अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड र पाकिस्तान बीचको ट्वान्टी ट्वान्टी शृंखला आजबाट

Published

on

घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तान बीचको तीन खेलको शृंखलाको पहिलो खेल आज हुँदैछ । म्यानचेस्टरमा हुने खेल नेपाली समय अनुसार राती १०:४५ बजे सुरु हुनेछ ।

पछिल्लो पाँच खेलको नतिजालाई आधार मान्ने हो भने इंग्ल्यान्ड नै पाकिस्तान माथि हाबी देखिन्छ । पाँच खेल मध्य इंग्ल्यान्डले तीन खेलमा जित निकालेको छ भने पाकिस्तानको पोल्टामा खेल एक पटक मात्र गएको छ । त्यस्तै एक खेल भने बराबरीमा टुंगिएको थियो ।

हालै सम्पन्न तीन टेस्ट खेलको शृंखला इंग्ल्यान्डले १-० ले जितेको थियो । पहिलो टेस्टमा इंग्ल्यान्डले तीन विकेटको रोमान्चक जित हात पारेको थियो भने बाँकी दुई खेल बराबरीमा सकिएको थियो ।

पाकिस्तान टेस्ट शृंखला गुमाए पनि ट्वान्टी ट्वान्टी शृंखला कब्जा गर्ने दाउमा रहने छ भने इंग्ल्यान्ड जितको सिलसिला कायम राख्न चाहन्छ ।

Click to comment

Trending