Headline

द्रविडको एउटा इमेलले मेरो खेल परिवर्तन गर्यो : पिटरसन

Published

on

इङ्ग्ल्यान्ड पुर्व कप्तान केभिन पिटरसनले कसरी भारतका पुर्व कप्तान राहुले द्रविडको एउटा इमेलले आफ्नो खेलमा परिवर्तन गर्यो भन्ने विषयमा खुलासा गरेका छन् ।

दुबै खेलाडीले सन् २००९ र २०१० को संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सँगै रोयल च्यालेन्जर्सका लागि खेलेका थिए । सोहि समयमा दुवैको मित्रता घनिष्ट भएको थियो ।

सन् २०१० मा नै इङ्ग्ल्यान्डले बंगलादेशको भ्रमण गरेको थियो । उक्त भ्रमणको टेस्ट शृङ्खलामा पिटरसनको प्रदर्शन निराशाजनक रहेको थियो । बंगलादेशका स्पिनरहरु शकिब अल हसन र अब्दुल रज्जाक बिरुद्ध उनी निरिह बनेका थिए ।

त्यस शृङ्खला पछि द्रविडले पिटरसनलाई एउटा इमेल लेखे । जुन इमेलमा लेखिएको कुरालाई उनले राम्रोसँग पछ्याउन थाले र फल स्वरुप पिटरसनको प्रदर्सनमा निखारता आउन थाल्यो ।

‘द्रविडले मेरो लागि निकै नै राम्रो इमेल लेखेका थिए । उनले उक्त इमेलमा स्पिन के कसरि खेल्ने भन्ने विषयमा बर्णन गरेका थिए । त्यस पछि मेरो खेलमा नै परिवर्तन भयो । द्रविडले स्पिनर ,’ पिटरसनले भने ।

पिटरसनले यस विषयमा सन् २०१७ मा निकालिएको आफ्नो आत्मकथा ‘केपी : द अटोबायोग्राफी’ मा पनि उल्लेख गरेका छन् । उक्त किताबमा पिटरसनले द्रविडले दिएको सल्लाह यसरी वर्णन गरेका छन् — ‘सबैभन्दा उत्तम अभ्यास भनेको ग्रेम स्वान र मोन्टी पनेसरको बलमा प्याड नलाई खेल्ने हो । जब तिमिसँग प्याड हुँदैन त्यस बेलामा तिमि बललाई ध्यान दिएर हेर्छौ किन भने बलले खुट्टामा लाग्यो भने नराम्रो दुख्छ । प्याड नलाई अभ्यास गर्दा खुट्टा भन्दा तिम्रो ब्याट पहिले अगाडी सर्छ ।’

Click to comment

Trending