Headline

टेनिस सुन्दरी मारिया सारापोभाका प्रेमीहरुको लामो सुची

Published

on

कुनै समयकी नम्बर एक महिला टेनिस खेलाडी हुन् मारिया सारापोभा । रसियाकी सारापोभा आफ्नो खेलका कारण मात्र नभएर आफ्नो सुन्दरताका कारण पनि चर्चामा रहने गरेकी छिन् । हाल सन्यास लिइसकेकी सारापोभाले कोर्टमा आफ्नो खेलमात्र नभएर सुन्दरताले पनि करोडौंलाई मन्त्रमुग्ध गर्ने गर्थिन् ।

जब उनले सन् २००४ मा १७ बर्षको उमेरमा आफ्नो पहिलो ग्रान्ड स्ल्याम विम्बल्डन जित्न सफल भइन् सारा मिडिया र टेनिस समर्थकहरु माझ उनी एकाएक चर्चित हुन पुगिन् । सारापोभा आफ्नो प्रेम सम्बन्धका कारण पनि मिडिया र समर्थकबीच चर्चामा रहि रहिन् । टेनिसबाट सन्यास लिए पनि उनी अझै पनि प्रेम सम्बन्धका कारण चर्चामा आउने गरेकी छिन् । उनको प्रेम सम्बन्धमा जोडिएर आउने नामहरुमा टेनिस खेलाडी देखि कलाकार र व्यापारी सम्म रहेका थिए र छन् ।

हेरौं सारापोभाको प्रेमीहरुको लामो सुचीः

६. एडम लभिन

पाँच पटककी ग्रान्ड स्ल्याम बिजेता सारापोभाको पहिलो प्रेमी थिए मरुन फाइभ ब्याण्डका भोकलिस्ट अमेरिकन गायक एडम लभिन । सारापोभाले सन् २००५ मा आफ्नो जन्म दिनको दिन दिएको पार्टीमा एडमसँग भेट भएको थियो । तर सारापोभाको एडमसँगको प्रेम सम्बन्ध लामो समय चल्न सकेन ।

सारापोभाले आफुलाई यौन सन्तुष्टि दिन नसकेको र उनी जस्तो केटी आफुलाई मन नपर्ने भन्दै एडमले सम्बन्ध तोडेका थिए । एडमले पछि बेहाटी प्रिन्स्लो नाम गरेकी मोडलसँग बिवाह गरेका थिए ।

५. एन्डी रोडिक

एडमसँगको प्रेम सम्बन्ध बिग्रिए पछि सारापोभा अमेरिकन टेनिस लिजेण्ड एन्डी रोडिकसँग नजिकिन पुगिन् । जब उनीहरु सन् २००६ को युएस ओपनमा सँगै देखिए तब उनीहरु प्रेममा रहेको अड्कल बाजी चल्न थाल्यो ।

समर्थकहरुले त दुबैको नाम जोडेर ’रोडापोभा’ नाम समेत दिन भ्याइसकेका थिए । त्यस्तै सारापोभाले ’लभ इज इन द ययर’ अर्थात् ’प्रेम वातावरणमा छ’ लेखेको टिसर्ट लगाए पछि त्यस समय चर्चाको बिषय बनेको थियो ।

एक बर्षको प्रेम सम्बन्धका बावजुद रोडिकले दुबैको प्रेम सम्बन्ध स्विकार्न नसकेपछि उनीहरु छुट्टिएका थिए । सारापोभासँगको सम्बन्ध टुटे पछि रोडिक मोडल तथा हिरोइन ब्रुकलिन डेकरसँग बैवाहिक सम्बन्धमा बाँधिएका थिए र उनीहरुको दुई सन्तान पनि रहेका छन् । उनीहरु प्रेम सम्बन्धमा रहे नरहेको कुनै कुराको पुष्टि नभए पनि आगो नसल्की धुँवा पक्कै आउदैन ।

४. चार्ली एबर्सोल

सन् २००५ र २००६ को एक बर्षको प्रेम सम्बन्ध बिग्रिए पछि सारापोभा करिब दुई बर्ष प्रेम सम्बन्ध बिहिन रहिन् । पछि सन् २००८ मा उनको र टिभी निर्माता चार्ली एबर्सोलबीच प्रेम झाँगिदै गयो । तर यो सम्बन्ध पनि लामो समय रहन सकेन । सन् २००८ मा नै दुबैजना छुट्टिए । उनीहरु किन छुट्टिए भन्ने बारेमा कुनै स्पष्ट जानकारी छैन । पछि चार्लीको पप गायिका ब्रिट्नी स्पियर्ससँग प्रेम सम्बन्ध रहेको थियो ।

३. सासा भुजाचिच

सारापोभाको सबै भन्दा लामो समयको प्रेम सम्बन्ध बास्केटबल खेलाडी सासा भुजाचिचसँग रहेको थियो । सन् २००९ मा प्रेम सम्बन्धमा रहेका उनीहरु २०१२ मा छुट्टिएका थिए । सारापोभा र सासाको पहिलो भेट सन् २००९ मा नै भएको थियो ।

दुवैले एक अर्काबीचको प्रेम सम्बन्ध सार्वजनिक रुपमा नै स्विकारेका थिए । त्यती मात्र हैन उनीहरुले सन् २०१० मा इन्गेजमेन्ट समेत गरेका थिए । सासा सारापोभाका सबै खेलमा उपस्थित हुँदै हौसला बढाउने समेत गर्दथे । तर इन्गेजमेन्ट गरेको दुई बर्ष भन्दा बढी उनीहरुको सम्बन्ध टिक्न सकेन ।

२. ग्रिगोर दिमित्रोभ

सारापोभाका पाँचौं प्रेमी हुन् बुल्गेरियन टेनिस स्टार ग्रिगोर दिमित्रोभ । उनीहरु सन् २०१३ देखि २०१५ सम्म प्रेम सम्बन्धमा रहेका थिए । सन् २०१३ मा जब दिमित्रोभल सारापोभाको खेल हेरे तब उनले इमेल नै गरेर प्रेम प्रस्ताव राखेका थिए । सारापोभाले आफ्नो आत्मकथामा पनि यस बिषयमा प्रष्ट पारेकी थिइन् जसमा लेखेकी छिन्: “दिमित्रोभलाई देखे पछि यो कलिलो केटोसँग डेटिङ गएर म कानुनी समस्यामा त पर्दिन ?”

सारापोभा अघि दिमित्रोभको सम्बन्ध उनको चिरप्रतिद्वन्दी सेरेना विलियम्ससँग पनि रहेको थियो ।

१. एलेक्जेण्डर गिल्क्स

सारापोभा सन् २०१८ देखि ब्रिटिस व्यपारी एलेक्सजेन्डर गिल्क्ससँगको प्रेम सम्बन्धमा रहेकी छिन् । गिल्क्स प्याडल एटका संस्थापक तथा मालिक हुन् । उनीहरुलाई पहिलो पटक सन् २०१८ को मार्चमा सँगै देखिएको थियो । त्यस पछि दुबै सँगै रहदै आएका छन् ।

गिल्क्स न्युयोर्कमा सबैभन्दा राम्रो कनेक्सन रहेका ब्रिटिस नागरिकमा पर्ने गर्छन् । उनी प्रिन्स ह्यारीसँगै कलेज गएका थिए । उनले यसअघि प्रिन्स ह्यारी र मेगन मार्कललाई बैवाहिक सम्बन्धमा भुमिका खेलेकी मिसा नुनुसँग बिवाह गरेका थिए ।

Click to comment

Trending