Trending

एट्लेटिकोको बलियो रक्षापङ्तीलाई आक्रमक लाइपजिगको चुनौती

Published

on

च्याम्पियन्स लिगको दोस्रो क्वार्टर-फाइनलमा शुक्रबार राती जर्मन क्लब आरबी लाइपजिग र स्पेनिस क्लब एट्लेटिको म्याड्रिड भिड्दै छन्।

पोर्चुगलको लिस्बनमा हुने यो खेल नेपाली समय अनुसार राती १२:४५ मा सुरु हुने छ।

डिफेन्डिङ च्याम्पियन लिभरपुललाई उस्कै घरमा हराउदै एट्लेटिकोले क्वार्टर-फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो भने लाइपजिगले इङलिस क्लब टोटन्ह्याम हस्ट्परलाई पाखा लगाउदै पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको हो।

एट्लेटिकोको बलियो रक्षापङ्ती विरुद्ध लाइपजिगको आक्रमक राणनिती बिचको खेल निकै रोमन्चक हुने अपेक्षा गरिएको छ। लाइपजिगलाई भने उस्को आक्रमक राणनितीको मुख्य खेलाडी मानिएका टिमो वेर्नरको अभाव खड्किने छ।

जर्मन बुन्डेसलिगाको सिजन सकिए लगतै ईंङलिस क्लब चेल्सी पुगेका वेर्नरले लाइपजिगको च्याम्पियन्स लिग खेल्ने टोलीबाट आफ्नो नाम हटाइसकेका छन्। लाइपजिगका प्रशिक्षक जुलियन नेगल्सम्यानले भने वेर्नेरको बिदाइले एथ्लेटिको विरुद्ध हुने खेलमा कुनै असर नपर्ने बाताएका छन्।

लाइप्जिग र एट्लेटिको पहिलो पटक आमने-समने हुन लागेका हुन्।

एट्लेटिकोका लागि उनका युवा खेलाडी जाओ फिलेक्स निकै महत्वपूर्ण हुन सक्छन्। रक्षात्मक एट्लेटिकोको लागि काउन्टर अट्याकमा गोल गर्ने सम्भावना निकै बलियो देखिन्छ। यस्तो अवस्थामा प्रशिक्षक डिएगो सिमिओनेले दुई फर्वार्ड खेलाउन सक्नेछन्।

कोरोना भाईरसका कारण दुई खेलाडीलाई स्पेनमै छोड्नु परेको एट्लेटिको खेलको मुख्य दावेदार मनिएको छ।

Click to comment

Trending