Headline

म्याच फिक्सिङ्ग काण्डमा फसेका बिश्वका पाँच ठूला टोली

Published

on

युरोपियन फुटबलमा म्याच फिक्सिङको कथा कमै सुन्न पाईन्छ । संसारकै उत्कृष्ट टोलीहरुले आफ्नो नाम ईतिहासमा लेखाएका छन्, खेलले होस वा खेलाडीको व्यक्तिगत प्रदर्शनले । युरोपियन फुटबलको स्तर अरु कुनै महादेशसँग दाज्न मिल्दैन । यसको प्रमुख कारण बिशाल बजार पनि हो ।

तर युरोपका नाम चलेका क्लबहरुले म्याच फिक्सिङ गरेका छन् भनेर सुन्दा निकै अचम्म नै लाग्न सक्छ । खेलकुदमा लागेको कालो दाग म्याच फिक्सिङ्गले सबैभन्दा ठूलो प्रभाव फुटबलमा नै पारेको छ । जब यसमा युरोपको नाम मुछिन्छ, यो अझै भयावह सुनिन्छ ।

१) युभेन्टस (२००५–२००६)

२००६ मा सारा इटाली विश्वकपको खुशी साटिरहेको थियो तर एउटा भयानक समाचारले सबै फुटबल समर्थक स्तब्ध भए । इटालीको ठूलो मध्येको एक क्बल युभेन्टस म्याच फिक्सिङ्ग काण्डमा मुछियो । एसी मिलान, फियोरेन्टिना र लाजियो पनि म्याच फिक्सिङमा मुछिन पुगे तर यसको केन्द्रमा थियो युभेन्टस । आलेसान्द्रो डेल पिएरो, जियानलुइगी, बुफोन र फाबियो क्यनाभारो जस्ता दिग्गज खेलाडी रहेको युभेन्टसले म्याच फिक्सिङ गर्लान भनेर कसैले सोचेकै थिएनन् ।

यस फिक्सिङको मुद्दामा खेलाडी भन्दा पनि युभेन्टसका मालिक लुसियानो मोजीको नाम धेरै आएको थियो । उनले रेफ्रीलाई थर्काउने, घुस खुवाउने र ब्ल्याकमेलिङ गर्ने गरेको आरोप लगाइएको थियो ।

इटालियन फुटबलको सर्वोच्च निकायले युभेन्टसलाई रेलिगेट गर्दै सिरी बि मा झार्नुका साथ–साथै ३० अंक पनि घटाएको थियो भने उसको २००५ र २००६ को सिरी आ उपाधि पनि खोसिएको थियो । फुटबल संघले युभेन्टसलाई ९०,००० डलरको जरिवना पनि लगाएको थियो । यती मात्र नभएर युभेन्टसले ८० को दशकमा इटालीमा ठूलो बाजी र पैसाको कालो धन्दा गरेको पनि पाइएको थियो ।

२) ओलम्पिक मार्से (१९९३)

१९९३ युरोपियन फुटबलको लागि निकै महत्वपूर्ण बर्ष थियो । पहिलो च्याम्पियन्स लिग फाइनल भएको यो बर्षको उपाधि ओलम्पिक मार्सेले जितेको थियो । च्याम्पियन्स लिगको उपाधि जित्दै मार्से पहिलो फ्रेन्च टोली बन्न सफल पनि भयो तर मार्सेको म्याच फिक्सिङ काण्डको भण्डाफोर हुदा पुरा फ्रान्सलाई नै धक्का पुग्यो ।

मार्सेका अध्यक्ष बर्नार्ड ट्यापीले नै फ्रेन्च लिगमा म्याच फिक्सिङ्ग गरेको पत्ता लागेको थियो । ट्यापीले आफ्नो राम्रो खेलाडीहरुलाई च्याम्पियन्स लिगको फाइनलका लागि फ्रेन्च लिगमा हुने पहिलेका खेलहरुमा रेफ्रीलाई घुस खुवाएको खुल्न आएको थियो । मार्सेको १९९३ को फ्रेन्च लिगको उपाधी खोसिनुका साथै दोस्रो डिभिजनमा झारिएको थियो ।

३) एफसी पोर्टो (२००३–२००४)

२००७ मा निक्लिएको एउटा किताब मी क्यरोलाइना एफसी पोर्टोका अध्यक्ष होर्जे नुने डकोस्टाका साथीले लेखेका थिए । त्यस किताबमा डकोस्टालाई रेफ्रीलाई घुसको रुपमा यौन व्यवसायीहरु दिने गरेको आरोप लागेको थियो । यही किताबलाई आधार मान्दै पोर्चुगिज फुटबल संघले द गोल्डेन ह्विसल नामले चलाइएको अपरेशनमा डकोस्टामाथि छानबिन गरिएको थियो । एक रेफ्रीले पनि कैयौ बर्ष पछी यो कुरा स्वीकारेका थिए । उनले यो व्यवसायीहरुका लागि कोड वर्ड पनि भएको र त्यसको नाम फ्रुट टु स्लिप विथ रहेको बताएका थिए । पोर्टोलाई यो फिक्सिङ काण्डका लागि मात्रै ६ अंकको जरिवाना गरिएको थियो ।

४) म्यानचेस्टर युनाइटेड र लिभरपुल

धेरैलाई अचम्म लाग्न सक्छ कि यस्तो डर्बी पनि फिक्स भएको होला भनेर । तर १९१५ मा युनाइटेडले लिभरपुललाई २–० ले हराएको खेलमा लिभरपुलले पेनाल्टी प्रहार गर्न चुकेपछि रेफ्रीलाई केही गडबड लागेको थियो । दुवै क्लब माथि ठूलै बाजी रखिएको थाहा पाएपछि इङ्गलिस फुटबल एशोसिएसनले छानबिन शुरु गरेको थियो । युनाइटेडले खेल २–० ले जित्नु पर्ने र दुबै टोलीका खेलाडीले पैसा पाउने भएकाले यो खेल फिक्स भएको एफएले बाताएको थियो । संलग्न खेलाडीहरु युद्दमा जानु पर्ने भएकाले पैसा कमाउन म्याच फिक्स गरेको बताएका थिए ।

५) अर्जेन्टिना (१९७८ बिश्वकप)

यो कथाको अन्तिम टोली कुनै क्लब नभई विश्वकप टोली हो, र त्यो पनि अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो मध्येको एक अर्जेन्टिना । आर्जेन्टिनाले विश्वकपको एउटा खेलनै फिक्स गरेको थियो । १९७८ को विश्वकप अर्जेन्टिनाले जितेको थियो । त्यो समय अहिलेको जस्तो क्वार्टर–फाइनल हुदैन थियो ।

समुह चरण पार गरेपछि फेरी पहिलो र दोस्रो भएका टोलीले दोस्रो समुह चरण खेल्नु पर्ने हुन्थ्यो । अर्जेन्टिनाले दोस्रो समुह चरणमा पेरुको समाना गर्दै थियो । अर्जेन्टिना फाइनलमा पुग्न पेरुलाई ४–० गोलले हराउनु पर्ने थियो । अर्जेन्टिनाले पेरुलाई ६–० ले हराउदै नेदरल्यान्डसँग फाइनल खेलेको थियो । पछि पेरुका खेलाडीले अर्जेन्टिनाले म्याच फिक्सिंग गरेको स्वीकारेका थिए ।

Click to comment

Trending