अन्तर्राष्ट्रिय

जमैकाको तेश्रो जित, सन्दिपको नाममा आज पनि दुई विकेट 

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो छैठौं खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई रनको फराकिलो अन्तरले पराजित गरेको छ । छैठौं खेलमा यो जमैकाको तेश्रो जित हो ।

जितका लागि १४८ रनको लक्ष्य लिएर ब्याटिङमा आएको सेन्ट किट्सले १९ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र ११० रन बनाउन सक्यो ।

सेन्ट किट्सको लागि एभिन लेविस र कइरण पावेलले समान २१-२१ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा पाँचौं हारको सामना गर्न बाध्य भयो ।

जमैकाको जितमा कार्लोस ब्राथवेटले सर्वाधिक तीन विकेट लिए भने फिडेल एडवार्डस्, विरासामी पेरुमल र सन्दिप लामिछानेले समान २-२ विकेट हात पारे ।

यस अघि ग्लेन फिलिप्सको अर्धशतकको मद्धतमा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जमैका पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १४७ रन बनायो ।

जमैकाको तर्फबाट ओपनर फिलिप्सले अविजित रहँदै सर्वाधिक ७९ रन जोडे । ६१ बलको सामना गरेका उनले दुई चौका र छ छक्का प्रहार गरे । त्यस बाहेक जेर्माईनले पनि २७ रनको योगदान दिए ।

सेन्ट किट्सका रायद इम्रितले सर्वाधिक तीन विकेट हात पारे भने इमरान खानले एक विकेट मात्र निकाल्न सके पनि खिफयती बलिङ गर्दै चार ओभरमा मात्र सात रन खर्चिए ।

पाँच खेल खेलेको जमैका चार अंक सहित अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । जमैकाले पाँच मध्य दुई खेलमा मात्र जित निकाल्न सकेको छ भने बाँकी तीन खेलमा पराजित हुन पुगेको छ । प्लेअफमा स्थान बनाउने हो भने जमैकाले आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । सेन्ट किट्स भने पाँच खेलमा एक जितका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

 

सन्दिपको प्रदर्शन

अघिल्ला खेलहरुमा भन्दा महँगो साबित भएका सन्दिपले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएर दुई विकेट हात परेका हुन् । यससँगै सन्दिपले सिपीएलको जारी सिजनमा छ खेल खेल्दै नौं विकेट हात पारेका छन् ।

आजको खेलको सन्दिपले पहिलो ओभरमा एक चौका सहित छ रन खर्चिएका थिए भने दोश्रो ओभरमा एक छक्का सहित १० रङ खर्चिए । पहिलो दुई ओभरमा महँगो साबित भएका सन्दिपले तेश्रो ओभरमा उत्कृस्ट बलिङ गर्दै दुई रन खर्चिएर १६ बलमा २१ रन बनाएका एभिन लेविसको विकेट लिएका हुन् । त्यस्तै उनले आफ्नो चौथों तथा अन्तिम ओभरमा आठ रन दिएर इश सोधीको विकेट लिएका हुन् ।

सेन्ट लुसिया जुक्स र ट्रिन्बागो नाइट राईडर्स विरुद्धको खेलमा महँगो साबित भए पनि सन्दिपले दुबै खेलमा समान १-१ विकेट हात पारे । सन्दिपले सेन्ट लुसिया विरुद्ध चार ओभरमा २३ रन तथा ट्रिनबागो विरुद्ध चार ओभरमा नै ३० रन खर्चिए ।

त्यस पछिका लगातार तीन खेलमा सन्दिपले निकै किफायती बलिङ गर्न सफल भएका छन् । गायना एमेजन वारियर्ससँगको दुई खेल मध्य पहिलोमा आठ रन खर्चिएर दुई विकेट लिए भने दोश्रोमा १२ रन खर्चिएर एक विकेट हात पारे ।

त्यस्तै उनले पछिल्लो खेलमा बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध १२ रन खर्चिएर एक विकेट हात पारेका थिए । बार्बाडोससँगको खेलको चौथों ओभरको पाँचौं बलमा चौका खाएका सन्दिपको ७५ बल पछिको पहिलो बाउन्ड्री हो । यस अघि सन्दिपको ७५ बल सम्म कुनै पनि ब्याट्सम्यानले चौका अथवा छक्का प्रहार गर्न सकेका थिएनन् ।

Click to comment

Trending