Headline

सारीले खराब सिजन र च्याम्पियन्स लिग बहिर्गमनको मुल्य चुकाए

Published

on

च्याम्पियन्स लिगको प्रि–क्वार्टर फाइनलबाट टिम बाहिरिएपछि युभेन्टसले प्रशिक्षक माउरिजियो सारीलाई बर्खास्त गरेको छ ।

इटालियन मिडियाहरुले पुर्व चेल्सी व्यवस्थापक सारीलाई बर्खास्त गरिनुपर्ने चर्को आवाज उठाउदै आएका थिए । फ्रेञ्च क्लब लायोनसँग पहिलो लेगमा पछाडी परेपछि युभेन्टस त्यो अग्रतालाई उल्टाउने दवाबमा थियो । शुक्रबार घरेलु मैदानमै भएको दोश्रो लेगमा २–१ ले जित हात पार्दै २–२ को बराबरी गरेपनि युभेन्टस अवे गोलका आधारमा बाहिरिन पुगेको थियो ।

सारीले युभेन्टसलाई लगातार नवौं इटालियन लिगको उपाधि जिताएपनि यो सिजन उसको पछिल्लो १० बर्षकै खराब प्रदर्शन रहेको थियो । दुई खेल बाकी हुदै उपाधि जितेपनि युभेन्टस सिजन समाप्त हुँदा सम्म मात्र एक अंकले शिर्ष स्थानमा रहेको थियो ।

लिगमा युभेन्टसले ७ खेलमा पराजय बेहोर्दा उसले ९ उपाधि जित्दा सबैभन्दा बढी खेल हारेको सिजन पनि बन्न पुगेको थियो । ३८ खेलमा युभेन्टसले ४३ गोल खान पुगेको थियो भने च्याम्पियन्स लिगबाट बाहिरिएपछि क्लब व्यवस्थापनसँग सारीलाई निकाल्न एउटा राम्रो कारण रहेको थियो ।

युभेन्टसको पराजयपछि अब एट्लान्टा मात्र च्याम्यिन्स लिगमा रहेको एक मात्र इटालियन क्लब हो । एट्लान्टाले क्वार्टर फाइनलमा अर्को फ्रेञ्च टोली पेरिस सेन्ट जर्माइनको सामना गर्न गइरहेको छ ।

Click to comment

Trending