Headline

च्याम्पियन्स लिग को श्रापमा म्यान सिटी को अर्को एक अध्याय

Published

on

च्याम्पियन्स लिग नयाँ ढाँचामा पुन सुचारु हुँदै दुई लेगबाट सिधै नकआउट चरणको रुप लिदा पेप ग्वार्डियोलालाई लागिसकेको थियो, यो सिजन केही फरक छ ।

च्याम्पियन्स लिग यो ढाँचामा पुग्दा ग्वार्डियोला मात्र होइन सम्पूर्ण समर्थकहरुमा पनि केही न केही डर भने थियो । म्यानचेस्टर सिटीले लायोनसँग खेल्नु अघिका सबै खेलमा आश्चर्य देखा पर्यो । पेरिस सेन्ट जर्माइनको एट्लान्टा विरुद्ध पुनरागमन, आरबी लाइपजिगले एट्लेटिको म्याड्रिडलाई दिएको झड्का र बार्सिलोनाको बायर्न म्युनिखसँगको लज्जास्पद हार ।

सिटीलाई केही डर अवश्य थियो ।

“हरेक खेल अबदेखि फाइनल हो,” सिटीका व्यवस्थपाक ग्वार्डियोलाले लायोनसँग खेल्नु अघि भनेका थिए । “यहाँ कुनै दोस्रो मौका छैन । कि त तिमी घर जाउ या यसैलाई स्वीकार्दै अगाडी बढ ।”

ग्वार्डियोलाले डिफेन्डिङ च्याम्पियन लिभरपुल, स्पेनिस महारथी रियल म्याड्रिड र इटालियन क्लब युभेन्टस प्रतियोगिताबाटै बहिरिएको अवस्थामा सिटीलाई उसको सपनाको प्रतियोगिता, च्याम्पियन्स लिग जित्न दवाव र मौका उत्तिकै थियो ।

प्रतिस्पर्धाको आधारमा सिटीका लागि क्वार्टर–फाइनलमा कुनै टिम बाकी थिएन । ग्वार्डियोला सेमिफाइनलमा आफ्नो पुर्व टोली बायर्नसँग भिड्न तयार देखिन्थे । तर क्लब ईतिहासमै दोस्रो च्याम्पियन्स लिग सेमिफाइनल खेल्दै गरेको सिटीको अगाडि निडर भइ उभियो लायोन ।

केवल लायोन । त्यही लायोन जसले समुह चरणमा मात्र दुई जित निकाल्दै ठूलो कसरतपछि अन्तिम १६ मा स्थान पाएको थियो । त्यही लायोन जो फ्रेञ्च लिग वान मा सातौ स्थानमा रहन पुगेको थियो । तर त्यही सातौं स्थानमा रहेको लायोनले दावेदार मानिएको युभेन्टसको आशालाई अन्तिम १६ मै सक्काएको थियो ।

युभेन्टसको च्याम्पियन्स लिगको लागि दन्किएको आगोलाई पानी हाल्दै क्वार्टर–फाइनलमा तुलनात्मक रुपमा बलियो मानिएको म्यानचेस्टर सिटीसँग पनि निडर रहदै लायोनले बिजय पायो । २४ औ मिनेटमा म्याक्सवेल कोर्नेट र दोस्रो हाफमा मोसा डेम्बेलेको दुई गोलले सिटी बहिरियो ।

सिटी हार्यो । यहीसँगै लगातार तीन क्वार्टर–फाइनलबाट बाहिरिन पुग्यो भने ग्वार्डियोलाले आफुले व्यवस्थापन गरेको कुनै टोलीले नवौं पटक फाइनल पुग्न असफल हुन पुगेको थियो ।

तर हेर्ने नै हो भने च्याम्पियन्स लिगको नकआउट चरणका प्रतिस्पर्धाहरुमा सिटीको ईतिहास दयनीय छ । २०१६ मा सेमिफाइनलसम्म पुगेको सिटी रियल म्याड्रिडसँग पराजित भयो । २०१७ मा अन्तिम १६ मा पुगेको सिटी फ्रेञ्च क्लब मोनाकोसँग ६–६ को बाराबरी खेल्दै अवे गोलको आधारमा बहिरिएको थियो ।

दुई सिजन अगाडि मात्र पनि क्वार्टर–फाइनलमा लिभरपुलसँग समग्रमा ५–१ को हार बेहोरेको सिटीले यो बर्षअघि भने भिएआरको विवादित निर्णयका कारण टोटनह्यामसँग अवे गोलको अन्तरमा पराजित भएको थियो ।

यो पटक भने अन्तिम १६ मा रियल म्याड्रिडलाई पछार्दै क्वार्टर–फाइनलमा फ्रान्सको सातौ स्थानको टोलीसँग पराजित हुन पुग्यो । ग्वार्डियोलाको फेरी एकपटक रणनीतिक चालले मात खायो ।

जब टोली कुनै उपाधीको एकदम नजिक थियो उनले अस्वभाविक परिवर्तन गर्दै गए त्यही बानीले उनको टोली घुँडा टेक्न पुग्यो । खेलमा उनको रणनीति जुन सुकै भए पनि लायोनसँग ’वान अन वान’ गोल खाने भने पक्कै होइन ।

मार्चको शुरुदेखि लायोनले खेलेको यो तेस्रो प्रतिस्पर्धीत्मक खेल हो । तर लायोन सिटी भन्दा बलियो देखियो । उसले खेललाई एउटा आकार दियो र सिटीलाई उसकै रणनीतिको मुख्य पाटो प्रेसिङ गेममा नै हरायो ।

रहिम स्टेर्लिङले पाएको मौका सदुपयोग गरेनन् । डिबक्समा जति नै बल लगे पनि अन्तिममा उनी लडेकै थिए ।

सिटीका लागि केभिन डि ब्रुनले जति नै प्रयास गरे पनि लायोनका गोलरक्षक एरिक गार्सियाले बचाउ गरेका थिए । लायोनको रक्षापंक्तिलाई तोड्न नसक्नु र ग्वार्डियोलाको राणनीतिक खेल माथि नै प्रश्न उठ्नु स्वभाविक हो ।

तर सिटीले दोस्रो हाफमा जति नै प्रयास गरे पनि आफ्नो क्षमता भने देखाउन सकेन । ६९ औँ मिनेटमा डि ब्रुनले गोल गर्नु बाहेक सिटीको लागि सम्झन लायक क्षण केही रहेन । त्यही कारण पनि होला डि ब्रुनले खेल सक्किए पछी भनेका थिएः “नयाँ बर्ष तर उही कथा ।”

Click to comment

Trending