प्रिमियर लिग क्लब चेल्सी फुटबल क्लबको नेपाली अधिकारिक समूह चेल्सी नेपाल- अफिसियल सपोर्टर्स क्लबद्वारा प्रशिक्षक सल्यान खड्गी एन्फा कम्प्लेस सातदोबाटोमा भएको कार्यक्रम बीच सम्मानित भएका छन्।
चेल्सी नेपालले खड्कीलाई चेल्सीले क्लबका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकको हस्ताक्षर गरेर पठाएको जर्सी हस्तानतरण गरेको हो। उनलाई जर्सी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिंग शेर्पाले हस्तान्तरण गरेका हुन्।
सम्मानित भएपछि बोल्दै प्रशिक्षक खड्गीले यस प्रकारको सम्मानले युवा प्रशिक्षकहरुलाई थप उर्जा प्राप्त हुने बताए। उनले भने,’ हामी जस्तो पिछडिएको मुलुकका प्रशिक्षकहरुलाई यस प्रकारको सम्मान पाउँदा थप उत्कृष्ट गर्न उर्जा मिलेको छ’।
त्यसै गरि अखिल नेपाल फुटबल संघ(एन्फा)का अधक्ष कर्मा छिरिंग शेर्पाले विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए र नेपाली फुटबललाई मैदानमै आएर समर्थन गर्न आह्वान समेत गरे। उँहाले समर्थक समुहसंग सहकार्य गरेर फ्यान संस्कारको बिकासमा अगाडी बढ्ने प्रतिज्ञा समेत गरे।
सल्यान खाड्गीले गत साता मात्र एएफसी ए लाइसन्स कोचिङ कोर्स पुरा गरेका थिए। सल्यान खड्कीले प्रशिक्षकको रुपमा संकटा क्लबमा रहदा क्लब २०७५ शहीद समराक ए डिभिजन लिगमा दोस्रो भएको थियो।
कप्तान रोहित कुमार पौडेलले शतक तथा तीब्र गतिका बलर सोमपाल कामीले पाँच विकेट हात पार्दा अमेरिका भ्रमणको दोश्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले ह्युस्टनहरिकेन्स माथि ३० रनको फराकिलो जित हात पारेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहितको शतकको मद्दतमा ४९ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर २५० रन बनायो भने सोमपालले पाँच विकेट निकाल्दा ह्युस्टनले ४३ दशमलब तीन ओभर खेल्दा आफ्ना सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।
कप्तान सन्दिप लामिछानेलाई विश्राम दिँदा नेपाली टोलीको कप्तानी सम्हालेका रोहितले नेपालको तर्फबाट सर्वाधिक १०१ रन बनाए । रन आउट हुनु अघि चौथो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ९० बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतमा १०१ रन जोडे ।
रोहित बाहेक नेपालको लागि आरिफ शेखले ४१, दिपेन्द्र सिंह ऐरीले २४, देव खनालले १९, सुनिल धमलाले १३, करण केसीले १२ रन बनाए भने अन्य बलरहरुले दोहोरो अंकमा रन निकाल्न सकेनन् । कुशल भुर्तेल एक, बिनोद भण्डारी चार, सुशन भारी पाँच तथा सागर ढकाल दुई रन जोड्दै पेभेलियन फर्किए भने किशोर महतो आठ रनमा अविजित रहे ।
ह्युस्टनका मोहम्मद इलियासले १० ओभरमा ६४ रन दिएर सर्वाधिक पाँच विकेट लिए भने हर्मित सिंहले दुई तथा हसन रसिदले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।
ह्युस्टनको लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका निनाद निम्बालकरले ८१ बल खेल्दै १२ चौका र दुई छक्का सहित आक्रामक ९९ रन बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । त्यस बाहेक रामिज राजाले २९, गौरव बजाजले १५, उस्मान रफिकले १२ तथा नितिश कुमारले १० रनको पारी खेले ।
निम्बालकरलाई ९९ रनमा नै रोक्दै नेपाललाई जित दिलाउन उल्लेख्य भूमिका खेलेका सोमपाल कामीले आठ दशमलब तीन ओभरमा ३८ रन दिएर सर्वाधिक पाँच विकेट हात पारे । त्यस बाहेक किशोर महतो र सागर ढकालले समान २-२ तथा करण केसीले एक विकेट हात पारे ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष तथा महिला खेलाडीको तलब बढाएको छ । क्यानको हिजो बसेको बोर्ड बैठकले महिला र पुरुष दुबै टोलीको तलब बढाउने निर्णय लिएको हो ।
क्यानले पुरुष खेलाडीहरुको ग्रेड ए, बी र सी सबैको समान १०-१० हजार तथा महिला खेलाडीको हकमा ग्रेड सीको पाँच हजार तथा ग्रेड बी र ए को समान ६-६ हजार बृद्दी गरेको हो ।
यस अघि ग्रेड ए, बी र सी का पुरुष खेलाडीहरुले क्रमश ५० हजार, ४० हजार र ३० हजार बुझ्दै आएकोमा अब क्रमश ६०, ५० र ४० हजार प्राप्त गर्नेछन् । ग्रेड ए का खेलाडीहरुमा कप्तान सन्दिप लामिछाने, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीले अब ६० हजार बुझ्ने छन् ।
त्यस्तै ग्रेड बी मा रहेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख, शरद भेषावाकर, आरिफ शेख, अविनाश बोहरा र बिनोद भण्डारीले ५० हजार तथा ग्रेड सी का कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोब, शाहब आलम, सुशन भारी र पवन सर्राफले ४० हजार तलब थाप्ने छन् ।
महिला खेलाडीको हकमा ग्रेड ए का खेलाडीले पहिले `१५ हजार पाउने गर्दथे भने अब २१ हजार, ग्रेड बी काले १२ बाट १८ तथा ग्रेड सी काले १० हजारबाट १५ हजार तलब हात पार्ने छन् ।
महिला खेलाडीहरुमा कप्तान रुविना क्षेत्री, उपकप्तान इन्दु वर्मा, सिता राना मगर, काजल श्रेष्ठ र करुणा भण्डारी ग्रेड ए मा, सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे ग्रेड बी तथा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल ग्रेड सी मा रहेका छन् ।
त्यस बाहेक क्यानले सबै ग्राउन्ड स्टाफहरूको तलब पनि बढाउने निर्णय लिएको छ ।क्यानले मैदानमा कार्यरत सबै कर्मचारीको तलब मासिक तीन हजारले बढाउँदा मैदान कार्यालय सहयोगीको मासिक पाँच तथा पिच क्युरेटरको मासिक ६ हजारका दरले बृद्दी गर्ने निर्णय गरेको हो ।
आईसीसी वर्ल्ड कप लिग टु अन्तर्गत अमेरिकामा आयोजना हुने त्रिकोणात्मक शृंखला खेल्न जान लागेको नेपाली टोलीलाई नेपाल स्थित अमेरिकी राजदूतावास र नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ ।
नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुरा भएको अवसरमा नेपाल अमेरिका जान लागेको अवसरमा क्यान र दुतावासले खेलाडीहरुलाईबिदाई गरेको हो । कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्द र दुतावासका प्रेस तथा सांस्कृतिक शाखाका प्रमुख ग्यारेट ई. विल्करसनले नेपाली टोलीलाई शुभकामना दिए ।
अमेरिकामा आयोजना हुने त्रिकोणात्मक शृंखलामा नेपालले घरेलु टोली र ओमानको सामना गर्नेछ । विश्वकप लिग टु का खेलहरु जुन आठ तारिकबाट सुरु हुनेछ । नेपाल उक्त शृंखलाका लागि यसै महिनाको अन्तिममा अमेरिकाका लागि उड्ने छ ।
नेपाली टोलीले जुन २ र जुन ४ गरेर दुईवटा अभ्यास खेल खेल्ने छ । नेपालले आफ्नो पहिलो खेलमा नेपाली अल स्टार्सबको तथा दोश्रो खेलमा नेपालले हुस्टनहरिकेन्सको सामना गर्नेछ ।