Headline

मेरो ब्याटबाट रन नबनिरहेकोमा म सिरियस छुः रोहित कुमार पौडेल

Published

on

लकडाउन समाप्त भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण क्याम्प राख्ने तयारी शुरु गरेको छ । राष्ट्रिय टोलीमा पछिल्लो केही समय देखि नियमित सदस्य रहदै आएका रोहित कुमार पौडेल पनि काठमाडौं आइपुगेका छन् । अण्डर १९ क्रिकेट टोलीको कप्तान समेत रहेका रोहित अहिले नियमित रुपमा टियु क्रिकेट मैदानमा अभ्यास गर्दै आइरहेका छन् ।

अभ्यासकै क्रममा हामीले रोहितसँग लिएको अन्तर्वार्ताको यो सम्पादित अंशः

लकडाउनको समय कसरि बित्यो ?

घरमा नै थिए । घरमा नै बसेर बित्यो अधिकांश समय । घरमा नेट्स पनि राखेको छु । केही समय नेट्समा पनि बिताउने गरेको थिए ।

क्रिकेट नहुदा समय कसरि बित्ने रहेछ ?

शुरुको १५–२० दिन देखि एक महिना सम्म घरमा बस्न पाउँदा रमाइलो नै भयो । धेरै समय भएको थियो घरमा राम्रोसँग बस्न नपाएको । शुरुमा रमाइलो भयो तर एक महिना पछि चाही समय बिताउन पनि गा¥हो हुन थाल्यो । साँझको समयमा प्राय नेट्समा नै हुन्थे ।

लकडाउनको समयमा शारीरिक र मानसिक रुपमा कत्तिको असर गर्यो जस्तो लाग्छ ?

शारीरिक रुपमा खासै असर गरेन । मेरो घर नजिकै मैदान छ । त्यहाँ गएर शारिरिक अभ्यास गर्ने गरेको थिए । मानसिक रुपमा भन्दा सायद मलाई केही विश्राम पनि चाहिएको थियो । यो लकडाउनले गरेर केहि भए पनि समय पाए ।

करिब चार महिना भन्दा बढी भैसक्यो, क्रिकेटको गतिविधि नै ठप्प भएको । अब के होस जस्तो लाग्छ ?

अबको दिनमा धेरै भन्दा धेरै खेलहरू खेल्न पाए राम्रो हुन्छ । शायद हामी कोही पनि अभ्यास नगरी बसेको छैनौ । हामीले धेरै समय शारिरिक अभ्यासमा र केही समय खेलकै अभ्यासमा समय बितायौ । अब चाहिएको म्याच एक्सपोजर नै हो । चाहे त्यो दुई या दिन दिवसीय होस् या ट्वान्टी ट्वान्टी अथवा एकदिवसीय ।

लामो समय पछिको अन्तरालमा क्रिकेटमा फर्कदा आफ्नो लय समात्न कत्तिको गार्हो हुन्छ ?

शुरुको समय, आधि एक घण्टा पक्कै गा¥हो नै हुन्छ । आफ्नो टच भेट्नका लागि केही समय पक्कै लाग्छ । तर लय समातेपछि खासै गा¥हो हुँदैन । तर खेलको लागि केही समय लाग्छ नै ।

सधैं क्रिकेट बाहेक अरु केहि पनि नसोच्ने व्यक्ति अचानक क्रिकेटबाट टाढा हुँदा दिमागमा के कुरा खेल्ने रहेछ ?

पछिल्लो समय काठमाडौँ आएपछि प्राय क्रिकेटमा नै दिन बित्छ । सधै किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आएर अभ्यास गर्ने गरेको छु । घरमा हुँदा फिल्म हेर्ने, भिडियोहरू हेर्ने र प्रशिक्षक तथा टोलीसँग भिडियो कन्फ्रेन्समा नै समय बिताउने गरेको थिए ।

यो लकडाउनको समयमा आफ्नो खेलको विषयमा कत्तिको मुल्यांकन गर्ने मौका जुर्यो ?

पक्कै पनि यो समय राम्रै सदुपयोग गर्ने मौका पाए । मैले यस विषयमा प्रशिक्षकसँग पनि मेरो खेलको बारेमा चर्चा गरे । आफूले खेलेका खेलहरूमा के कस्तो गल्ति भयो, के गर्दा वा के गरेको भए ठिक हुन्थ्यो त्यस बारेमा नियालेर बसे । त्यस्तै आफ्नो तथ्याङ्कहरू पनि केलाउने मौका पाए । यो सबै नोट बनाएर राखेको छु ।

लामो अन्तराल पछि अभ्यासमा फर्कदा कस्तो महसुस भयो ?

खुशी लागेको छ । अभ्यास नहुँदा कहिले नेट्समा गएर ब्याटिङ गर्न पाइएला, बलरले यस्तो बलिङ गरे यस्तो खेल्छु भन्ने दिमागमा आउथ्यो ।

बिश्वकप लिग टु र नेपालले खेल्ने अन्य खेलमा आफ्नो व्यक्तिगत प्रदर्शनको बारे कसरी सोचिरहनु भएको छ ?

हामीले खेल्ने ३६ खेल मध्य अझै ३२ बाँकी छ । हाम्रो टोलीको मुख्य लक्ष्य भनेको टप टु मा पर्ने हो । यसका लागि मैले मेरो ब्याटिङबाट के कस्तो योगदान दिन सक्छु अथवा मेरो भूमिका के हुनसक्छ यस बारेमा धेरै सोचेर बसे ।

पछिल्लो समय आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सक्नु भएको छैन । के कुरा मिलिरहेको छैन ?

पछिल्लो ५–६ महिनाको खेललाई हेर्ने हो भने मैले सोचे अनुसार प्रदर्शन गर्न सकेको छैन । मेरो ब्याटबाट खासै रन पनि बन्न सकेको छैन । यसका बारेमा पनि मैले मेरो प्रशिक्षकसँग कुरा र सल्लाह गर्ने गरेको छु । मैले यस विषयलाई लिएर आफैलाई प्रेसर दिएको छैन तर पनि अझै राम्रो गर्नका लागि के गर्नु पर्छ यसका बारे सोच्ने गरेको छु । आफ्नो अभ्यासलाई अझै धेरै उपयोगी बनाउने बारेमा पनि सोचेको छु ।

अण्डर–१९ का कप्तान भएका कारण पनि आफ्नो टोलीसँग कत्तिको सम्पर्कमा हुनुहुन्छ ?

सबैसँग सम्पर्कमा नै थिए । हाम्रो अण्डर–१९ का प्रशिक्षक बिनोद दाई (बिनोद दास) ले च्याटमा एउटा ग्रुप बनाउनु भएको छ र त्यसमा सबै अण्डर–१९ टोलीका खेलाडीहरु थियौं । समय समयमा भिडियो कन्फ्रेन्स पनि हुने गर्दथ्यो ।

 

 हेर्नुहोस् रोहितको पुरा भिडियो अन्तरवार्ता

Click to comment

Trending