Headline

इतिहासमै पहिलो पटक फाइनल पुग्ने दाउमा पिएसजी र लाइपजिग

Published

on

च्याम्पियन्स लिग अन्तर्गतको पहिलो सेमिफाइनलमा बुधवार जर्मन क्लब आरबी लाइपजिग र फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) भिड्दै छन् । दुवै टोली ईतिहासमै पहिलो पटक आमने-समने हुँदै छन् ।

सेमिफाइनल पछि एक टोलीले इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा स्थान बनाउने छ ।

इटालियन क्लब एट्लान्टालाई क्वार्टर-फाइनलमा नाटकीय रुपमा २-१ ले हराउदै सेमिफाइनल पुगेको पिएसजीले १९९४-९५ पछि आफ्नो पहिलो सेमिफाइनल खेल्दै छ। लाइपजिगले भने डिएगो सिमिओनेको एट्लेटिको म्याड्रिडलाई २-१ ले पाखा लगाउदै सेमिफाइनलमा पिएसजीसँगको भेट पक्का गरेको थियो ।

धेरै फुटबल समर्थक र बिश्लेषकहरुले यो खेललाई दुई व्यवसायिक कम्पनीले बनाएको फुटबल क्लबबीचको द्वन्द रहेको बताएका छन् ।

यो पनि पढ्नु होस् : https://wesportz.com/2020/08/6539/ 

पिएसजीलाई यो खेलमा आफ्नो स्टार खेलाडी नेमारको लय र किलियन एम्बाप्पेको सुधारिएको फिटनेसले धेरै फाईदा पुर्याउने देखिन्छ । पिएसजीले फ्रान्सको माथिलो श्रेणीको सबै उपाधि हात पारिसक्दा उस्को आँखा भने अब पक्कै च्याम्पियन्स लिग जित्दै ट्रेबल जित्नुमा रहने छ । पिएसजीले कोरोना भाईरसका कारण लिग वानको उपाधि नौं खेल अगाडि नै जितेको थियो भने फ्रेन्च कप पनि जितेको थियो ।

अघिल्लो खेलमा निलम्बनको कारण क्वार्टर-फाइनल गुमाएका एन्जल डि मरिया पनि टोलीमा फर्किसकेका छन् ।

युलियन नेगल्सम्यानको लाइपजिग र थोमस टुचेलको पिएसजीको खेल्ने रणनिती आक्रमक भएको कारण खेलमा धेरै गोल देखिए आश्चर्य मान्नु पर्ने छैन । बुन्डेसलिगाको सिजन सकिए लगतै आफ्नो मुख्य स्ट्राइकर टिमो वेर्नरलाई गुमाएको लाइपजिगलाई पिएसजीसँगको खेलमा केही घाटा हुने भने देखिन्छ।

तर प्रशिक्षक नेगल्सम्यानले वेर्नरको बिदाइले खेलमा कुनै असर नपार्ने बताइसकेका छन् । २००९ मा स्थापना भएको लाइपजिग लगातार दुई सिजन बुन्डेसलिगामा तेस्रो भएको टोली हो ।

पोर्चुगलको लिस्बनमा हुने खेल नेपाली समय अनुसार १२:४५ मा शुरु हुने छ।

Click to comment

Trending