Connect with us

Headline

कप्तान भगवतीसहित तीन नेत्रहीन महिला क्रिकेटर सम्मानित

wesportz

Published

on

नेत्रहीन क्रिकेट संघ नेपालले तीन नेत्रहीन महिला क्रिकेट खेलाडीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीकी कप्तान भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी रहेकी छिन् ।

संघले आफ्नो १५ औं बार्षिकोत्सवको उपलक्ष्यमा खेलाडीहरुलाई ज्योति केसी नेत्रहीन महिला क्रिकेट खेलाडी प्रतिभा पुरस्कार प्रदान गरेको हो । बिजयी खेलाडीहरुले नगद रु ५ हजार सँगै मायाको चिनो र कदर पत्र प्राप्त गरेका थिए ।

बी थ्रि समुहकी खेलाडी भगवती बिगत १४ वर्ष देखि नेत्रहीन क्रिकेटमा संलग्न छिन् । सन् २०१४ मा बेलायत र गत बर्ष पाकिस्तानबिरुद्धको सिरिजमा उनले कप्तानको भुमिका निर्वाह गर्दै दुवैमा जित दिलाउन सफल भएकी थिइन् ।

मनकेशी बी टु समुहबाट उत्कृष्ट ब्याटिङ्ग प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किर्तिमान बनाउन सफल रहदै आएकी छिन् । उनी बेलायत र पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ द सिरिज भएकी थिइन् । बी वान खेलाडी आशाले १४ बर्षदेखि राष्ट्रिय टोलीमा योगदान दिदै आएकी छिन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Headline

मेसुकेको उत्कृष्ट प्रदर्शनपछि ललितपुरबिरुद्ध काठमाडौंलाई दुई गोलको अग्रता

wesportz

Published

on

बिदेशी खेलाडी मेसुकेले आफ्नो उत्कृष्ट लयलाई कायमै राखि दुई गोल गरेपछि काठमाडौं रेजर्सले नेपाल सुपर लिगको दोश्रो क्वालिफायरको पहिलो हाफमा २–० को अग्रता लिएको छ ।

ललितपुर दशरथ रँगशालामा दुई पटक स्पष्ट गोल गर्ने मौकामा चुक्दा मेसुकेले प्राप्त मौकालाई गोलमा परिणत गरेका हुन् । प्रतियोगितामा उनले छैटौं र सातौ गोल गरेका हुन् ।

खेलको शुरुवातमा नै ललितपुरले गोल गर्ने स्पष्ट मौका खेर फाल्यो र त्यसमा खलनायक रहे बिदेशी खेलाडी भिलिन पोसिन्कोभिच । अन्जन बिष्टले बनाएको मुभमा नुर्लान जाहिदको क्रसले काठमाडौं गोलकिपर बिकेश कुथुलाई बिट गरेपनि पोसिन्कोभिचले गोललाईन निरै साधारण ट्याप इन दिन चुकेका थिए ।

लगत्तै काठमाडौंका मेसुकेले बायाँबाट बक्समा निकालेको पासलाई स्टेफन समिरले टाइट एँगलबाट गरेको प्रहार पोस्टमा लागेको थियो । १३ औं मिनेटमा काठमाडौंले पेनाल्टी पायो र त्यसलाई मेसुकेले जितेका थिए ।

कमल श्रेष्ठले मेसुकेलाई बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । मेसुकेले पेनाल्टीमा गरेको प्रहारलाई ललितपुरका गोलकिपर अर्पण कार्कीले सही दिशामै डाइभ गरेपनि उनको हातमा लागेर गोल भएको थियो ।

२२ औं मिनेटमा मेसुकेले अग्रताले दोब्बर बनाएका थिए । डिफेन्डर पिटर सेगुनले बक्सभित्र चुनौति दिदाँ दिदै पनि प्रहार गरेको सशक्त प्रहारलाई अर्पणले रोक्न सकेनन् । २७ औं मिनेटमा ललितपुरले अर्को मौका खेलर फाल्यो । अन्जन बिष्टले निकालेको सुन्दर थ्रु बललाई गौरभ बुढाथोकीले बिकेशसँगको वान भर्सेस वान स्थितिमै बाहिर प्रहार गरेका थिए ।

बुधबार बुटवल लुम्बिनी एफसीलाई एलिमिनेटरमा पराजित गरेको ललितपुरले २४ घण्टा नबित्दै दोश्रो खेल खेलिरहेको हो ।

काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग हार व्यहोरेपछि दोश्रो क्वालिफायर खेल्नु परेको थिए । यो टिमको बिजेताले शनिबार हुने फाइनलमा धनगढीसँग खेल्नेछ ।

Continue Reading

Headline

इस्तानबुलबाट पोर्टो सर्यो च्याम्पियन्स लिग फाइनल

wesportz

Published

on

२०२०/२०२१ सिजनको च्याम्पियन्स लिग फाइनल टर्कीको इस्तानाबुलबाट पोर्चुगलको पोर्टोमा सारीएको छ । टर्कीको इस्तानाबुल स्थित एटटर्क ओलम्पिक रङशालामा हुने भनिए पनि मे ३१ सम्म पूर्ण लकडाउनमा रहे पछि फाइनल पोर्टो स्थित एस्टेडीओ डि डार्गोमा सारीएको हो ।

च्याम्पियन्स लिग २०२०/२०२१ को फाइनलका लागि युईएफले दुवै चेल्सी र म्यानचेस्टर सिटीका चार-चार हजार समर्थकलाई मैदानमा प्रवेश दिने जनाएको छ । पोर्चुगलका समर्थकहरुलाई पनि मैदानमा प्रवेश दिने युएफाले बताएको छ ।
इङ्ल्याण्ड एफएले पनि फाइनल वेम्बली अथवा भिल्ला पार्कमा गराउन सम्भव भएको बताए पनि पोर्चुगल सुरक्षित रहेका कारण युएफाले फाइनल पोर्टोमा सारेको हो ।

मे २९ मा हुने फाइनलका लागि तयारी थाल्न युईएफाले पोर्चुगललाई जानकारी गरिसकेको छ । चेल्सी र म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा खेल्न लागेका हुन् । २०१९ पछि फेरी दुई इङ्लिश टोलीहरु फाइनलमा भिड्दै छन् ।

Continue Reading

Headline

२४ घण्टा पनि नबित्दै काठमाडौँ विरुद्ध क्वालिफायर्स खेल्दै ललितपुर

wesportz

Published

on

नेपाल सुपर लिग अन्तर्गत बिहीबार हुने दोस्रो क्वालिफायर्समा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स खेल्दै छन् । ललितपुरले वुधबार मात्रै बुटवल लुम्बिनीलाई १-० ले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान पक्का गरेको थियो ।

ललितपुर सिटीले आफ्नो अघिल्लो खेल खेलेको २४ घण्टा पनि नबित्दै काठमाडौँ रेजर्सको सामना गर्न लागेको हो । काठमाडौँ भने पहिलो प्लेअफमा धनगढी एफसीसँग २-१ ले पराजित हुँदै दोस्रो क्वालिफायर्समा झरेको थियो ।

२४ घण्टा पनि नबित्दै महत्वपूर्ण खेलमा खेलाडी उतार्दा गार्हो हुने ललितपुरका प्रशिक्षक राजु तमाङले बताएका थिए । “हाम्रो बेन्चका खेलाडीहरु पनि राम्रै छन तर लगतारको खेलले केही असार पारे पनि हाम्रो खेलाडीहरुमा आयो लाखे ! जाग्यो लाखे ! भन्ने भावना जागिसकेको छ त्यही भएर पनि खेलाडीहरुले राम्रो खेल्ने आशा लिएको छु,” तमाङले भने ।

यो खेलमा अन्जन बिष्टको खेल हेर्न लायक हुने छ । पछिल्लो दुई खेलमा तीन गोल दुई एसिस्ट दिसकेका अन्जनले यो खेलमा पनि आफ्नो जादु देखाउने हो भने ललितपुरले फाइनलको टिकट पक्का गर्ने छ ।

काठमाडौँका लागि सन्जोक राई घाइते हुनुका कारण पनि केही बेफाईदा अवस्य हुने छ । काठमाडौँका लागि लेफ्ट विङर मेसुके र फर्वार्ड स्टेफेन समिरको खेलले नतिजामा असार ल्याउन सक्ने छ ।

खेल नेपाली समय अनुसार ५:३० बजे सुरु हुने छ ।

Continue Reading
Headline39 mins ago

मेसुकेको उत्कृष्ट प्रदर्शनपछि ललितपुरबिरुद्ध काठमाडौंलाई दुई गोलको अग्रता

Headline5 hours ago

इस्तानबुलबाट पोर्टो सर्यो च्याम्पियन्स लिग फाइनल

Headline6 hours ago

२४ घण्टा पनि नबित्दै काठमाडौँ विरुद्ध क्वालिफायर्स खेल्दै ललितपुर

Headline7 hours ago

युरोपियन राउण्डअप: एट्लेटिकोलाई चार अंकको अग्रता, चेल्सी पराजित, पिएसजी फाइनलमा

Headline9 hours ago

श्रीलंका लंका प्रिमियर लिगको दोश्रो संस्करण आयोजना गर्दै

Headline24 hours ago

अन्जनको डाइभिङ्ग हेडरसँगै ललितपुरले पायो फाइनलको लागि दोश्रो मौका

Headline1 day ago

नेपाल सुपर लिग एलिमिनेटरः बुटवल लुम्बिनी लगातार मौकामा चुक्दै

अन्तर्राष्ट्रिय1 day ago

बंगलादेशसँगको एकदिवसीय शृंखलाका लागि पारेरा कप्तान नियुक्त, चन्दिमल र म्याथ्युस टोलीमा अटाएनन्

Headline1 day ago

ललितपुर सिटी र बुटवल लुम्बिनी एलिमिनेटरमा खेल्दै

Headline1 day ago

लेभान्टेसँगको बराबरी पछि उपाधि होडमा बार्सिलोनालाई गार्हो

Headline5 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline8 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline1 year ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline8 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline8 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline12 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline2 weeks ago

किरणले नियन्त्रण गुमाए, पेनाल्टी दिए, पेनाल्टी बचाए

Headline7 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline7 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline11 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Trending

error: Content is protected !!