Headline

चिनको बिशाल बजारमा बायर्न र पिएसजीबीच भिडन्त

Published

on

जर्मन महारथी बायर्न म्युनिख र फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्माइन (पिएसजी) आइतबारको च्याम्पियन्स लिग फाइनलमा पोर्चुगलको राजधानी लिस्बनमा खेल्नेछन् तर संसारकै अर्को कुनामा यी दुई क्लबबीचको भिडन्तले बिशेष अर्थ राख्नेछ ।

संसारकै ठूलो जनसंख्या र बिश्वकै दोश्रो ठूलो अर्थतन्त्र भएको चिन प्रमुख युरोपियन क्लबहरुको लागि एउटा उत्कृष्ट रणभुमि बनिसकेको छ । चिनको बढ्दै गरेको मध्यम बर्गलाई लक्षित गर्दै यी युरोपियन क्लबहरुले अहिले राम्रो आम्दानी निकाल्न खोजिरहेका छन् ।

अधकल्चो समय अनुसार फाइनल चिनमा बिहान ३ बजे शुरु हुने भएपनि बायर्नले आफ्ना समर्थकहरुका लागि ३० वटा चिनिया शहरहरुमा प्रत्यक्ष प्रशारणको पार्टी आयोजना गरेको बताएको छ ।

चिनको सरकारी टेलिभिजन र अनलाइनहरुमा प्रत्यक्ष प्रशारण हुने खेलहरुका लागि पिएसजीका समर्थकहरु पनि उल्लेख्या संख्यामा फाइनल हेर्न उत्रनेछन् । अधिकांश नेमारका फ्यान र ब्राजिलियन स्टारकै जर्सीमा सजिने गरेका पिएसजीका चिनिया समर्थकहरु पिएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको हेर्न आतुर रहेका छन् । चिनको धेरै फुटबल हेर्ने जनसंख्या ब्राजिलियन राष्ट्रिय टोलीको समर्थक रहेका छन् ।

बायर्नले आफूसँग ११ करोड चिनिया फलोवर रहेको दाबी गर्दै आएको छ । फलोवर भन्ने शब्द त्यती गहकिलो नभएको ले यो संख्यामा यकिन गर्न नसकिने भएपनि चिनले ट्विटरको काउन्टरमा निकालेको साजिक सञ्जाल वेबोमा बायर्नका ४२ लाख समर्थक छन् । पिएसजीको १९ लाख ।

सन् २०१३ मा पछिल्लो पटक उपाधि जितेको बायर्न च्याम्पियन्स लिगको पाँच पटकको बिजेता हो तर फेरि अर्को फाइनल पुग्नुले चिनमा जर्मनको क्लबको प्रोफाइल अझै मजबुद बनाउन महत्वपूर्ण प्रभाव पार्नेछ । “हामी यो देख्न र महसुस गर्न सक्छौं,” चिनको बिशाल बजार ताक्दै सांघाईमा २०१६ मा खोलिएको क्लबका कार्यलय प्रमुख रुभेन क्यास्परले भने ।

“फाइनल पुग्ने क्रममा बार्सिलोनालाई ८–२ ले तहस नहस पारेकै कारण बायर्नलाई लिएर चिनमा बिशेष हल्ला भएको छ । उनीहरु अविश्वसनीय रुपमै आकर्षक फुटबल खेलिरहेका छन् । उनीहरु बिपक्षीमाथि दवाबका साथ आक्रमक हुदै प्रशस्त गोल गरिरहेका छन् । हामीसँग यस्ता खेलाडीहरु छन् जो चिनिया मार्केटका लागि निकै आकर्षक छन्,” क्यास्परले भने ।

वेबोमा बायर्न भन्दा धेरै फलोवर (६१ लाख) रहेका फर्वार्ड तथा जर्मन राष्ट्रिय टोलीका स्ट्राइकर थोमस मुलर चिनमा निकै लोकप्रिय छन् । “सामान्य स्वभावका मुलरको जित्नै पर्ने मानसिकता बायर्नको डिएनए हो,” क्यासपर भन्छन् ।

कोरोना भाइरस महामारिको लकडाउनपछि बुन्डेसलिगा युरोपमा सुचारु भएको पहिलो मुख्य प्रतिस्पर्धात्मक लिग भएको कारण पनि यसले बिश्व बजारमा जर्मन फुटबललाई स्थापित गरेको क्यास्पर मान्छन् । “बुन्डेसलिगा सुचारु हुदा हाम्रो मात्र लिग हुदा बिश्व फुटबल बजारको मञ्च हाम्रै लागि मात्र तयार भएको थियो,” उनले भने ।

नयाँ पुस्ताको क्लब पिएसजी

झण्डै एक दशक अघि पिएसजीको स्वामित्व लिएको कतार स्पोर्ट्स इन्भेस्टमेन्टले पहिलो दिन देखि नै चिनलाई प्रमुख प्राथमिकतामा राखेको थियो, फ्रेञ्च क्लबका एसिया–प्यासिफिक प्रबन्ध निर्देशक सेबास्चियन वासेल्स भन्छन् ।

२०१३ मै आफ्नो वेबो अकाउन्छ खोलेको पिएसजीको उपस्थिति चिनका पाँच सामाजिक सञ्जालमा रहेको छ । चिन हाम्रो लागि निकै नै महत्वपूर्ण भएको कारण नै हामी पछिल्लो दुई बर्षदेखि आफ्नो सिनियर टोली नै चिनमा लगेर खेलिरहेका छौं, वासेल्सले भने । आफ्नो प्रि–सिजन टुरमा पिएसजी जति चिनमा समय बिताउने अन्य कुनै क्लब छ जस्तो मलाई लाग्दैन ।

१९०० मा स्थापित भएको तुलनामा निकै कान्छो रहेको पिएसजी पारम्परिक फुटबल दर्शक भन्दा अरुलाई लक्ष्य गर्दै केही नयाँ गर्ने प्रयासमा रहेको छ । भिडियो गेम खेल्नेहरुलाई क्लबको समर्थकमा परिणत गर्नका लागि पिएसजीले चिनको सबैभन्दा ठूलो इ–स्पोर्ट्स टिम एलजीडी गेमिङ्गसँग साझेदारी पनि गरेको छ ।

“हामी साच्चिकै नयाँ पुस्ताको क्लब हुने प्रयास गरिरहेका छौं । ती युवा फ्यानहरु जसको अहिलेसम्म कुनै मन पर्ने क्लबहरु छैन उनीहरुलाई हामी पिएसजीको समर्थक बनाउन चाहन्छौं,” वासेल्सले भने ।

नेमार र किलियन एमबाप्पेलाई २०१७ मा पिएसजी भित्र्याउदा चिनमा क्लबको समर्थक ह्वात्तै डबल भएका छन् । ठ्याक्कै भन्न नसकिने भएकाले चिनमा पिएसजीको समर्थकहरुको संख्या भन्न नचाहेका वासेल्सले बिश्वकै दोश्रो ठूलो मुलुकमा पिएसजी अहिले द्रत गतिमा अघि बढेको क्लब भएको उनी दाबी गर्छन् ।

च्याम्यिन्स लिगको उपाधि जित्ने हो भने अहिले संख्या डबल हुन सक्नेछ । “बिश्वकै दुई उत्कृष्ट खेलाडीहरुलाई (नेमार र एमबाप्पे) अुनबन्ध गर्दा हाम्रो चिनमा समर्थक दुई गुणा बढेका थिए । च्याम्पियन्स लिगको उपाधि जित्ने हो भने यो प्रकृया फेरि दोहोरिन सक्छ,” वासेल्स भन्छन् ।

Click to comment

Trending