Headline

चेल्सी र युनाइटेड च्याम्पियन्स लिगमा, भिल्ला बाल–बाल बच्यो

Published

on

चेल्सी र म्यानचेस्टर युनाइटेड इङ्गलिस प्रिमियर लिगको अन्तिम दिन आ–आफ्नो खेलमा जित हात पार्दै च्याम्पियन्स लिगमा छनोट हुन सफल भएका छन् ।

आइतबार भएका खेलहरुमा चेल्सीले उल्भ्सलाई २–० ले पराजित गर्यो भने युनाइटेडले लेस्टर सिटीलाई २–० ले हराउदै युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगितामा स्थान बनायो । प्रिमियर लिगको अंक तालिकामा पहिलो चार स्थानमा रहेका टोली च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान रहेको छ ।

प्रिमियर लिगमा यसअघि नै लिभरपुलले उपाधि जितिसकेको थियो भने म्यानचेस्टर सिटीले दोश्रो स्थानमा पक्का गरिसकेको थियो । लिभरपुलले न्युकासललाई ३–१ ले हरायो भने सिटीले यसअघि नै रेलिगेट भइसकेको नर्विचलाई ५–० को फराकिलो जित हात पार्यो ।

लिभरपुलका लागि भर्जिल भान डाइक, डिभोक ओरिजि र सादियो मानेले गोल गरे भने न्यकासलका लागि ड्वाइट गेलले गोल फर्काए । सिटीको फराकिलो जितमा ग्याब्रियल जिजस, केभिन डि ब्रुन, रहिम स्टर्लिङ्ग र रियाद माह्रेजको नाममा १–१ गोल रह्यो ।

लेस्टर र युनाइटेडको खेल प्रमुख आकर्षण

निकै तिब्र प्रतिस्पर्धा रहेको टप फोरको समिकरणको लागि अन्तिम दिन सबैको आखा युनाइटेड र लेस्टरको खेलमा रहेको थियो । चेल्सी पराजित भएको खण्डमा लेस्टरलाई च्याम्पियन्स लिगका लागि शनिबार बराबरी पर्याप्त हुने थियो । ७० औं मिनेटसम्म युनाइटेडलाई रोकेपनि ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए ।

जेसी लिँगार्डले थपिएको अतिरिक्त समयको आठौं मिनेटमा बिजयी गोल गरेपछि लेस्टरको सम्भावना समाप्त भएको थियो । जितपछि युनाइटेड गोल अन्तरको आधारमा तेश्रो स्थानमा रहन पुग्यो । समान ६६ अंक रहेको चेल्सीका लागि पहिलो हाफ सकिनु अघि नै मेसन माउन्ट र ओलिभर जिरुडले गोल गरेपछि फ्रांक लाम्पार्डको टोलीले चौथो स्थान पक्का गरेको थियो ।

युरोपामा लेस्टर र टोटेन्ह्याम

चेल्सीको जितको प्रत्यक्ष फाइदा भने होजे माउरिन्होको टोटेन्ह्याम हटस्परलाई भयो । यसअघिको लगातार ७ खेलमा पराजित भएको प्यालेसले टोटेन्ह्यामलाई १–१ को बराबरीमा रोकेको थियो । तर युरोपा लिगकै प्रतिस्पर्धामा रहेको उल्भ्स चेल्सीसँग पराजित भएपछि टोटेन्ह्यामले गोल अन्तरको आधारमा च्याम्पियन्स लिगमा स्थान बनायो ।
उत्कृष्ट सिजन खेलेको उल्भ्स अन्तिम समयमा आएर चुकेको हो । टोटेन्ह्यामले अब इङ्गलिस प्रिमियर लिगबाट युरोपा लिगमा लेस्टरसँगै प्रतिस्पर्धा गर्ने भएको छ ।

बर्नमाउथ र वाट्फोर्ड रेलिगेसनमा

एस्टन भिल्लाले आफ्नो अन्तिम खेलमा वेष्ट ह्याम युनाइटेडसँग १–१ को बराबरी खेलेपछि रेलिगेसन बचाएको छ भने बर्नमाउथ र वाट्फोर्ड च्याम्पियनसिपमा झरेका छन् । भिल्लाको बराबरीले सबैभन्दा ठूलो झट्का भने बर्नमाउथलाई लागेको थियो । बर्नमाउथले अर्को खेलमा ३–१ को फराकिलो जित दर्ता गर्यो तर रेलिगेसन बचाउनका लागि भने त्यो पर्याप्त भएन ।

भिल्ला पराजित भएको खण्डमा समान अंक भएपछि बर्नमाउथ गोल अन्तरको आधारमा प्रिमियर लिगमै रहने थियो । वाट्फोर्ड भने आर्सनलसँग ३–२ ले पराजित हुन पुग्यो । आर्सनलको जितमा पिएरे एमेरिक औबामेयाङले दुई गोल गरेका थिए ।

वाट्फोर्डले आर्सनलसँग बराबरी खेलेको भए पनि गोल अन्तरको आधारमा भिल्लालाई पछाडी पार्न सक्ने थिएन । अन्य खेलमा साउथ्याम्प्टनले सेफिल्ड युनाइटेडलाई ३–१ र ब्राइटनले बर्नलीलाई २–१ ले पराजित गर्यो ।

Click to comment

Trending