राष्ट्रिय

डिएससी सन्दिपको ब्याट स्पोन्सर

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेलाई क्रिकेट किट निर्माता डिएससीले प्रायोजन गर्ने भएको छ ।

हाल क्यारेबियन प्रिमियर लिग (सिपीएल) का लागि वेस्ट इन्डिजमा रहेका सन्दिपले एक बर्षको लागि सम्झौता गरेको विस्पोर्टजलाई बताए ।

सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) पछि ग्रे निकोल्ससँग एक बर्षको सम्झौता गरेका गरेका सन्दिप पछिल्लो समय भने क्रिकेट किट प्रायोजक बिहिन रहेका थिए । सन्दिपले प्रायोजक रकम खुलाउन नमिल्ने वेस्ट इन्डिजबाट जनाए ।

‘मैलें डिएससीसँग गरेको सम्झौता अनुसार रकम खुलाउन मिल्दैन । तर लामो समयको छलफल र वार्ता पछि मैलें यो सम्झौता गरेको हो । डिएससीले मलाई आवस्यकता पर्ने क्रिकेट किटको साथसाथै नगद पनि दिने सम्झौता भएको छ ।’

सिपीएलमा यस अघि दुई खेल खेलेका सन्दिपले दुई विकेट आफ्नो नाममा दर्ता गराएका छन् ।२० बर्षिय सन्दिपलाई जमैका तल्वाजले यस सिजन मार्की खेलाडीका रुपमा आफ्नो टोलीमा अनुबन्ध गरेको थियो ।

नेपालको लागि विदेशी फ्रेन्चाइज लिग खेल्ने तथा ट्वान्टी ट्वान्टीमा एक सय विकेट लिने सन्दिप एक मात्र नेपाली बलर हुन् । सन् २०१८ मा पहिलो पटक आईपीएलमा दिल्ली क्यापिटल्समा आबद्ध भएका सन्दिपले त्यस पछि अस्ट्रेलिया बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग जस्त लिगको पनि अनुबभ बटुली सकेका छन् ।

Click to comment

Trending