अन्तर्राष्ट्रिय

दयनीय तथ्यांक भएका महान फुटबलरहरु

Published

on

खेलकुदको एउटा निर्दयी स्वभाव छ, महान बन्ने हो भने तथ्यांकको पहाड नै बनाउनु पर्ने । तर असली समर्थकहरुको लागि भने तथ्यांक नै हुनु पर्छ भन्ने छैन । महानता खेलाडीले पारेको प्रभाव र टिमले हात पारेको उपलब्धिले पनि स्पष्ट हुने गर्छ ।

अन्तर्राष्ट्रिय फुटबलमा पनि यस्ता महान फुटबलरहरु छन् जसले तथ्यांकको भारी त बनाएका छैनन् तर टिमको ठूला उपलब्धिहरुमा बिशेष प्रभाव पारेका छन् । न यी खेलाडीहरुले मेस्सी र रोनाल्डो जति गोल गरेका छन् न त धेरै असिस्ट । यी खेलाडीहरुको तथ्यांक हेर्दा लाग्छ उनीहरुले कसरी बालोन डि’ओर देखी बिश्वकपसम्मको उत्कृष्ट खेलाडी भएर देखाए ।

१) आन्द्रेस इनिएस्ता
बार्सिलोनाका यी स्टार खेलाडीले क्याटलन क्लबमा खेल्दा आफ्नो १६ बर्षको खेल जीवनमा मात्र ३५ गोल गरेका थिए । उनले गरेको गोल भने टोलीको लागि बोनस नै हो । इनिएस्ता टिमको इन्जिन भएर बार्सिलोनाको खेललाई नियन्त्रण गर्ने गर्थे । उनले गरेका गोलहरु भने निकै महत्वपूर्ण क्षणहरुमा आएका छन् ।

चेल्सीसँगको २००९ को सेमीफाइनल होस् वा २०१० को विश्वकप फाइनल, इनिएस्ताको गोल निकै महत्वपूर्ण हुन पुगेको थियो । एक सिजनमा ३ गोलको औसतमा गोल गरेका उनि डिफेन्डरलाई दुख दिन निकै माहिर छन् । गोलले खेल जिताए पनि जती खेलाडीले खेलमा प्रभाव पार्ने गर्छन् त्यो निकै महत्वपूर्ण हुने गर्छ ।

२) हुवान रिकेल्मे

हुवान रिकेल्मेको नाम हामी धेरैले कम सुनेका छौँ । यि अर्जेन्टिनियन मिडफिल्डरले एक सिजनमा ५ गोलको औसतमा गोल गरे पनि उनले खेलमा पार्ने प्रभावलाई कुनै समर्थकले नदेखे झै गर्न सक्दैन । रिकेल्मेको खेल जति सुस्त भए पनि उनले खेलमा ल्याउने गतिले ठुलो प्रभाव पार्ने गथ्र्यो । आफ्नो खेल जीवन स्पेन र अर्जेन्टिनामा बिताएका उनले मात्र १ सय २३ गोल गरेका छन् ।

३) डेनिस बर्गक्याम्प

धेरै गोल गर्न नसके पनि बर्गक्याम्पलाई निकै उत्कृष्ट खेलाडी मानिन्छ । एक सिजन १० को औषतमा गोल गरेका उनी आर्सनलका हिरा भनेर चिनिन्थे । तर तथ्यांक हेर्दा इनिएस्ता र रिकेल्मे मिडफिल्डर भए पनि बर्गक्याम्प भने स्ट्राइकर थिए । स्ट्राइकर भएर पनि बर्गक्याम्पले थोरै गोल गरेका छन् तर जब उनले गोल गर्थे त्यो निकै जादुमयी हुने गथ्र्यो । उनी २ सय १ गोलका खेल जीवनमा निकै कम गोल गर्ने स्ट्राइकरहरुमा पर्छन् ।

४) रायन गिग्स

गिग्स म्यानचेस्टर युनाइटेडका लेजेण्ड खेलाडीका रुपमा चिनिन्छन् । इङ्गलिस फुटबलमा लामो समय बिताएका गिग्सले बालोन डि’ओरमा आफ्नो नाम कहिले देखेनन् तर उनले खेल्ने खेलको प्रशंशा यति हुन्थ्यो कि युनाइटेडले लिग जित्दा उनको जति तारिफ अन्य कुनै खेलाडीको हुँदैन थियो ।

खेल जीवनमा १ सय ६१ गोल मात्र गरेका गिग्सको एक सिजनमा ७ गोलको औषत रहेको थियो । उनलाई फ्रान्स लिजेण्ड जिनेदिन जिदानले पनि उत्कृष्ट मिडफिल्डर भएको बताएका थिए । गिग्स फ्रान्समा जन्मिएका भए म र पेरेज दुवै बेन्चमा हुन्थ्यौं होला, जिदानेले एक अन्तर्वातामा भनेका थिए।

५) जिनेदिन जिदान
च्याम्पियन्स लिग जित्नलाई कसैले रोक्न नसक्ने जिदानलाई खेल मैदानमा भने उच्चस्तरीय खेलाडी हुन गोलको मात्र कमि थियो । १ सय १७ गोल मात्र गरेका उनले व्यक्तिगतरुपमा सबै उपाधि चुमेका छन् । बालोन डि’ओर, युएफा बर्ष खेलाडी, फिफा बर्ष खेलाडी र विश्वकपमा दिइने गोल्डेन बलका बिजेता रहेका जिदानको तारिफ जति गरे पनि कम हुन्छ ।

Click to comment

Trending