अन्तर्राष्ट्रिय

क्यारेबियन प्रिमियर लिग : पहिलो दिन ट्रिनबागो र बार्बाडोस विजयी

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत पहिलो दिनको खेलमा ट्रिनबागो नाइट राईडर्स र बार्बाडोस ट्रिड़ेन्ट्स विजयी भएका छन् ।

सिपीएलको पहिलो दिनको पहिलो खेलमा सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा ट्रिनबागोले गुयाना अमाजन वारियर्सलाई चार विकेटलेले पराजित गर्यो ।

वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुयानाले पुरै १७ ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १४४ रन बनायो ।

गुयानाको तर्फबाट शिम्रोन हेटमायरले अविजित रहँदै सर्वाधिक ६३ रन बनाए भने रस टेलरले पनि २१ बलमा ३३ रनको पारी खेले । ४४ बलको सामना गर्दै समान २-२ चौका र छक्का प्रहार गरे । २३ रनको अवस्थामा दुई विकेट गुमाएको गुयानाको पारी सम्हाल्ने क्रममा हेटमायर र टेलरले ५० रनको साझेदारी गरे ।

जवाफी ब्याटिङ गरेको ट्रिनबागो जितमा सुनिल नारायणले तुफानी अर्धशतकीय पारी खेले । ओपनिङमा आएका नारायणले २८ बलको सामना गर्दै ड़ुई चौका र चार छक्काको मद्धतमा सर्वाधिक ५० रन बनाए । खेलको म्यान अफ द म्याच घोषित उनले बलिङ तर्फ पनि दुई विकेट हात पारे ।

त्यस्तै गत राती सम्पन्न दोश्रो खेलमा बार्बाडोसले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स माथि छ रनको रोमान्चक जित हात पार्यो ।

बार्बाडोसले दिएको १५४ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको सेन्ट किट्सले २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १४७ रन बनाउन सक्यो ।

बार्बाडोसको जितमा मिचेल स्यान्टनर र रशिद खानले समान २-२ विकेट हात पारे । खेलको म्यान अफ द म्याच घोषित स्यान्टनरले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित मात्र १८ रन खर्चिए ।

सेन्ट किट्सको तर्फबाट जोशुआ डी सिल्भाले अविजित रहँदै ४१ बलमा ४१ रन तथा बेन डन्कले २१ बलमा ३४ रन जोडे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।

यस अघि खेलमा टस हारेर ब्याटिङ गरेको बार्बाडोसले खराब सुरुवात गरे पनि कप्तान जेसन होल्डर र कायल मायर्सले क्रमश २२ बलमा ३८ रन तथा २० बलमा ३७ रन नौं विकेटको नोक्सानीमा १५३ रनको योगफल तयार पार्न सक्यो । आठ रनको अवस्थामा तीन विकेट गुमाएको बार्बाडोसको लागि उनीहरुले चौथों विकेटका लागि ६१ रन जोडे ।

बार्बाडोस मध्यम स्कोर तर्फ अघि बढी रहे पनि आठौँ र १०औं नम्बरमा ब्याटिङ गर्न आएका मिचेल स्यान्टनर र रशिद खानले क्रमश १८ बलमा २० रन तथा २० बलमा अविजित २६ रन जोड्दै राम्रो योगफल सम्म पुर्याए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन पनि जोड्न सकेनन् ।

Click to comment

Trending