लेख

क्रली, बटलर र एन्डरसनको उत्कृस्ट प्रदर्शनमा तेश्रो टेस्ट इंग्ल्यान्डको पकडमा 

Published

on

ज्याक क्रलीले साढे दुई सय र जस बटलरले डेढ सय रन तथा जेम्स एन्डरसनको उत्कृस्ट बलिङमा तेश्रो टेस्टको दोश्रो दिन घरेलु टोली इंग्ल्यान्डले आफ्नो पकडमा पार्न सफल भएको छ ।

इंग्ल्यान्डले पहिलो पारीमा बनाएको ५८३ रनको विशाल योगफल पक्ष्याएको पाकिस्तानले दिनको समाप्तीमा १० दशमलब पाँच ओभर खेल्दै मात्र २४ रनमा आफ्नो महत्वपुर्ण विकेट गुमाएको छ भने अझै पनि ५५९ रनले पछि रहेको छ ।

पाकिस्तानको पारी ध्वस्त पार्ने क्रममा जेम्स एन्डरसनले पाँच दशमलब पाँच ओभर बलिङ गर्दै १३ रन खर्चिएर तीन विकेट हात परेका छन् ।

पाकिस्तानका ओपनरद्वय शान मसूद र अबिद अली क्रमश चार र एक रन तथा बाबर अजाम ११ रन बनाएर एन्डरसनको शिकार भए भने कप्तान अजर अली चार रनमा अविजित रहेका छन् ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आठ विकेटको नोक्सानीमा ५८३ रन बनाएर आफ्नो पारी सकिएको घोषणा गरेको थियो ।

पहिलो दिनको खेलको समाप्तीमा ९० ओभर खेल्दै चार विकेटको नोक्सानीमा ३३२ रन बनाएको इंग्ल्यान्डले दोश्रो दिन ६४ दशमलब चार ओभर खेल्दै २५१ रन जोडेको हो ।

खराब सुरुवात गरे पनि इंग्ल्यान्डको पारी सम्हाल्दै क्रली र बटलरले पाँचौं विकेटका लागि ३५९ रनको साझेदारी गरे र इंग्ल्यान्डलाई बलियो अवस्थामा पनि पुर्याए । क्रलीले ३९३ बलको सामना गर्दै ३४ चौका र एक छक्काको मद्धतमा सर्वाधिक २६७ रन जोडे भने बटलरले पनि ३११ बलमा १३ चौका र दुई छक्काको मद्धतमा १५२ रनको विशाल पारी खेले । टेस्ट क्रिकेटमा यो क्रलीको पहिलो शतक हो र उनले आफ्नो पहिलो शतकलाई २५०+ रनको स्कोर सम्म पुर्याउन सफल भएका हुन् ।

छ रन बनाएका ओपनर रोरी बर्न्सलाई शाहिन शाह अफ्रिदीले आउट पार्दै पाकिस्तानको लागि राम्रो सुरुवात दिएका थिए । त्यस पछि अर्का ओपनर डोम सिब्ली (२२ रन) र ओली पप (तीन रन) को विकेट याशिर शाह तथा २९ रन बनाएका कप्तान जो रुटको नसिम शाहको शिकार भए पछि इंग्ल्यान्डले खराब सुरुवात गर्यो ।

पाकिस्तानका याशिर शाह, शाहिन शाह अफ्रिदी र फवाद आलमले समान २-२ विकेट हात पारे ।

तीन टेस्ट म्याचको शृंखलामा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले तीन विकेटले जितेको थियो भने दोश्रो टेस्टमा बर्षा बाधक हुँदा खेल बराबरीमा सकिएको थियो ।

Click to comment

Trending