्स कपमा शुक्रबार जर्मनीले स्पेनको सामना गर्दै छ । जर्मनीको स्टुटगार्टमा हुने खेललाई दुवै टोलीका लागि २०२० को पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ ।

२०१८ बिश्वकपको पहिलो चरणबाटै बाहिरिएको जर्मनी र रुससँग पराजित भएको स्पेनका लागि बिहिबारको खेल युरोपको सर्वश्रेष्ठताको लडाइको रुपमा रहनेछ ।
अघिल्लो संस्करण हर्ने हो भने फ्रन्स र नेदरल्याण्ड्स भएको समुहमा जर्मनीले पुछारमा रह्दै प्रतियोगिताबाट बिदा लिएको थियो । स्पेन भने क्वार्टर–फाइनलमा इङ्गल्याण्डसँग हार्न पुगेको थियो ।

२०१८ विश्वकप र २०१९ को नेसन्स लिगमा भोगेको लजास्पद पराजयहरु पछि जर्मन प्रशिक्षक योआकिम लोउ केही दवाबमा रहने छन् । लोउलाई केही संचार माध्यमहरुले निकै भाग्यशाली भएको बताएका थिए । जर्मन फुटबल फेडेरेसनले उनालाई धेरै विश्वास गर्ने गरेका कारण पनि उनी अहिले सम्म जागिरमा टिकी रहेका हुन् ।

स्पेनका लागि पनि लुइस एन्रिकेले नयाँ युगको सुरुवात गरेका छन् । तर उनले आफ्नो पहिलो खेल घरबाट बहिर जर्मनीमा खेल्दै छन् जुन निकै चुनौतीपूर्ण हुनेछ ।

जर्मनी र स्पेनले एक–अर्कासँग २३ पटक खेलेका छन् । त्यसमा जर्मनीले ९ र स्पेनले सात खेल जितेको छ । पछिल्लो पाँच खेल हेर्ने हो भने जर्मनीले २०१४ मा भएको मैत्रिपूर्ण खेल मात्र जितेको छ । यी दुवै टोलीले आ–आफ्नो अन्तिम खेल नोभेम्बर २०१९ मा युरो कप छनोटको क्रममा खेलेका थिए ।

जर्मनीले बायर्न म्युनिखका निक्लास सुल र लिरोय साने बाहेक सबैलाई गुमाएको छ । स्पेनले भने एक खेलाडी कोरोना भाईरसका कारण गुमाइसकेको छ ।

खेल नेपाली समय अनुसार १२ः३० मा शुरु हुने छ । यसबाहेक बिहिबार नेसन्स लिगमा अन्य २२ खेलहरु हुँदै छन ्। अर्को ठुलो टोली इटालीले बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्नेछ ।

Click to comment

Trending