Headline

नेपाल मात्र नभएर अफगानिस्तान पनि आईसीसीको अनुदानमा निर्भर

Published

on

नेपाल क्रिकेट संघ (क्यान) मा चरम आर्थिक संकट छ । दैनिक कार्य सञ्चालनका लागि पनि क्यानलाई अहिले रकम जुटाउन हम्मे–हम्मे परिरहेको छ । कोरोना भाइरसको महामारी कायम रहेको स्थितिमा अहिले क्यान आईसिसिकै मात्र अनुदान कुरेर बसिरहेको छ ।

नेपाल अनुदानमै निर्भर रहेको पहिलो पटक भने होइन । गत अक्टोबरमा पुन निर्वाचित भएको क्यानको कार्य समिति निलम्बनमा पर्नु अघि पनि अन्तर्राष्ट्रिय अनुदानमे निर्भर रहदै आएको छ । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र भएपनि क्यानले पहिले पनि आईसिसीकै अनुदानमा कार्य सञ्चालन गर्दै आएको थियो भने केही पुर्वाधारहरुमा सरकारले मद्दत गर्दै आएको छ ।

आर्थिक संकट भने एकदिवसीय मान्यता मात्र नभएर टेस्ट राष्ट्र अफगानिस्तानलाई पनि परेको छ । अफगानिस्तान क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई एक मिलियन डलरको आर्थिक अनुदान दिन आग्रह गरेको छ ।
आर्थिक अभाब भए पछि बोर्ड संचालन गर्नका लागि पनि मुस्किल परेको भन्दै अफगानिस्तानले क्रिकेटको सर्वोच्च संस्थाको मुख ताकेको हो । यसको पुष्टी बोर्डका अन्तरिम कार्यकारी अधिकृत नाजी जार अब्दुलरहिमजाईले गरेका छन् ।

कोरोनाका कारण ट्वान्टी ट्वान्टी एसिया कप र ट्वान्टी ट्वान्टी विश्वकप रद्द भइसकेको छ । जसले गर्दा अफगानिस्तानले सहभागिता रकम प्राप्त गर्नका लागि प्रतियोगिता संचालन नहुँदा सम्म कुर्न पर्ने भएको छ । आम्दानीको श्रोत नै ठप्प भएपछि अफगानिस्तान आर्थिक रुपले बिक्षिप्त बनेको छ ।

आईसीसीले र एसियन क्रिकेट काउन्सिलले विभिन्न राष्ट्रहरुलाई दिने रकम आफ्नो आर्थिक बर्षको अन्त्यमा मात्र दिने गर्दछ र प्रतियोगिताहरु हुँदा सहभागी टोलीहरुलाई तत्कालै दिने गर्दछ ।

यस अघि आर्थिक संकट लागेसँगै बोर्डले आफ्ना खेलाडीहरुलाई दिंदै आएको सेवा सुबिधा, तलबका साथ साथै अनुबन्धमा रहेका खेलाडीको संख्या पनि घटाउने धुनमा रहेको समाचार बाहिरिएको थियो । हाल बोर्डसँग ३२ जना राष्ट्रिय टोली र ५५ जना घरेलु क्रिकेटका खेलाडीहरु अनुबन्धमा रहेका छन् ।

अफगानिस्तान क्रिकेट टोलीको मुख्य प्रायोजक एलोकोजीले पनि अघिल्लो बर्ष बोर्डको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो जसका कारण बोर्डलाई आर्थिक संकटले प्रहार गर्न सुरु गरेको हो ।

सन् २०१६ देखि २०२३ सम्मको अवधिमा अफगानिस्तानले आईसीसीको आम्दानीको हिस्सा स्वरुप ४० मिलियन अमेरिकी डलर प्राप्त गर्न पर्ने हो । यसै अवधिमा आईसीसीले भने २ दशमलब ७ बिलियन डलर आम्दानी गर्दछ । अफगानिस्तानले यसै बापत प्राप्त गर्न पर्ने रकम गएको जनावरीमा २ दशमलब ४ मिलियन डलर प्राप्त गरेको थियो ।

Click to comment

Trending