Headline

‘बायर्न म्युनिखलाई हराउन सम्भव छ’

Published

on

लायोनका फर्वार्ड कार्ल टोको एकाम्बीले आफ्नो टोली बायर्न म्युनिखसँग सेमिफाइनलमा ३–० ले पराजित भए पनि जर्मन च्याम्पियन पराजित नै हुन नसक्ने टोली भने नरहेको बताएका छन् ।

बुधबार भएको च्याम्पियन्स लिग सेमिफाइनलमा क्याम्रुनियन फर्वार्ड एकाम्बीले दुई स्पष्ट गोल गर्ने मौकाहरु गुमाएका थिए । उनले बायर्नका सर्जी नाब्रीले गोल गर्नु अघि लायोनले पाएको मौकालाई सदुपयोग गर्न सकेका थिएनन् । उनले प्रहार गरेको बल पोस्टमा लागेको थियो ।

“हामीले राम्रो गर्न सक्थ्यौं । गोलहरु गर्ने मौका त पाएकै हो । मैले त्यो खेलमा पाएको पहिलो मौकालाई गोल गर्नु पर्ने थियो,” एकाम्बीले खेल पछि भने । “आजको यो खेल हाम्रो लागि थिएन, हामीले धेरै मौकाहरु गुमाउनु पर्यो त्यस माथि पनि हामी विश्वका उत्कृष्ट गोलरक्षक विरुद्ध खेल्दै थियौ ।”

पाँच पटकको च्याम्पियन्स लिग बिजेता बायर्नले फाइनलमा पेरिस सेन्ट जर्माइनको समाना गर्नेछ । बायर्न २०१९ को डिसेम्बर देखी अपराजित रहेको छ । तर एकाम्बीलाई भने बायर्नलाई हराउन सकिने लागेको छ । “बायर्नलाई हराउनै नसकिने भने होइन । हामीलाई बायर्न ठूलो टोली हो भन्ने जानकारी हुदा पनि हामीले राम्रो खेल प्रदर्शन गर्नु पर्ने थियो तर हामी चुक्न पुग्यौ, एकाम्बीले भने ।”

लायोनका प्रशिक्षक रुडी गार्सियालाई पनि उनको टोलीले राम्रो मौकाहरुको सदुपयोग गर्न नसक्दा हार बेहोरेको स्विकारेका थिए । “च्यामपियन्स लिगको अन्य र आजको खेल सम्ममा हामी निकै राम्रो थियौ । तर आज पाएको मौकालाई सदुपयोग गर्न सकेनौ,” गार्सियाले भने ।

Click to comment

Trending