Headline

कप्तान भगवतीसहित तीन नेत्रहीन महिला क्रिकेटर सम्मानित

Published

on

नेत्रहीन क्रिकेट संघ नेपालले तीन नेत्रहीन महिला क्रिकेट खेलाडीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीकी कप्तान भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी रहेकी छिन् ।

संघले आफ्नो १५ औं बार्षिकोत्सवको उपलक्ष्यमा खेलाडीहरुलाई ज्योति केसी नेत्रहीन महिला क्रिकेट खेलाडी प्रतिभा पुरस्कार प्रदान गरेको हो । बिजयी खेलाडीहरुले नगद रु ५ हजार सँगै मायाको चिनो र कदर पत्र प्राप्त गरेका थिए ।

बी थ्रि समुहकी खेलाडी भगवती बिगत १४ वर्ष देखि नेत्रहीन क्रिकेटमा संलग्न छिन् । सन् २०१४ मा बेलायत र गत बर्ष पाकिस्तानबिरुद्धको सिरिजमा उनले कप्तानको भुमिका निर्वाह गर्दै दुवैमा जित दिलाउन सफल भएकी थिइन् ।

मनकेशी बी टु समुहबाट उत्कृष्ट ब्याटिङ्ग प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किर्तिमान बनाउन सफल रहदै आएकी छिन् । उनी बेलायत र पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ द सिरिज भएकी थिइन् । बी वान खेलाडी आशाले १४ बर्षदेखि राष्ट्रिय टोलीमा योगदान दिदै आएकी छिन् ।

Click to comment

Trending