अन्तर्राष्ट्रिय

जमैका ट्रिनबागोसँग सात विकेटले पराजित, सन्दिपको औषत प्रदर्शन  

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले ट्रिनबागोका नाइट राईडर्स बिरुद्ध सात विकेटको हार व्यहोरेको छ ।

जितका लागि १३६ रनको मध्य लक्ष्य लिएर ब्याटिङमा आएको ट्रिनबागोले १८ दशमलब एक ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित हात पार्यो ।

ट्रिनबागोको जितमा सुनिल नारायणले तुफानी पारी खेल्दै ३८ बलमा ५३ रन बनाएर सन्दिपको शिकार भए भने सम्हालिएर ब्याटिङ कोलिन मुन्रोले अविजित रहँदै ४६ बलमा ४९ रन प्रहार गरे । पहिलो ओभरमा नै शुन्य रनको अवस्थामा विकेट गुमाएको ट्रिनबागोको लागि नारायण र मुन्रोले दोश्रो विकेटका लागि ७५ रन जोड्दै जितको आधार खडा गरे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको जमैकाले २० ओभरमा आठ विकेट गुमाएर १३५ रनको सामान्य योगफल बनाउन सक्यो ।

ओपनर चाडविक वाल्टन र निकोलस किर्तन रनको खाता नखोली तथा कप्तान रोभमन पावेल आठ रन बनाएर आउट भए पछि खराब सुरुवात गरेको जमैकाको पारी सम्हाल्ने क्रममा ओपनर ग्लेन फिलिप्स अर्धशतकीय पारी खेले ।

४२ बलमा ५८ रन बनाएर आउट भएका उनले २२ रन बनाएका आसिफ अलीसँग चौथों विकेटका लागि ३९ तथा २२ रन बनाएका आन्द्रे रसेलसँग छैठौं विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । त्यस्तै रामल लुइसले अविजित रहँदै १५ रनको योगदान दिए ।

जमैकालाई सस्तैमा रोक्ने क्रममा ट्रिनबागोका जेडेन सिल्स र अली खानले समान २-२ विकेट हात पारे ।

सन्दिपको प्रदर्शन 

चार ओभर बलिङ गरेका सन्दिपले ३० रन खर्चिएर एक विकेट हात पार्न सफल रहे । उनले तुफानी पारी खेल्दै ३८ बलमा ५३ रन बनाएका सुनिल नारायणको विकेट हात पार्न सफल रहे ।

पहिलो ओभर मात्र दुई रन खर्चिएका सन्दिपले बाँकी तीन ओभरमा २८ रन खर्चिए । सन्दिपको दोश्रो ओभरमा ११ रन, तेश्रो ओभरमा सात रन तथा आफ्नो अन्तिम ओभरमा १० रन खर्चिएका हुन् ।

सन्दिपको पहिलो ओभरमा सुनिल नारायणले दुई सिङ्गल मात्र निकाल्न सके भने बाँकी चार बलमा कुनै पनि रन जोड्न सकेनन् ।

सन्दिपको दोश्रो ओभरको पहिलो र दोश्रो बलमा कोलिन मुन्रोले क्रमश दुई तथा एक रन लिए भने तेश्रो बलमा छक्का प्रहार गरे । चौथों बलमा मुन्रोले एक सिङ्गल लिए पछि स्ट्राइकमा आएका नारायणले पाँचौं बलमा ठुलो सट खेल्ने प्रयासमा सन्दिपलाई विकेट दिए । सन्दिपको अन्तिम बलमा मुन्रोले फेरी एक रन लिन भ्याए ।

सन्दिपको तेश्रो ओभरको दोश्रो बलमा ड्यारेन ब्राभोले एक चौका प्रहार गरे भने तेश्रो, छैठौं र पाँचौं बलमा क्रमश ब्राभो र मुन्रोले १-१ सिङ्गल लिन सफल रहे । तेश्रो ओभरको पहिलो बल तथा चौथों बलमा भने सन्दिपले कुनै रन खर्चिएनन् ।

सन्दिपको आफ्नो अन्तिम ओभरको दोश्रो बलमा मुन्रोले चौका प्रहार गरे भने तेश्रो बलमा कार्लोस ब्र्याथवेटले सहज क्याच छुटाउँदा मुन्रोले दुई रन लिन भ्याए ।

यस अघि सेन्ट लुसिया जुक्स बिरुद्दको आफ्नो पहिलो खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै २३ रन खर्चिएर एक विकेट हात पारेका थिए । सन्दिपले आफ्नो चौथों तथा अन्तिम ओभरको दोश्रो बलमा नाजिबुल्लाह ज़द्रानको विकेट लिएका थिए ।

Click to comment

Trending