Headline

मेस्सी भित्र्याउन जर्मन क्लबका समर्थकहरु ९ सय मिलियन युरो चन्दा उठाउदै

Published

on

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले बार्सिलोनासँगको २० वर्षे लामो सम्बन्ध तोड्दै अन्यत्र जाने भन्ने विषयले विश्व फुटबलमा ठुलै हलचल ल्याएको छ ।

उनलाई आफ्नो क्लबमा आबद्ध गराउले इच्छा धेरै क्लबहरुले ब्यक्त गरेका छन् । त्यस मध्ये इङ्ग्लिस प्रिमियर लिग टोली म्यानचेस्टर सिटी, लिग वानको पेरिस सेन्ट जर्माइन, इटालियन सिरी आ टोली इन्टर मिलान र युभेन्टस मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउन लागि परेका छन् ।

यी माथि उल्लेख गरेका क्लब बाहेक जर्मन बुन्डेस लिगा टोली स्टुटगार्ट पनि अघि सरेको छ । तर क्लब व्यवस्थापन नभएर स्टुटगार्टका समर्थकहरु मेस्सी भित्र्याउन लागि परेका हुन् ।

मेस्सीलाई भित्राउन कुनै पनि क्लबले ’ट्रान्सफर फि’ सात सय मिलियन युरो खर्च गर्न पर्ने बार्सिलोनाको ’रिलिज क्लज’ रहेको छ । मेस्सीले आफुले फ्रि ट्रान्सफर मार्फत क्लब छाड्न पाउनु पर्ने जनाए पनि बार्सा भने पुरै पैसा तिर्न पर्ने बताउछ ।

तर स्टुटगार्टका समर्थक भने रकम जुटाउन लागि परेका छन्, मेस्सीलाई भित्र्याउनका लागि । उनीहरुले ९ं सय मिलियन युरो उठाउने महत्वकांक्षी लक्ष्य लिएर पैसा उठाउन पनि शुरु गरेका छन् । उक्त रकम उठाएर मेस्सीलाई ७ सय मिलियन खर्चेर आफ्नो क्लबमा आबद्ध गर्ने र बाँकी पैसा उनको तलबका लागि छुट्टाउने ।

यसका लागि उनीहरुले गो फण्ड मी नामक वेबसाइट मार्फत चन्दा संकलन गर्न शुरु पनि गरिसकेका छन् । गो फण्डमीमा लेखिएको छ, हामी स्टुटगार्टका समर्थकहरुले मेस्सीको ट्रान्सफरका लागि पैसा संकलन गर्दै छौं । यदि समयमा नै हामीले सोचेको रकम नजुटेको खण्डमा र मेस्सीले अन्यत्र नै अनुबन्ध गरेको खण्डमा यो सबै रकम भिभा कन अगुआलाई जानेछ ।

भिभा कन अगुआ गैर नाफामुलक संस्था हो जसले विश्वभर सफा खाने पानीको लागि कम गर्दछ । टिम आर्टमनको नाममाबाट पाँच दिन अघि सुरु गरिएको चन्दा संकलनमा हाल सम्म ३४ जनाले ५२४ युरो सहयोग गरेका छन् ।

स्टुटगार्ट गत सिजन पछाडीबाट अंक तालिकाको तेश्रो स्थानमा रहँदै रेलिगेसनबाट बालबाल बचेको थियो । प्ले अफमा गरेको प्रदर्शनले गरेर मात्र उनीहरु यस सिजनमा पनि बुन्डेस लिगामा स्थान बनाउन सके ।

स्टुटगार्टले यस सिजनको आफ्नो पहिलो खेलमा सेप्टेम्बर १९ मा फ्राइबर्गको सामना गर्नेछ ।

Click to comment

Trending