अन्तर्राष्ट्रिय

वेस्ट इण्डिजको खराब ब्याटिंङ, दोश्रो दिन इंग्ल्यान्डको पकडमा 

Published

on

वेस्ट इण्डिजले आफ्नो पहिलो पारीमा खराब ब्याटिंङ प्रदर्शन प्रदर्शन गरे पछि दोश्रो दिनको खेलको समाप्तीमा इंग्ल्यान्डको पकड रहेको छ ।

पहिलो पारीमा इंग्ल्यान्डले बनाएको ३६९ रन पक्षाएको वेस्ट इण्डिजले दोश्रो दिनको खेल खराब प्रकाशका कारण रोकिँदा आफ्नो पहिलो पारीमा ४७ दशमलब एक ओभर खेल्दै मात्र १३७ रन बनाएको छ भने उसले आफ्नो छ विकेट पनि गुमाएको छ ।

वेस्ट इण्डिजको पारी धोस्त पार्ने क्रममा जेम्स एन्डरसन र स्टुवार्ट बोर्डले समान २-२ विकेट हात पारे भने जोफ्रा आर्चर र क्रिस वोक्सले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराउन सफल रहे ।

वेस्ट इण्डिजको तर्फबाट ओपनर जोन क्याम्पबेलले सर्वाधिक ३२ रन बनाए भने जेर्मेन ब्ल्याकउडले पनि २६ रनको पारी खेले । त्यस्तै दोश्रो दिनको खेलको समाप्तीमा कप्तान जेसन होल्डर र विकेट किपर ब्याट्सम्यान शेन दाउरिच क्रमसः २४ तथा १० रनमा अविजित रहेका छन् ।

यस अघि ओल्ली पोप, जस बटलर तिब्र गतिका बलर स्टुवार्ट ब्रोड र रोरी बर्न्सको अर्ध शतकको मद्धतमा इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा एक सय ११ दश्मलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर तीन सय ६९ रन बनाउन सक्यो । इंग्ल्यान्डले आफ्नो दोश्रो दिनको खेल २५८/४ को अवस्थाबाट सुरु गरेको थियो ।

यस अघि पहिलो दिनको खेलमा ओल्ली पोप र विकेट किपर ब्याट्सम्यान जस बटलरको उत्कृस्ट साझेदारीमा इंग्ल्यान्डले पहिलो दिनको खेलको समाप्तीमा राम्रो प्रदर्शन गर्न सकेको हो । पोप र बटलरले पाँचौं विकेटका लागि ३८ ओभर खेल्दै अविजित १३६ रन जोड्न सफल भएका छन् ।

तर दोश्रो दिनको खेलमा पोप ९१ तथा बटलर ६७ रन जोड्दै आउट भए भने १०औं नम्बरमा ब्याटिंङ गर्न आएका बोर्डले तुफानी पारी खेल्दै ४५ बलमा ६२ रन जोड्दै इंग्ल्यान्डलाई राम्रो योगफल तर्फ लग्न सफल भए ।

इंग्ल्यान्डको लागि अन्य ब्याट्सम्यानमा रोरी बर्न्स ५७, कप्तान जो रुटले पनि १७ रन, ओपनर डोम सिब्ली पहिलो ओभरमा नै शुन्य रनमा  तथा बेन स्टोक्स पनि २० रन जोड्दै आउट भए ।

वेस्ट इण्डिजका किमा रोचले सर्वाधिक चार विकेट लिए भने रोस्टन चेज र शन्नोन ग्याब्रियलले पनि समान २-२ विकेट हात पारे ।

Click to comment

Trending