राष्ट्रिय

क्यारेबियन प्रिमियर लिग सन्दिपको उत्कृस्ट सुरुवात 

Published

on

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सेन्ट लुसिया जौक्स बिरुद्दको आफ्नो पहिलो खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले उत्कृस्ट प्रदर्शन गरेका छन् ।

चार ओभर बलिङ गरेका सन्दिपले २३ रन खर्चिएर एक विकेट हात पारेका हुन् । सन्दिपले आफ्नो चौथों तथा अन्तिम ओभरको दोश्रो बलमा नाजिबुल्लाह ज़द्रानको विकेट लिएका हुन् । ठुलो सट खेल्ने प्रयासमा ज़द्रान कप्तान रोभम्यान पावेलको हातबाट क्याच भएका हुन् ।

यस सँगै सन्दिपले आफ्नो पहिलो र तेश्रो ओभरमा समान ८-८ रन तथा दोश्रो ओभरमा उत्कृस्ट बलिङ गर्दै मात्र तीन रन खर्चिए ।

सन्दिपलाई जमैकाले यस सिजन मार्की खेलाडीका रुपमा आफ्नो टोलीमा अनुबन्ध गरेको थियो ।

२० बर्षे सन्दिपले सिपीएलको पहिलो दुई संस्करणमा बार्बेडोस ट्राइडेन्ट्स र सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सबाट खेलेका थिए । उनले सिपिएलमा अहिलेसम्म कुल १५ विकेट हात पारिसकेका छन् । नेपालबाट ट्वान्टी ट्वान्टीमा एक सय विकेटको आंकडा पार गर्ने सन्दिप पहिलो र हालसम्म एक मात्र खेलडी हुन् ।

सन्दिपले तलावाजमा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, रोभमन पावेल, मुजिब उर रहमान र फिडेल एड्वार्ड्स जस्ता क्रिकेटरहरुसँग खेल्ने छन् । सन्दिपले आजको खेलमा मुजिबसँग मिलेर जमैकाको स्पिन आक्रमण सम्हाल्ने प्रवल सम्भावना छ ।

कोरोनाका कारण वेस्ट इन्डिज पुगे पछि १४ दिन क्वारेन्टाइनमा बस्न पर्ने भएका कारण सन्दिप अगस्ट एक तारिखमा वेस्ट इन्डिज पुगेका थिए ।

Click to comment

Trending