Headline

अनवरत सामथ्र्यले बायर्नलाई दिलाएको अर्को युरोपियन उपाधि

Published

on

सन् २०१३ यताको पहिलो युरोपियन उपाधिको खशियाली मनाउन बायर्न म्युनिखका खेलाडीहरु मैदानमा पोख्खिए । लिस्बनको खाली स्टाडियो डा लुजमा उनीहरु चिच्याए र खुशीको आशु बगाए । खाली स्टेडियाममा आफ्नै प्रतिध्वनीले उनीहरुलाई केही फरक परेन, न ट्रफि उचाल्दा खेलाडी र स्टाफबाहेक अन्यको अनुपस्थितिले नै । निकै नै अनौठो परिस्थिति भए भने यो उपाधिले उनीहरुको जीवनमा महत्व राख्नेछ ।

फाइनलको लागि बायर्न दाबेदार थियो र सोचे अनुरुप भयो पनि । आइतबारको निकै प्राविधिक, प्रतिस्पर्धात्मक, कठिन र मनोरञ्जनात्मक फाइनलमा बायर्नले पेरिस सेन्ट जर्माइन (पिएसजी) लाई १–० ले हरायो । अभुतपुर्व त के थियो भने फाइनलको एक मात्र गोल पिएसजीकै युथ एकेडेमीमा १० बर्ष बिताएका किङ्गसले कोमनले गरेका थिए । पिएसजीको पहिलो टोलीका सबैभन्दा कान्छा खेलाडी क्लब छोड्दै एक सिजन युभेन्टसमा बिताएपछि बायर्न आएका थिए ।

बायर्नले च्याम्पियन्स लिगमा देखाएको प्रदर्शन अहिलेसम्मकै उत्कृष्ट मध्येको एक थियो । फाइनल अघि बायर्नले आफ्नो पूर्ण शक्ति खेर नफाल्दै अर्को फ्रेञ्च क्लब लायोनलाई ३–० ले पाखा लगाएको थियो । बार्सिलानोबिरुद्धको एक मात्र क्वार्टर–फाइनलमा बार्सिलोनालाई ८–२ को लज्जास्पद हारको स्वाद चखायो । दुई लेगमा भएको प्रि–क्वार्टर फाइनलमा उसले चेल्सीलाई समग्रमा ७–१ ले हरायो भने समुह चरणमा पनि सबै खेल जितेको थियो ।

समुह चरणको ६ खेलमा बायर्नले २४ गोल गर्दै ५ गोलमात्र खाएको थियो । यसमा गत सिजनको उप बिजेता टोटेन्ह्याम हट्स्पर माथिको ७–२ को जित पनि थियो ।

बिचित्र त के छ भने बायर्नले उत्कृष्टताको नमुना प्रस्तुत गर्दै गर्दा यो समर्थक बाहेककाहरुको लागि रोचक क्लब भने होइन । बाभेरियाको यो दानवीय साम्राज्यलाई घृणा गर्दै तपाई अन्य जर्मन क्लबको समर्थनमा उत्रन सक्नु हुन्छ तर समर्थनमा कुनै टिम छैन भने ग्लोबल फुटबलमा बायर्नको आधुनिक अवतारलाई लिएर केही महसुस पनि हुने छैन ।

यो सिजन बायर्नको सामथ्र्य अनवरत थियो । ११ औं युरोपियन फाइनल खेलेको बायर्नले छैटौं उपाधि जितेको हो । यस क्रममा उसले च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप गरेर तीन वटा उपाधि (ट्रेबल) पुरा गरेको छ । २०१३ पछि बायर्नले ट्रेबल जितेको हो भने बुन्डेसलिगामा लगातार ८ सिजन च्याम्पियन बन्दै आएको छ ।

एक समय क्लब भित्र चल्दै आएको निरन्तरको नाटकका कारण बायर्नले जर्मनीमा एफसी हलिउडको उपमा पाएको थियो । खेलाडीहरु सार्वजनिक रुपमै प्रशिक्षक र एक अर्कासँग बाझाबाझ गर्ने गर्दथे । मौका परस्त जर्मन पत्रिकाहरु बायर्नको फोहोरि ड्रेसिङ्ग रुमबाट जे बाहिर निस्कियो त्यही छापिदिन्थे, र यो क्रम रोकिने नामै लिदैन थियो ।

सफलता प्रचुर मात्रामै भएपनि त्योसँग केही न केही बखेडा निस्किएकै हुन्थ्यो । पछिल्लो केही समय भने यो क्रम घट्दो छ । बाभेरियन संकट भनेको अहिले केही खेलहरु नजित्नु र कुनै भेटेरान फुटबलरले मैदानमा पर्याप्त खेल्ने समय नपाउनु हो ।

यो सिजनको शुरुवातमा बायर्नको दबदबा सकिन लागेको महसुस गरिएको थियो । खेलाडीहरुले राम्रो प्रदर्शन दिन सकिरहेका थिएनन् भने टोलीमा राम्रो सन्तुलन देखिएको थिएन । खेलाडीहरु र उनीहरुले खेल्न रुचाउने शैलिमा घुलमिल हुन नसक्दा प्रशिक्षक निको कोभाचले नोभेम्बरको शुरुवातमा क्लब छाडेका थिए । उनको स्थानमा बायर्नले सुपर प्रशिक्षकको खोजी गरेन । कोभाचका सहायक ह्यान्सी फ्लिक नै प्रशिक्षक बनाइए ।

बायर्नले पछिल्लो पटक डिसेम्बर ७ मा हारेको थियो । त्यसयता उसले २९ खेल जितेको छ ।

बुन्डेसलिगा समाप्त भएको झण्डै डेढ महिनापछि च्याम्पियन्स लिग शुरु हुदा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ प्रतियोगिताको शुरुवात गर्यो । क्लबको लेफ्ट फुटेड विङ्गहरुलाई स्वतन्त्रता दिदै फ्लिकले क्यानेडियन अल्फोन्सो डेभिसलाई बिपक्षीको एरियामा बिश्वंस मच्चाउन सक्ने सबैभन्दा घाटक लेफ्ट ब्याकमा परिणत गरे ।

थोमस मुलर उत्कृष्ट लयमा फर्किए । चोट र खस्कदो खेलबाट मुक्त भएका गोलकिपर मानुएल नोयरले फाइनल सक्किदा सम्मका महत्वपूर्ण क्षणहरुमा उत्कृष्ट प्रदर्शन गरे । एकै सिजन ५५ गोल गर्दै करिअरकै उत्कृष्ट फर्ममा रहेका रोबर्ट लेवान्डोस्की युरोपकै बेस्ट स्ट्राइकर बनेर देखाउन सफल भए ।

लड्दै पड्दै आएको बायर्न अन्त्यमा असन्तुलित टोलि देखिएन । बायर्न त उल्टो निकट भविष्यको लागि पूर्ण रुपमा सन्तुलित टोली बन्दै अरु उपाधि पनि जित्ने क्लबमा परिणत भएको छ । बायर्न समय सकिएका भेटेरान र तयार नभएका युवाहरुका कारण पुस्तान्तरको चँगुलमा परेको क्लब होइन ।

फ्लिकको रेखदेखमा बायर्न यस्तो दमदार र युवा टोली बनेको छ जहाँ २० बर्षियहरुले निर्णायक भेटेरानहरुलाई उत्कृष्ट ढँगले साथ दिएका छन् ।

Click to comment

Trending