अन्तर्राष्ट्रिय

कप्तान मोर्गनको शतकमा इङ्ग्ल्यान्डले आयरल्याण्डलाई दियो ३२९ रनको विशाल लक्ष्य 

Published

on

तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा कप्तान इयोन मोर्गनले शतक प्रहार गरे पछि इङ्ग्ल्यान्डले आयरल्याण्डलाई तीन सय २९ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४९ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर तीन सय २८ रनको विशाल योगफल तयार पार्यो । 

ओपनरद्वय जेसन रोय र जोनी बैरस्टोव तथा जेम्स भिन्सलाई सस्तैमा गुमाएर खराब सुरुवात गरेको इङ्ग्ल्यान्डको पारी सम्हाल्ने क्रममा कप्तान मोर्गनले सर्वाधिक एक सय छ रन प्रहार गरे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ८४ बलको सामना गर्दै १५ चौका र चार छक्का प्रहार गरे । एकदिवसीयमा मोर्गनको यो १४ औं शतक हो ।

४४ रनको अवस्थामा तीन विकेट गुमाएको इङ्ग्ल्यान्डको लागि मोर्गनले पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका टम बान्टनसँग मिलेर चौथो विकेटका लागि एक सय ४६ रनको साझेदारी गरे । ५१ बलको सामना गरेका बान्टनले पनि ५८ रनको पारी खेले ।

त्यस्तै आठौँ नम्बरमा ब्याटिङ गर्न आएका डेभिड विलीले पनि तुफानी पारी खेल्ने क्रममा ४२ बलको सामना गर्दै समान ३-३ चौका र छक्काको मद्दतमा ५१ रन बनाएर आउट भए । त्यस्तै नवौँ नम्बरमा ब्याटिङ गरेका टम कुर्रानले पनि अविजित रहँदै ३८ रनको योगदान दिए ।   

आयरल्याण्डका क्रेग योङ्गले सर्वाधिक तीन तथा जोस लिटल र कर्टिस क्यामफरले समान २-२ विकेट हात पारे ।  

तीन खेलको शृङ्खलामा इङ्ग्ल्यान्ड २-० ले अघि रहेको छ । इङ्ग्ल्यान्डले पहिलो एकदिवसीय खेलमा छ विकेट तथा दोश्रो खेलमा चार विकेटको जित दर्ता गराएको थियो ।             

Click to comment

Trending