Headline

मेस्सी कहा जान सक्छन् र कसले किन्न सक्छ ?

Published

on

लियोनल मेस्सी बार्सिलोना बाहेक अन्य कुनै क्लबबाट खेलेको कल्पना गर्न सकिदैन । तर कुनै समय असम्भव जस्तो लाग्ने कुराले अहिले भने पूर्ण सम्भावना बोकेको छ ।
बोर्डभित्रको राजनीतिले ग्रस्त बार्सिलोनामाथि ठूलो ऋण पनि रहेको छ भने औषत रियल म्याड्रिड टोलीलाई ला लिगाको उपाधि सुम्पनुका साथै च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग अपमानजनक हारपछि टिमको पुनसंरचना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

ओसासुनसँग २–१ को हारले लिग उपाधि म्याड्रिडको हुने निश्चित भइसक्दा मेस्सीले भनेका थिएः हामी यस्तो खेल्दै ला लिगाको अन्त्य गर्न चाहिरहेको थिएनौं । तर यसले हाम्रो पुरा बर्ष कसरी गयो भनेर बताउछ । हामी कमजोर र आकारबिहिन भयौं । हामी हार्यौ किनभने हामीसँग प्रतिस्पर्धात्मक भावन कम भयो । हामीले यो सिजन धेरै नै अंक गुमाउन पुग्यौं जुन हुनु हुदैनथ्यो ।

मेस्सीले आफू बार्सा छोड्न खोजिरहेको समाचारहरु बाहिर आएसँगै कस्तो छ त उनको भविष्य ? कुन टिमले उनलाई लिन सक्छ वा सक्दैन ?

म्यानचेस्टर सिटी

किन हुन सक्छ ?

कोरोना भाइरस संकटको समय फाइनान्सियल फेयर प्ले केही खुकुलो बनाउदा सिटीसँग मेस्सीले किन्न सक्ने श्रोत प्रशस्तै छ । आफ्ना पुर्व व्यवस्थापक पेप ग्वार्डियोलासँगको पुर्नमिलनले मेस्सीलाई आकर्षित गर्न सक्छ । ग्वार्डियोलासँगै मेस्सीले बार्सामा जित्नुपर्ने जति सबै उपाधि जितेका छन् उनी नै प्रशिक्षक रहदा सुपरस्टार बनेका थिए ।

मेस्सीको सुपरस्टार स्तरलाई हेर्ने हो भने उनी ग्वार्डियोलाको रणनीतिमा कसरी फिट हुन सक्छन् भन्ने प्रश्न नै बकवास लाग्न सक्छ । मेस्सीलाई ग्वार्डियोलाको रोजाइको ४–३–३ को रणनीतिका बारे राम्रो ज्ञान छ । मेस्सीले रियाद माह्रेजको स्थान लिन सक्नेछन् तर उनले सिटीको दायापटिको आक्रमण वा फल्स नाइनको रुपमा पनि खेल्न सक्नेछन् ।
ग्वार्डियोलालाई फल्स नाइनलाई च्याम्पियन्स लिग अन्तर्गत रियल म्यड्रिडबिरुद्धको खेलमा राम्रो प्रयोगमा ल्याएको थियो । ग्वार्डियोलाले केभिन डि ब्रुनलाई मिडफिल्डमा प्रयोग गर्दै ४–२–३–१ को रणनीतिमा खेल्ने हो भने दुईटा एट्याक अप्सनका लागि मेस्सीलाई स्थान हुनसक्नेछ ।

किन हुन सक्दैन ?

प्रशस्त पैसा भएपनि सिटी ट्रान्सफर मार्केटमा अनुशासित देखिन्छ । यसअघि आखा लगाएको ह्यारी मग्वायर र एलेक्सिस साञ्चेजलाई नलिने मनसायमा पुगेपनि सिटीले ग्वार्डियोलाको आगमनपछि राम्रै पैसा बगाउदै आएको छ । तर उनीहरुले रियल म्याड्रिड जसरी अथाह पैसा भने खर्च नगर्दै रहिम स्टर्लिङ, ग्याब्रियल जिजस र क्लब छोडेका लिरोय सानेजस्ता खेलाडीको बिकासमा ध्यान दिएको थियो ।

फर्नान्डिन्हो, कायल वाकर र सर्जियो अगुएरो जस्ता प्रमुख खेलाडीहरु ३० बर्ष कटिसक्दा सिटीलाई पनि आफ्नो टोलीको पुर्नसंरचनामा जान आवश्यक छ । ३३ बर्षिय मेस्सीलाई भित्र्याउन कसरी पुर्नसंरचनामा मद्दत गर्छ ? ग्वार्डियोलाले आफ्नो फर्वार्डहरुबाट चाहिने प्रेसिङ्ग गेमलाई अलि कम गर्ने हो भने अन्य स्थानका खेलाडीहरुले बढी काम गर्नु पर्नेछ । टिम पुर्नसंरचना गर्नका लागि ग्वार्डियोला यो हदसम्म जान सक्लान् र ?

पेरिस सेन्ट जर्माइन

किन हुन सक्छ ?

सिटीको तुलनामा पिएसजीले स्थापित स्टार खेलाडीहरुलाई लिने प्रयास गर्दै आइरहेको छ । महँगा नेमार र किलियन एमबाप्पेलाई लिन सक्नु यसैको एक उदाहरण हो । सुपरस्टारको भिड कसरी एकै टिममा एकिकृत हुनका लागि जटिल परिस्थिति आउन सक्छ । तर मेस्सी र नेमार लुइस एन्रिके प्रशिक्षक रहदा बार्सिलोनामा एकै टोलीमा राम्रोसँगै भिजेका थिए । बार्सिलोनाले नेमार फेरि फर्काउन खोजिरहदा मेस्सी पिएसजीतर्फ जान सक्ने हो की ?

मेस्सी कतार एयरवेजको बिज्ञापनमा लगातार देखा पर्दै पनि आएका छन् । कतार एयरवेज बार्सिलोनाको जर्सि स्पोन्सर पनि हो । पेरिसमा बस्नु उनको लागि एक आकर्षण पनि रहि आएको छ । पिएसजी कतार स्पोर्ट्स इन्भेस्टभेन्टको स्वामित्वमा रहेको छ ।

किन हुन सक्दैन ?

माउरो इकार्डी र एन्टोनियो सानाब्रियालाई अघिल्लो सिजन भित्र्याएपछि पिएसजीको आक्रमणमा बिकल्पहरु पनि प्रशस्तै रहेका छन् । मेस्सी करिअरको जुन चरणमा रहेका छन् त्यो हिसाबले लिग वान एकैछिनमा जित्न सक्ने सम्भावनाले उनलाई आकर्षित गर्ला त ? यही साता पिएसजीले आफुले सबैभन्दा चाहेको च्याम्पियन्स लिगको उपाधि जित्न सक्छ । अब के जित्न बाकी रहला र ?

इन्टर मिलान

किन हुन सकछ ?

म अहिले इन्टर मिलानको साधारण फ्यान मात्र हु । यति भन्दा भन्दै मलाई थाहा छ सनिङ (इन्टरको चिनिया मालिक सनिङ होल्डिङ्गस) सँग मेस्सीलाई मिलान ल्याउनका लागि श्रोत र प्रतिस्पर्धाको आधारमा सबै कुरा छ, इन्टर मिलानका पुर्व अध्यक्ष मासिमो मोराट्टीले केही दिन अघि भनेका थिए ।

रियल म्याड्रिडबाट ठूलो रकममा राइट विङ्ग–ब्याक असरफ हकिमीलाई भित्र्याउदै ट्रान्सफर मार्केटमा इन्टर सकृय देखिएपछि मोराट्टीको यो कुराले बैधानिकता पाउन सक्छ । करिअरको अन्त्यतिर पुगेका मेस्सीका लागि इटालियन सिरी आ को सुस्त प्रतिस्पर्धा उपयुक्त हुन सक्छ । उतार चढाव पूर्ण एक दशकपछि लय समात्न प्रयासरत एक समयको ठूलो टोली इन्टरका लागि मेस्सीको आगमन राम्रो कथा पनि हुन सक्छ ।

इन्टरको सुनौलो इतिहास पनि उत्कृष्ट अर्जेन्टाइन खेलाडीहरुको मद्दतमा साबित भएको छ । हाभियर जेनेट्टी, हर्नान क्रेस्पो, अल्भारो रेकोबा, एस्तबान क्याम्बियास्सो, वाल्टर स्यामुएल, डिएगो मिलितो लगायतका अन्य थुप्रै अर्जेन्टाइनहरुले इन्टरको लागि महत्वपूर्ण भुमिका खेलिसकेका छन् ।

किन हुन सक्दैन ?

मेस्सीलाई लिने हो भने प्रशिक्षक एन्टोनियो कोन्टेले खेलाडीलाई मैदानभर घुमाउने आफ्नो रुचिबाट फरक सोच्नु पर्ने हुन्छ । हकिमीलाई अनुबन्धन गरेपछि आफ्नो पारम्परिक ३–५–२ को शैलिलाई निरन्तरता दिने स्पष्ट भएकाले कोन्टेले मेस्सीका लागि एक स्ट्राइकिङ्ग पार्टनर व्यवस्था गर्नुपर्नेछ जुन रामेलु लुकाकु हुन सक्छन् । शैलिगत रुपमा के यो रणनीति इन्टरमा उपयुक्त होला ? कोन्टेले रक्षपंक्तिलाई केही खुकुलो बनाउदै त्याग गर्ने हो भने मात्रै मेस्सी दुई फर्वार्डको पछाडी ३–४–१–२ को रणनीतिमा खेल्न सक्लान ।

बायर्न म्युनिख

किन हुन सक्छ ?

श्रोत र कनेक्सनका हिसाबले बायर्न सुपर क्लब हो । मेस्सीलाई अनुबन्धन गर्ने हो भने बायर्नले आफूले पाएको निकनेम एफसी हलिउडलाई सार्थकता दिन सक्छ ।
किन हुन सक्दैन ?

प्रमुख स्ट्राइकरद्वय रोबर्ट लेवान्डोस्की र थोमस मुलर ३० कटिसकेका छन् भने अब उसले ट्रान्सफर मार्केटमा पैसा खर्च गर्न केही सोच्नेछ । बायर्नले अन्य क्लबमा अन्तिम बर्ष वा १८ महिनाको सम्झौता बाकी रहेका खेलाडीहरुलाई मात्र बिचार गर्न सक्छ । निकै सन्तुलित बायर्न टोलीले यो सिजनको च्याम्पियन्स लिग पनि जित्ने भएकोले आफ्नो योजनामा पानी फेर्न चाहदैन ।

फेरि फर्किएर अर्जेन्टिना

किन हुन सक्छ ?

१३ बर्षकै उमेरमा मेस्सीको परिवार नै आधा दुनिया कट्दै लामो समदेखि स्पेनमा बसिरहेकाले अब अर्जेन्टिना फर्कने इच्छा बुझ्न सकिन्छ । मेस्सी मार्सेलो बिएल्सा र मउरिसयो पाचेटिनोको पुरानो क्लब नेवेल्स ओल्ड बोइजको समर्थक हुन् । नेवेल्स ओल्ड बोइज जाने हो भने मेस्सी बार्सिलोनाका निकट प्रतिद्वन्दी क्लबहरु नजादै आफ्नो पुरानो क्लबप्रति बफादार रहन सक्छन् ।

किन हुन सक्दैन ?

मेस्सीको मासिक आम्दानी यति ठूलो रहेको छ की उनले अर्जेन्टिना जाने निर्णय गर्ने हो भने आफूले पाउदै आएको तलबमा व्यापक कटौति स्वीकार्नु पर्नेछ । अर्जेन्टिनाको कुनै पनि क्लबले उनले पाउदै गरेको नजिकको तलब समेत दिन सक्दैनन् । यो हुनको लागि कुनै पनि अर्जेन्टाइन क्लबका लागि तेश्रो पक्षको ग्यारेन्टी आवश्यक पर्नेछ ।

Click to comment

Trending