अन्तर्राष्ट्रिय

वर्ल्डकप सुपर लिगको पहिलो शृंखला इंग्ल्यान्डलाई, आयरल्यान्ड चार विकेटले पराजित

Published

on

सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट रहेको वर्ल्डकप सुपर लिग अन्तर्गतको पहिलो एकदिवसीय शृङ्खला माथि इङ्ग्ल्यान्डले कब्जा जमाएको छ ।

पहिलो खेलका आयरल्याण्डलाई छ विकेटले पराजित गरेको इङ्ग्ल्यान्डले आजको खेलमा चार विकेटको जित दर्ता गराउँदै तीन खेलको शृङ्खला २-० ले अघि रहेको हो । अगस्ट चार तारिकमा हुने तेश्रो खेलमा पराजित भए पनि घरेलु टोली इङ्ग्ल्यान्डले शृङ्खला आफ्नो पक्षमा पार्नेछ ।

खराब सुरुवात गरेको इङ्ग्ल्यान्डले ओपनर तथा विकेट किपर ब्याट्सम्यान जोनी बेरिस्टोको तुफानी अर्धशतकमा दुई सय १३ रनको लक्ष्य ३२ दशमलब तीन ओभर खेल्दै छ विकेटको नोक्सानीमा पार गर्यो ।

२१ बलमा अर्धशतक प्रहार गरेका उनले ४१ बलको सामना गर्दै १४ चौका र दुई छक्काको मद्दतमा ८२ रनको आक्रामक पारी खेले । उनले २१ बलमा अर्धशतक प्रहार गर्दै इङ्ग्ल्यान्डको लागि एकदिवसीय खेलमा तीब्र अर्धशतक बनाउने इयोन मोर्गनको किर्तिमानको बराबरी पनि गरे ।

त्यस्तै बेरिस्टो बाहेक साम बिलिङ्सले पनि अविजित रहँदै ४६ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् ।

यस अघि सुरुवाती ब्याट्सम्यानहरू सस्तैमा आउट भए पनि कर्टिस क्याम्फ़रको अर्धशतकको मद्दतमा आयरल्याण्डले पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा दुई सय १२ रन बनाउन सक्यो ।

९१ रनको अवस्थामा छ विकेट गुमाएको आयरल्याण्डको लागि आठौँ नम्बरमा ब्याटिङ गर्न आएका कर्टिस क्याम्फ़रले सर्वाधिक ६८ रन बनाए । क्याम्फ़रको दोश्रो एकदिवसीय खेलमा दोश्रो शतक हो ।अघिल्लो खेलमा एकदिवसीयमा डेब्यु गरेका क्याम्फ़रले अविजित रहँदै ५९ रन प्रहार गरेका थिए । आजको खेलमा शकिब महमुदको बलमा आउट हुनु अघि उनले ८७ बलको सामना गर्दै आठ चौका प्रहार गरे ।

उनी बाहेक ओपनर पौल स्टिर्लिंङले १२, कप्तान एन्डी बल्बिर्निले १५, हेरी टेक्टरले २८, विकेट किपर लोर्कय्न टकरले २१, आठौँ नम्बरमा ब्याटिङ गर्न आएका सिमी सिंहले २५ तथा १० औं नम्बरमा ब्याटिङ गर्न आएका एन्डी म्याकब्रेनले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

इङ्ग्ल्यान्डको तर्फबाट आदिल रशिदले सर्वाधिक तीन विकेट लिए भने डेभिड विली र शकिब महमुदले पनि समान २-२ विकेट हात पारे ।

Click to comment

Trending