Headline

लुकाकुले उत्कृष्ट खेल देखाउदा म्यानचेस्टर युनाइटेडलाई पछुतो

Published

on

म्यानचेस्टर युनाइटेड सेभियासँग २–१ ले पराजित हुदै युरोपा लिगबाट बहिरिएको एक दिन पनि नबित्दै पूर्व स्ट्राइकर रोमेलु लुकाकुले ओल्ड ट्राफोर्डले कस्तो खेलाडी गुमाएको छ भन्ने प्रष्ट पारिदिएका छन् ।

एन्टोनियो कोन्टेको इन्टर मिलनले सख्तर दोनेस्कलाई ५–० ले ध्वस्त पार्दा बेल्जियन स्ट्राइकर लुकाकुले दुई गोल गर्दै ५० खेलमा इटालियन क्लबका लागि आफ्नो गोल संख्या ३३ पुर्याए ।

लुकाकुको यो लयले क्लबका पुर्व मिडफिल्डर पउल इन्सलाई म्यानचेस्टर युनाइटेडमा अझै पनि स्ट्राइकरको कमि रहेको लागेको छ । र लुकाकुको यो फर्मले युनाइटेडलाई पक्कै पनि चुकचुकाएको हुनु पर्ने उनले मानेका छन् ।

एभर्टनबाट ७५ मिलियन पाउण्डमा युनाइटेड गएका लुकाकु त्यो समय इतिहासमा संयुक्त रुपमा पाँचौं सबैभन्दा महँगो खेलाडी भएका थिए ।

होजे माउरिन्होको नेतृत्वमा रहदा पहिलो सिजनमा २७ गोल गरेका लुकाकुले आफूलाई गरेको लगानीमाथि न्याय गरेका थिए । तर माउरिन्होले युनाइटेडबाट बिदा लिएपछि आएका ओले गुनर सोल्सायरको पहिलो र लुकाकुको दोस्रो सिजनमा भने उनी खासै चल्न सकेनन् ।

उनले दोस्रो सिजनमा १५ गोल मात्र गरे । युनाइटेडले यही झोकमा लुकाकुलाई इन्टरमा बेचिदियो । ७४ मिलियन पाउन्डमा इन्टर पुगेका लुकाकु इटालियन क्लबमा स्टार खेलाडी बन्न पुगे ।

लुकाकु इन्टरबाट यति उत्कृष्ट खेल्न सफल भइसकेका छन् की इटालियन अखबार ला ग्याजेटो डेलो स्पोर्टले पहिलो पृष्ठमा उनको फोटो लगातार तीन दिनसम्म छापेको थियो । उनी इटालीमा सुपरस्टार भईसकेका छन् । सेमिफाइनल सहित लगातर १० यूरोपा लिगका खेलहरुमा गोल गर्ने पहिलो खेलाडी बनेपछि उनको स्तर ह्वात्तै बढेको छ ।

उनी युनाइटेडमा भन्दा अहिले फिट देखिन्छन् । अहिले जुन स्तरको प्रदर्शन गरिरहेका छन् त्यो युनाइटेडमा देखिएको थिएन । युनाइटेडलाई पनि अहिले लुकाकु ओल्ड ट्राफोर्डमै भईदिएको भए जस्तो हुंदो हो, इन्सले सोमबार लुकाकुले महत्वपूर्ण भुमिका खेलपछि भने ।

Click to comment

Trending