Headline

पिएसजीलाई ६ बर्षमा चौथो पटक घरेलु ‘ट्रेबल’

Published

on

फ्रेञ्ज लिग कप फाइनलमा लायोनलाई सडेन डेथ पेनाल्टीमा हराउदै पेरिस सेन्ट जर्माइनले फ्रान्सको घरेलु फटबलमा पछिल्लो ६ बर्षमा चौथो पटक एकै सिजन तीन उपाधि जित्न सफल भएको छ ।

गत सेप्टेम्बरमा प्रतियोगिता नै अब बन्द गर्ने निर्णय गरेपछि यो सिजन अन्तिम बनेको लिग कप फाइनल गोलरहित बराबरीमा टुँगिएपछि पिएसजीले सडेन डेथ पेनाल्टीमा लायोनलाई हराएको हो । पहिलो १० वटै पेनाल्टी गोलमा परिणत भएपछि पिएसजीका गोलकिपरले सडेन डेथमा बट्र्राण्ड ट्राओरेको प्रहार रोकेका थिए भने पाब्लो साराबियाले निर्णायक गोल गरेका थिए ।

स्टाड डे फ्रान्समा भएको फाइनल करिब ५ हजार दर्शकले हेरेका थिए । कोरोना भाइरसको संक्रमण कम हुदै लकडाउन खुले यता रँगशालामा दर्शक प्रवेश दिने फ्रान्स युरोपका पाँच प्रमुख फुटबल राष्ट्रमध्ये पहिलो हो ।

अप्रिलमा लिग वान सिजन कोरोनाकै कारण रद्द गरिएयता फ्रान्समा भएको यो दोश्रो प्रतिस्पर्धात्मक फुटबल म्याच हो । लिग वानको उपाधि बिजेता घोषित भएको पिएसजीले फ्रेञ्च कप फाइनलमा नेमारको एक मात्र गोलको मद्दतमा सेन्ट एटिनेलाई १–० ले हराएको थियो ।

फ्रेन्च कप जितेको खण्डमा लायोन युरोपा लिगमा प्रवेश गर्ने थियो तर अब सन् १९९६–९६ यता उ पहिलो पटक युरोपियन प्रतियोगिता खेल्नबाट बन्चित हुनेछ । लायोनले यो सिजनको च्याम्पियन्स लिग जिते मात्र अर्को सिजन युरोपियन प्रतियोगितामा सहभागिता जनाउनेछ । र त्यो असम्भव देखिन्छ ।

च्याम्पियन्स लिगमा युभेन्टसबिरुद्ध पहिलो लेगमा १–० को जित हात पारेको लायोन शुक्रबार दोश्रो लेगका लागि टुरिन गइरहेको छ । फ्रान्सको पछिल्लो ३६ घरेलु उपाधि मध्ये २५ मा जित हात पारेको पिएसजीले भने च्याम्पियन्स लिगमा अगष्ट १२, बुधबार क्वार्टर–फाइनलमा एट्लान्टाको सामना गर्न गइरहेको छ ।

पिएसजीका लागि उसका स्टार स्ट्राइकर किलियन एमबाप्पे नहुने भएका छन् । फ्रेञ्च कप फाइनलमा एमबाप्पेको गोली गाँठोमा चोट लाग्दा उनले च्याम्पियन्स लिगको महत्वपूर्ण खेल गुमाउन लागेका हुन् । च्याम्पियन्स लिगको फाइनल, अगष्ट २३, कै दिन फ्रान्सको लिग वानको नयाँ सिजन शुरु हुनेछ ।

Click to comment

Trending