राष्ट्रिय

चेल्सी नेपाल अफिसियल सपोर्टर्स क्लबद्वारा प्रशिक्षक खड्गी सम्मानित

Published

on

प्रिमियर लिग क्लब चेल्सी फुटबल क्लबको नेपाली अधिकारिक समूह चेल्सी नेपाल- अफिसियल सपोर्टर्स क्लबद्वारा प्रशिक्षक सल्यान खड्गी  एन्फा कम्प्लेस सातदोबाटोमा भएको कार्यक्रम बीच सम्मानित  भएका छन्।

चेल्सी नेपालले खड्कीलाई चेल्सीले क्लबका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकको हस्ताक्षर गरेर पठाएको जर्सी हस्तानतरण गरेको हो। उनलाई जर्सी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिंग शेर्पाले हस्तान्तरण  गरेका हुन्।

सम्मानित भएपछि बोल्दै प्रशिक्षक खड्गीले यस प्रकारको सम्मानले युवा प्रशिक्षकहरुलाई थप उर्जा प्राप्त हुने बताए। उनले भने,’ हामी जस्तो पिछडिएको मुलुकका प्रशिक्षकहरुलाई यस प्रकारको सम्मान पाउँदा थप उत्कृष्ट गर्न उर्जा मिलेको छ’।

त्यसै गरि अखिल नेपाल फुटबल संघ(एन्फा)का अधक्ष कर्मा छिरिंग शेर्पाले विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए र नेपाली फुटबललाई मैदानमै आएर समर्थन गर्न आह्वान समेत गरे। उँहाले समर्थक समुहसंग सहकार्य गरेर फ्यान संस्कारको बिकासमा अगाडी बढ्ने प्रतिज्ञा समेत गरे।

सल्यान खाड्गीले गत साता मात्र एएफसी ए लाइसन्स कोचिङ कोर्स पुरा गरेका थिए। सल्यान खड्कीले  प्रशिक्षकको रुपमा संकटा क्लबमा रहदा क्लब २०७५ शहीद समराक ए डिभिजन लिगमा दोस्रो भएको थियो।

Click to comment

Trending