Headline

जोगियो आर्सनलको नाक, आर्टेटालाई औबाबाट ठूलो आशा

Published

on

२५ बर्षमा पहिलो पटक युरोपियन फुटबलमा उपस्थिति गुमाउने खतरामा रहेको आर्सनलले शनिबार चेल्सीलाई एफए कपको फाइनलमा २–१ ले पराजित गर्दै इज्जत बचाएको छ ।

च्याम्पियन्स लिगमा छनोट हुने दौडबाट बाहिरिसक्दा आर्सनल इङ्गलिस प्रिमियर लिगमा आठौं स्थानमा सिमित हुदा उसले युरोपा लिग पनि गुमाउने देखिएको थियो ।प्रिमियर लिगबाट युरोपा लिगबाट पुग्नका लागि पाचौं र छैटौं स्थान आवश्यक रहन्छ । तर आर्सनल दशकौं पछिको सबैभन्दा खराब स्थितिमा रहदा युरोपा गुमाउने खतरामा रहेको थियो ।

उसको लागि एक मात्र आशा एफए कपको उपाधि थियो र वेम्ब्लीमा भएको खेलमा उ सफल भयो । कप्तान पिएरे–एमेरिक औबामेयाङले दुई गोल गरेपछि आर्सनलले उपाधि चुम्यो र युरोपामा छनोट भयो । लिग सिजन खराब गएपनि आर्सनलले एफए कप जित्दै आफ्नो मात्र नभएर समर्थकहरुलाई पनि ठूलो राहत दिएको छ ।
अब आर्सनल समर्थकहरुले कम से कम हामी युरोपा लिग खेल्दैछौं भन्न त पाउनेछन् ।

फाइनलमा त्रिष्चियन पुलिसिचले पाचौं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए तर औबामेयाङले २८ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै आर्सनललाई खेलमा फर्काए । ६७ औं मिनेटमा उनले दोश्रो गोल गरेपछि चेल्सीको ट्रफि जित्ने आशा समाप्त भएको थियो ।

अब दवाब चेल्सी र उसका समर्थकहरुलाई नै छ ।

यो सिजन उत्कृष्ट खेल खेलेका पुलिसिच घाइते हुदा चेल्सीलाई नराम्रो झट्का लागेको छ

चेल्सी यो सिजन ट्रफि बिहिन हुने संघारमा छ र यसको कारण हो च्याम्पियन्स लिगमा उसको स्थिति । प्रि क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सी स्ट्यामफोर्ड ब्रिजमै ३–० ले हारेको थियो र उत्कृष्ट लयमा रहेको बायर्न बिरुद्ध अलायन्ज अरिनामा नतिजा उल्टाउन च्याम्पियन्स लिग इतिहासकै उत्कृष्ट कमब्याक खेल पस्किनु पर्नेछ ।

आर्सनलको जितले व्यवस्थापक मिकेल आर्टेटाले भने लामो सास फेरेका छन् । उनाई एमेरी व्यवस्थापक रहदा खासै केही गर्न नसकेको आर्सनललाई उसकै पुराना खेलाडी आर्टेटाले बचाउने अपेक्षा गरिएको थियो । लिगमा आर्टेटाले कुनै काया पलट गर्न नसकेपछि एफए कपको उपाधि जित्दै सम्मान फिर्ता ल्याएका छन् ।

आर्टेटालाई दवाब भने औबामेयाङलाई आर्सनलमै राख्नका लागि हुनेछ । बोरुसिया डर्टमण्डबाट साढे दुई बर्ष अघि आर्सनल आएका औबामेयाङले क्लबका लागि पहिलो ट्रफि जितेका त छन् तर अर्को सिजन च्याम्पियन्स लिग नै नहुने भएकाले उनी एमिरेट्स मै रहनेमा शंका भने रहेको छ ।

आर्सनलसँगको सम्झौता मात्र एक बर्ष बाकी रहेकाले औबामेयाङ यो समर अन्यका लागि अन्य क्लबहरुसँग नाम जोडिएको छ । “औबालाई अझै अनुभव र उपाधिहरु आवश्यक छ । हामी उनलाई यसमा बानी लगाउन सक्छौं,” औबामेयाङले ट्रफि उचाल्दा भुइमा झारेको तर्फ इंगित गर्दै आर्टेटाले ठट्टा गरे ।

“म उनको बारेमा के सोच्छु उनलाई राम्ररी थाहा छ । म उनको वरिपरि एउटा राम्रो टिम बनाउन चाहन्छु । उनी बस्न चाहन्छन् र हामीले सम्झौता निश्चित गरिदिने कुरामात्र बाकी रहेको छ । यस्तो क्षणहरुले हामी सहि बाटो जादैछौं भन्ने कुरालाई उनले बुझ्नेछन्,” व्यवस्थापक आर्टेटाले भने ।

Click to comment

Trending