अन्तर्राष्ट्रिय

इंग्ल्यान्डको जितमा वर्षा बाधक

Published

on

पाहुना टोली वेस्ट इण्डिज विरुद्धको तेश्रो तथा अन्तिम टेस्ट खेलमा जित नजिक पुगेको इंग्ल्यान्डको जितमा बर्षा बाधक बनेको छ ।

तेश्रो दिनको खेलको समाप्‍तिमा तीन सय ९९ रनको लक्ष्य लिएर ब्याटिङमा आएको वेस्ट इण्डिजले दुई विकेटको नोक्सानीमा मात्र १० रन बनाउन सकेको थियो भने बाँकी दुई दिनमा अझै तीन सय ८९ रन जोड्न पर्ने थियो ।

इंग्ल्यान्डले भने आठ विकेट निकालेको खण्डमा शृङ्खला माथि कब्जा जमाउने थियो तर आजको खेलमा वर्षा बाधक भएर एक बल पनि हुन नसके पछि इंग्ल्यान्डले अब अन्तिम दिन आठ विकेट निकाल्न पर्ने हुन्छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड आफ्नो पहिलो पारीमा तीन सय ६९ रन बनायो भने जबाफी ब्याटिङ गरेको वेस्ट इण्डिजले मात्र एक सय ९७ रन बनाउन सक्यो । पहिलो परिमा एक सय ७२ रनको फराकिलो लिड लिएको इंग्ल्यान्डले आफ्नो दोश्रो पारीमा दुई विकेट गुमाएर दुई सय २६ रन बनाए पछि पारी सकिएको घोषणा गरेको हो ।

तेश्रो दिनको खेल छ विकेटको नोक्सानीमा एक सय ३७ रनको अवस्थाबाट सुरु गरेको वेस्ट इण्डिजले ६० रन जोड्दै आफ्ना सबै विकेट गुमाएको हो । वेस्ट इण्डिजका कप्तान जेसन होल्डर र विकेट किपर ब्याट्सम्यान शेन दाउरिच क्रमसः ४६ रन ३७ रन जोडे पनि आफ्नो टोलीलाई ठुलो योगफल सम्म पुर्याउन सकेनन् ।

वेस्ट इण्डिजको पारी धोस्त पार्ने क्रममा इंग्ल्यान्डका स्टुवार्ट ब्रोडले सर्वाधिक छ विकेट लिए भने जेम्स एन्डरसनले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । ब्रोडले १४ ओभर बलिङ गर्दै मात्र ३१ रन खर्चिए ।

इंग्ल्यान्डको दोश्रो पारीमा ओपनर रोरी बर्न्सले सर्वाधिक ९० रन बनाए भने अर्का ओपनर डोम सिब्लीले पनि ५६ रनको पारी खेले । त्यस्तै कप्तान जो रुट ६८ रनमा अविजित रहे ।

यस अघि इंग्ल्यान्डको लागि पहिलो पारीमा ओल्ली पोपले सर्वाधि ९१ रन जोडे भने विकेट किपर ब्याट्सम्यान जस बटलरले पनि ६७ रनको पारी खेले । त्यस्तै रोरी बर्न्सले ५७ रन जोडे भने १० औं नम्बरमा ब्याटिंङ गर्न आएका बोर्डले तुफानी पारी खेल्दै ४५ बलमा ६२ रन जोड्दै इंग्ल्यान्डलाई राम्रो योगफल तर्फ लग्न सफल भए ।

पहिलो पारीमा वेस्ट इण्डिजका किमा रोचले सर्वाधिक चार विकेट लिए भने रोस्टन चेज र शन्नोन ग्याब्रियलले पनि समान २-२ विकेट हात पारे ।

Click to comment

Trending