अन्तर्राष्ट्रिय

तेश्रो टेस्ट जोगाउन संघर्षरत पाकिस्तान 

Published

on

इंग्ल्यान्ड विरुद्धको तेश्रो टेस्ट जोगाउन पाकिस्तान संघर्षरत रहेको छ । पाकिस्तानले टेस्टलाई ड्र सम्म पुर्याउनका लागि पनि अन्तिम दिन पुरै ब्याटिङ गर्न पर्ने हुन्छ ।

चौथों दिनको खेलको समाप्तीमा पाकिस्तानले ५६ ओभर खेल्दै दुई विकेटको नोक्सानीमा मात्र १०० रन बनाएको छ । फलोअन गरेको पाकिस्तान अझै २१० रनले इंग्ल्यान्ड भन्दा पछि रहेको छ ।

पाकिस्तानको दोश्रो पारीमा ओपनरद्वय शान मसूद र अबिद अली क्रमश १८ र ४२ रन बनाउँदै स्टुवार्ट ब्रोड र जेम्स एन्डरसनको शिकार भए । दिनको खेलको समाप्तीमा कप्तान अजर अली २९ तथा बाबर अजाम चार रनमा अविजित रहेका छन् ।

इंग्ल्यान्डले पहिलो पारीमा बनाएको ५८३ रन पक्ष्याएको पाकिस्तानले आफ्नो पहिलो पारीमा सबै विकेट गुमाएर मात्र २७३ रन बनाउन सक्यो भने इंग्ल्यान्ड भन्दा ३१० रनले पछि रह्यो ।

पाकिस्तानको लागि कप्तान अजर अली र विकेट किपर मोहम्मद रिजवानले छैठौं विकेटका लागि १३८ रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे । तर ११३ बलको सामना गर्दै ५३ रन बनाएका रिजवान क्रिस वक्सको सिकार भए ।

सुरुवात देखि नै एक छोडबाट लगातार रुपमा पाकिस्तानी ब्याट्सम्यानहरु आउट भए पनि कप्तान अजर अलीले अर्को छोड सम्हालेर राखिरहे । २७२ बलको सामना गर्दै २१ चौकाको मद्धतमा अविजित १४१ रन बनाए पनि कप्तान अजर अलीले आफ्नो टोलीलाई फलोअनबाट भने जोगाउन सकेनन् ।

पाकिस्तानको पारी ध्वस्त बनाउने क्रममा जेम्स एन्डरसनले सर्वाधिक पाँच विकेट लिए भने स्टुवार्ट ब्रोडले पनि आफ्नो नाममा दुई विकेट हात पारे । २३ ओभर बलिङ गरेका एन्डरसनले ५६ रन खर्चिए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आठ विकेटको नोक्सानीमा ५८३ रन बनाएर आफ्नो पारी सकिएको घोषणा गरेको थियो ।

पहिलो दिनको खेलको समाप्तीमा ९० ओभर खेल्दै चार विकेटको नोक्सानीमा ३३२ रन बनाएको इंग्ल्यान्डले दोश्रो दिन ६४ दशमलब चार ओभर खेल्दै २५१ रन जोडेको हो ।

खराब सुरुवात गरे पनि इंग्ल्यान्डको पारी सम्हाल्दै क्रली र बटलरले पाँचौं विकेटका लागि ३५९ रनको साझेदारी गरे र इंग्ल्यान्डलाई बलियो अवस्थामा पनि पुर्याए । क्रलीले ३९३ बलको सामना गर्दै ३४ चौका र एक छक्काको मद्धतमा सर्वाधिक २६७ रन जोडे भने बटलरले पनि ३११ बलमा १३ चौका र दुई छक्काको मद्धतमा १५२ रनको विशाल पारी खेले ।

छ रन बनाएका ओपनर रोरी बर्न्सलाई शाहिन शाह अफ्रिदीले आउट पार्दै पाकिस्तानको लागि राम्रो सुरुवात दिएका थिए । त्यस पछि अर्का ओपनर डोम सिब्ली (२२ रन) र ओली पप (तीन रन) को विकेट याशिर शाह तथा २९ रन बनाएका कप्तान जो रुटको नसिम शाहको शिकार भए पछि इंग्ल्यान्डले खराब सुरुवात गर्यो ।

पाकिस्तानका याशिर शाह, शाहिन शाह अफ्रिदी र फवाद आलमले समान २-२ विकेट हात पारे ।

तीन टेस्ट म्याचको शृंखलामा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले तीन विकेटले जितेको थियो भने दोश्रो टेस्टमा बर्षा बाधक हुँदा खेल बराबरीमा सकिएको थियो ।

Click to comment

Trending