क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो छैठौं खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई रनको फराकिलो अन्तरले पराजित गरेको छ । छैठौं खेलमा यो जमैकाको तेश्रो जित हो ।
जितका लागि १४८ रनको लक्ष्य लिएर ब्याटिङमा आएको सेन्ट किट्सले १९ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र ११० रन बनाउन सक्यो ।
सेन्ट किट्सको लागि एभिन लेविस र कइरण पावेलले समान २१-२१ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा पाँचौं हारको सामना गर्न बाध्य भयो ।
जमैकाको जितमा कार्लोस ब्राथवेटले सर्वाधिक तीन विकेट लिए भने फिडेल एडवार्डस्, विरासामी पेरुमल र सन्दिप लामिछानेले समान २-२ विकेट हात पारे ।
यस अघि ग्लेन फिलिप्सको अर्धशतकको मद्धतमा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जमैका पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १४७ रन बनायो ।
जमैकाको तर्फबाट ओपनर फिलिप्सले अविजित रहँदै सर्वाधिक ७९ रन जोडे । ६१ बलको सामना गरेका उनले दुई चौका र छ छक्का प्रहार गरे । त्यस बाहेक जेर्माईनले पनि २७ रनको योगदान दिए ।
सेन्ट किट्सका रायद इम्रितले सर्वाधिक तीन विकेट हात पारे भने इमरान खानले एक विकेट मात्र निकाल्न सके पनि खिफयती बलिङ गर्दै चार ओभरमा मात्र सात रन खर्चिए ।
पाँच खेल खेलेको जमैका चार अंक सहित अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । जमैकाले पाँच मध्य दुई खेलमा मात्र जित निकाल्न सकेको छ भने बाँकी तीन खेलमा पराजित हुन पुगेको छ । प्लेअफमा स्थान बनाउने हो भने जमैकाले आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । सेन्ट किट्स भने पाँच खेलमा एक जितका साथ अंक तालिकाको पुछारमा रहेको छ ।
सन्दिपको प्रदर्शन
अघिल्ला खेलहरुमा भन्दा महँगो साबित भएका सन्दिपले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएर दुई विकेट हात परेका हुन् । यससँगै सन्दिपले सिपीएलको जारी सिजनमा छ खेल खेल्दै नौं विकेट हात पारेका छन् ।
आजको खेलको सन्दिपले पहिलो ओभरमा एक चौका सहित छ रन खर्चिएका थिए भने दोश्रो ओभरमा एक छक्का सहित १० रङ खर्चिए । पहिलो दुई ओभरमा महँगो साबित भएका सन्दिपले तेश्रो ओभरमा उत्कृस्ट बलिङ गर्दै दुई रन खर्चिएर १६ बलमा २१ रन बनाएका एभिन लेविसको विकेट लिएका हुन् । त्यस्तै उनले आफ्नो चौथों तथा अन्तिम ओभरमा आठ रन दिएर इश सोधीको विकेट लिएका हुन् ।
सेन्ट लुसिया जुक्स र ट्रिन्बागो नाइट राईडर्स विरुद्धको खेलमा महँगो साबित भए पनि सन्दिपले दुबै खेलमा समान १-१ विकेट हात पारे । सन्दिपले सेन्ट लुसिया विरुद्ध चार ओभरमा २३ रन तथा ट्रिनबागो विरुद्ध चार ओभरमा नै ३० रन खर्चिए ।
त्यस पछिका लगातार तीन खेलमा सन्दिपले निकै किफायती बलिङ गर्न सफल भएका छन् । गायना एमेजन वारियर्ससँगको दुई खेल मध्य पहिलोमा आठ रन खर्चिएर दुई विकेट लिए भने दोश्रोमा १२ रन खर्चिएर एक विकेट हात पारे ।
त्यस्तै उनले पछिल्लो खेलमा बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध १२ रन खर्चिएर एक विकेट हात पारेका थिए । बार्बाडोससँगको खेलको चौथों ओभरको पाँचौं बलमा चौका खाएका सन्दिपको ७५ बल पछिको पहिलो बाउन्ड्री हो । यस अघि सन्दिपको ७५ बल सम्म कुनै पनि ब्याट्सम्यानले चौका अथवा छक्का प्रहार गर्न सकेका थिएनन् ।
भिनिसियस जुनियरले रियल म्याड्रिडका लागि आफ्नो १ सयौं खेलमा महत्वपूर्ण प्रदर्शन गरेका छन् । भिनिसियसले अन्तिम समयमा गरेको गोलको मद्दतमा उसले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेल्यो ।
बराबरीपछि रियलले शिर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको दुरी तीन अंकमा छोट्याउन चुकेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ५८ अंक छ भने रियलसँगै समान ५३ अंक रहदा बार्सिलोना गोल अन्तरको आधारमा दोश्रो स्थानमा छ ।
रियलले पहिलो हाफमा दवाब कायम राखेपनि गोल गर्ने दुई स्पष्ट मौकामा अभागी साबित भएको थियो । पहिलो हाफमा मारियानो र रफाएल भारानेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको सोसिडाडका लागि ५५ औं मिनेटमा पोतुगेस मान्जानेराले नाचो मोन्रियलको क्रसमा उत्कृष्ट हेडर मार्फत गोल गरेका थिए ।
६१ औ मिनेटमा जिनेदिन जिदानले अग्रपंक्तिमा तीन परिवर्तन ल्याए र तीन मध्येका एक सब्स्टिच्युट भिनिसियसले लुकास भास्केजको क्रसमा ८९ औं मिनेटमा गोल गरे । रियलको पाँच म्याचको बिजयी श्रृंखलामा भने ब्रेक लागेको हो । सोसिडाड ४२ अंकसाथ पाचौं स्थानमा कायम रहेको छ ।
जिम्बाब्वे र अफगानिस्तान पहिलो पटक टेस्टमा एक आपससँग भिड्दै छन् । अफगानिस्तान र जिम्बाब्वे बीचको दुई खेलको टेस्ट शृंखला आजबाट शेख जायद क्रिकेट रंगशाला, आबु धाबीमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
यस अघि एकदिवसीय खेलमा २५ पटक र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नौं पटक भिडेको भए पनि जिम्बाब्वे र अफगानिस्तान पहिलो पटक टेस्टमा खेल्न लागेका हुन् । एकदिवसीयमा अफगानिस्तानले नौं वटा र ट्वान्टी ट्वान्टीमा आठ वटा खेलमा जित हात पारेको थियो । .
टेस्ट मान्यता राष्ट्र भए पछि अफगानिस्तान आफ्नो पाँचौं खेल खेल्न लागेको हो । सन् २०१८ को जुनमा भारत विरुद्ध पहिलो टेस्ट खेलेको अफगानिस्तानले पछिल्लो पटक सन् २०१९ को नोभेम्बरमा टेस्ट खेलेको थियो । जिम्बाब्वेले भने कोरोनाका कारण खेलकुद गतिविधि ठप्प हुनु अघि श्रीलंकासँग घरेलु मैदानमा टेस्ट खेलेको थियो ।
दुई दिनमा नै सकिएको आफ्नो पहिलो खेलमा भारतसँग एक पारी र २६२ रनले पराजित भएको अफगानिस्तानले दोश्रो र तेश्रो खेलमा लगातार आयरल्याण्डलाई सात विकेट र बंगलादेशलाई २२४ रनले पराजित गर्न सफल भएको थियो । त्यस्तै उसले पछिल्लो पटक खेलेको टेस्टमा वेस्ट इन्डिजसँग नौं विकेटले पराजित हुन पुगेको थियो ।
राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले राम्रो प्रदर्शन गरे पछि राउण्डग्लास पन्जाबले इन्डियन सुपर लिग (आईएसएल) मा नेरोका एफसीलाई १-० गोल अन्तरले पराजित गरेको।
पन्जाबको जितमा सेनेगलका पापा बाबाकार डेवाराको गोल गर्दै आफ्नो टोलीलाई पाँचौं जित दिलाएका हुन् । डेवाराले ६५ औं मिनेटमा जोसेफा बेटियाको पासमा निर्णायक गोल गरेका थिए ।
पन्जाबका लागि छैठौं क्लिनशीट राखेका किरण म्यान अफ दि म्याच समेत चुनिए ।
जितसँगै पन्जाब अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । पन्जाबको दोस्रो स्थानमा १८ अंक रहदा शीर्षस्थानमा रहेको चर्चिल ब्रदर्शको १० खेलमा २२ अंक छ । नेरोका ८ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।